नेभिगेशन
समाज

धनगढीका मेयर हमालद्वारा आफ्नो तलबभत्ताको ४४ लाख रुपैयाँ सामाजिक कार्यमा खर्च

कैलाली । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले सरकारी सेवा सुविधाबाट प्राप्त रकम सामाजिक क्षेत्रमा खर्च गर्दै आएका छन्। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले पाँच आर्थिक वर्षमा प्राप्त सेवा सुविधासहित व्यक्तिगत रकम थप गरी कुल ४४ लाख रुपैयाँ सामाजिक कार्यमा खर्च गर्ने जानकारी दिएका हुन् ।

नगर प्रमुख हमालका अनुसार पाँच आर्थिक वर्षमा उनले सेवा सुविधाबापत ३८ लाख ८२ हजार ८ सय ७३ रुपैयाँ प्राप्त गरेका छन् । त्यसमध्ये ५ लाख १७ हजार १ सय २६ रुपैयाँ व्यक्तिगत रूपमा थप गरी सामाजिक क्षेत्रमा लगानी गर्ने घोषणा गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले सार्वजनिक शिक्षा सुधार, विपन्न तथा ग्रामीण क्षेत्रका विद्यार्थीको शिक्षामा पहुँच विस्तार, गौ संरक्षण तथा विभिन्न सामाजिक संस्थालाई सहयोग गर्दै आएका छन् । आर्थिक वर्ष २०७८/७९ मा सेवा सुविधाबाट प्राप्त १ लाख ३७ हजार २ सय ७३ रुपैयाँमध्ये गौ संरक्षणका लागि ५५ हजार ६ सय ८७ रुपैयाँ तथा दक्षिणकाली आधारभूत बहिरा आवासीय विद्यालयलाई ८१ हजार ५ सय ८६ रुपैयाँ सहयोग गरिएको उनले बताए ।

Ncell
Extreme Energy

यस्तै, आर्थिक वर्ष २०७९/८० मा प्राप्त ९ लाख ३६ हजार ४ सय रुपैयाँ दृष्टि फाउन्डेशन, मानव सेवा आश्रम, आमाको माया छात्रावास, अपाङ्ग संघ, दक्षिणकाली बहिरा विद्यालय तथा पञ्चोदय माध्यमिक विद्यालयलाई वितरण गरिएको थियो । सोही वर्ष उनले २ लाख ६७ हजार ८ सय रुपैयाँ बराबरको लुगासमेत सहयोग गरेका थिए ।

आर्थिक वर्ष २०८०/८१ मा ९ लाख ९२ हजार ६ सय ५ रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरिएको थियो । नगर प्रमुख हमालका अनुसार उक्त वर्ष सामुदायिक विद्यालयका ३ हजार ४ सय ८९ विद्यार्थी लाभान्वित भएका थिए ।

उनले ग्रामीण क्षेत्रका विद्यार्थीलाई प्राथमिकतामा राखेर सहयोग गर्दै आएको उल्लेख गर्दै शिक्षकहरूको सुझावका आधारमा अभियान सुरु गरिएको बताए ।

आर्थिक वर्ष २०८१/८२ मा प्राप्त ९ लाख ३६ हजार ४ सय रुपैयाँ सेवा सुविधासहित १ लाख रुपैयाँ व्यक्तिगत रकम थप गरेर उनले १० लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरेका छन् । उक्त रकमबाट ४७ सामुदायिक विद्यालयका ७ हजार ४ सय ७५ विद्यार्थी लाभान्वित भएको उनले जानकारी दिए ।

नगर प्रमुख हमालका अनुसार चालु आर्थिक वर्षसम्म उनले सेवा सुविधाबापत कुल ३८ लाख ८२ हजार ८ सय ६३ रुपैयाँ प्राप्त गर्नेछन् । हालसम्म २३ लाख ९० हजार ८ सय ८७ रुपैयाँ सामाजिक क्षेत्रमा खर्च भइसकेको र १४ लाख ८५ हजार १ सय ९५ रुपैयाँ बाँकी रहेको उनले बताए । बाँकी रकमसमेत चालु शैक्षिक सत्रभित्र शैक्षिक सामग्री वितरणमा खर्च गरिने उनले जानकारी दिए ।

नगर प्रमुख पदका लागि निर्वाचन लड्दा उनले सरकारी सेवा सुविधा र सवारी साधन नलिने घोषणा गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।