नेभिगेशन
समाज

राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ सभापति थापा

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रियताका मुद्दामा सरकारलाई आफ्नो पार्टीको साथ र सहयोग रहने बताएका छन् । 

 पार्टी केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज धनगढीमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय’ सुदूरपश्चिम प्रदेशस्तरीय भेलामा उहाँले शासन र अर्थतन्त्रमा सुधार तथा राष्ट्रिय हितका विषयमा सरकारलाई पूरा सहयोग रहने बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रियताका मुद्दामा कांग्रेसले यो पार्टी त्यो पार्टी कहिल्यै नभनेको स्पष्ट पार्दै सभापति थापाले वर्तमान सरकारलाई पनि सोहीअनुसार सहयोग हुने, तर लोकतन्त्रका आधारभूत पक्षमाथि हुने गलत काम भने स्वीकार्य नहुने बताए ।

Ncell
Extreme Energy

उनले लोकतन्त्रमा कानुनी वैधता नहेरेर नैतिक वैधतालाई हेर्नुपर्नेमा जोड दिए । “हिजो कांग्रेस सरकारमा रहँदा संवैधानिक परिषद्मा आफ्नो अनुकूलताको निर्णय गराउन तत्कालीन उपसभामुखमाथि महाअभियोग प्रस्ताव लगाउन तयारी गरिएको थियो । हामीसँग सङ्ख्या र आधार पनि थिए, तर पनि महाअभियोगको विपक्षमा उभियौँ”, सभापति थापाको भनाइ थियो । 

उनले नेता कार्यकर्तालाई पराजित मानसिकता त्यागेर आआफ्नो जिम्मेवारीअनुसार सङ्गठनको काममा लाग्न निर्देशन दिए ।  सभापति थापाले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने नेता कार्यकर्तालाई केही समय जिम्मेवारीभन्दा बाहिर राखिने पनि उल्लेख गरे ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीहरूको गतगणना जारी रहेको छ ।
महामन्त्रीमा पराजित भएपछि गुरुराज घिमिरेले भने, ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

महामन्त्रीमा पराजित भएपछि गुरुराज घिमिरेले भने, ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका प्रत्याशी गुरुराज घिमिरेले चुनावी परिणाम सार्वजनिक भएपछि आफ्नो प्रतिक्रिया दिँदै प्राप्त जनमतलाई विश्वास र आगामी राजनीतिक यात्राको प्रेरणाका रूपमा लिने बताएका छन्।
उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार, दक्षिण कोरियाले बोलायो आकस्मिक सुरक्षा बैठक

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार, दक्षिण कोरियाले बोलायो आकस्मिक सुरक्षा बैठक

दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला उत्तर कोरियाले सोमबार पूर्वी तटबाट जापानको सागरमा धेरै ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।
कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यहरुको मतगणना सुरु हुँदै

कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यहरुको मतगणना सुरु हुँदै

नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत आज केन्द्रीय कार्यसमिति सदस्यका लागि मतगणना हुँदैछ ।