नेभिगेशन
समाज

कांग्रेस नीति प्रतिष्ठानद्वारा १२ उपसमिति गठन, क–कसले पाए जिम्मेवारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको नीतिगत सुधार र सामाजिक मुद्दामा काम गर्न १२ उपसमिति गठन गरेको छ ।

पार्टी उपसभापति एवम् प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले पार्टीको नीतिगत सुधार र सामाजिक मुद्दामा काम गर्न सोमबार १२ उपसमिति गठन गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भूमि व्यवस्था विशेष अभियान उपसमितिमा डा गोपाल दहित (सुकुमवासी र अव्यवस्थित बसोबासीको दीर्घकालीन समाधानका लागि), विपद् व्यवस्थापन उपसमितिमा मानबहादुर थापा (पूर्वतयारी, उद्धार र पुनस्र्थापनाका लागि), मानसिक स्वास्थ्य सचेतना उपसमितिमा मोहना अन्सारीलाई जिम्मेवारी दिएका हुन्।

Ncell
Extreme Energy

यसैगरी, सूचना, प्रविधि तथा डिजिटल सुशासन उपसमितिमा ई. दीपेश विष्ट, निर्वाचन प्रणाली सुधार उपसमितिमा जनक चटौत, पूर्वाधार विकास अवधारणा उपसमितिमा ई. अमृत ज्ञवाली, उद्यमशीलता, नवप्रवर्तन र रोजगार उपसमितिमा खगेन्द्र आचार्य र शिक्षा र शिक्षालय नीति उपसमितिमा डा कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिइएको छ ।

यसैगरी, बिपी ज्ञान केन्द्र उपसमितिमा प्रकाश लामिछाने, जातीय विभेदविरुद्ध सचेतना उपसमितिमा एलिजा ढकाल, डिजिटल सचेतना तथा तथ्य जाँच उपसमितिमा प्रकृति भट्टराई र ग्रिन टेबल उपसमितिमा कञ्चन झालाई जिम्मेवारी दिइएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

उनले आन्तरिक आचारसंहिता निर्माणका लागि उपप्रमुख मधु आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।