नेभिगेशन
समाज

संघले पठाएको प्रमुख प्रशासकीय अधिकृतलाई वीरगंज महानगरले हाजिर हुन नदिने, अर्को नपठाए तालाबन्दी गर्ने निर्णय

वीरगंज । वीरगंज महानगरपालिकाका जनप्रतिनिधिहरूले प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर भोलिदेखि महानगरपालिकामा तालाबन्दी गर्ने निर्णय गरेका छन् । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि नयाँ प्रमुख प्रशासकीय अधिकृत नपठाएको तथा हालका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक र प्रशासनिक अधिकारसमेत खोसेको विरोधमा यस्तो निर्णय गरिएको महानगरपालिकाले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमवार बसेको बोर्ड बैठकले अत्यावश्यक सेवाबाहेक महानगरका सम्पूर्ण सेवा बन्द गर्ने तथा कार्यालयको साँचो मन्त्रालयलाई बुझाउने निर्णय गरेको महागरले जनाएको छ  । महानगरका अनुसार प्रमुख प्रशासकीय अधिकृतको विषयमा मन्त्रालयलाई पटक–पटक मौखिक तथा लिखित रूपमा जानकारी गराए पनि हालसम्म कुनै ठोस निर्णय नभएको र केवल आश्वासन मात्रै प्राप्त भएको छ । 

Ncell
Extreme Energy

मेयर राजेशमान सिंहका अनुसार गत फागुन १२ गते निर्वाचन आचारसंहिता लागू रहेको अवस्थामा सरकारले रेशमलाल कँडेललाई वीरगंज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएको बताए । तर कँडेल हालसम्म महानगरपालिकामा औपचारिक रूपमा हाजिर हुन नआएको उनको दाबी छ । तर प्रशासकिय अधिकृत कंडेल भने  महानगरले हाजिर नगराएकाले जिल्ला प्रशासन कार्यालयमा हाजिर गरिरहेका छन् । 

महानगरपालिकाले मन्त्रालयलाई जानकारी गराएपछि मन्त्रालयले पहिलोपटक सात दिनभित्र र दोस्रोपटक तीन दिनभित्र हाजिर हुन निर्देशन दिएको भए पनि कंडेल उपस्थित नभएको नगरप्रमुख सिंहको दाबी छ ।

उनले विधिवत् रूपमा कार्यालयमा हाजिर नभएका कँडेलले सञ्चारमाध्यममार्फत नगरप्रमुखले आफूलाई हाजिर हुन नदिएको प्रचार गरेको दाबी गरेका छन् । महानगरले प्रशासकीय अधिकृत उपस्थित नगराएपछी संघीय मन्त्रालयले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णको आर्थिक तथा प्रशासनिक अधिकारमा रोक लगाइसकेको छ ।

महानगरपालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रोकिएपछि योजना सञ्चालन, भुक्तानी प्रक्रिया तथा सेवा प्रवाह प्रभावित भएको छ । वडाध्यक्षहरूको संयुक्त बैठकले अन्तिम आर्थिक वर्ष भएकाले आफ्नो अनुकुलको  प्रशासकीय अधिकृत हुनुपर्ने भन्दै तालाबन्दीको निर्णय गरेका छन् ।

महानगरका जनप्रतिनिधिहरूले मन्त्रालयले तत्काल वैकल्पिक प्रमुख प्रशासकीय अधिकृत नपठाएसम्म आन्दोलनका कार्यक्रम जारी रहने चेतावनी दिएका छन् । 

नगरप्रमुख सिंहले जोकोही प्रमुख प्रशासकीय अधिकृत स्वीकार्य हुने तर पछिल्ला घटनाक्रमका कारण कंडेल भने स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।