नेभिगेशन
समाज
रास्वपा सांसद विवाद

विदेशी महिलालाई अलपत्र पारेको आरोपमा सांसद कार्की माथि रास्वपाले सुरु गर्‍यो छानबिन

काठमाडौँ । विदेशी महिलालाई अलपत्र पारेको विषयमा रास्वपाले सांसद कृष्णकुमार कार्की माथि छानबिन सुरु गरेको छ । 

कार्कीले नाइजेरियन युवती रिता अजुकोलाई गर्भवती बनाएर ‘सम्पर्कविहीन भएको भन्ने  विषयमा समाचार सार्वजनिक भएपछि रास्वपाको अनुशासन आयोगले उनीमाथि छानबिन सुरु गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अनुशासन आयोग स्रोतका अनुसार कार्कीलाई सोधपुछका लागि रास्वपाको केन्द्रीय कार्यालयमा बोलाइएको छ । 

Ncell
Extreme Energy

कार्कीमाथि छानबिन भैरहेको छ,'सोहि प्रक्रिया अनुसार नै आज औपचारीक सोधपुछका लागि बोलाइएको हो । स्रोतले भन्यो, 'आज साँझ ५ः३० बजे आयोगको कार्यालयमा बोलाइएको छ,त्यसपछि थप प्रक्रिया अघि बढ्छ ।'

 मोरङ २ बाट निर्वाचित सांसद कार्कीले नाइजेरियन महिलालाई गर्भवती बनाएर अलपत्र पारेको विषयमा प्रतिनिधिसभाको मंगलबारको बैठकमा तीन जना महिला सांसदले प्रश्न उठाएका थिए । 
साथै रास्वपा सांसद आशिका तामाङले सामाजिक सञ्जालमा प्रश्न गरेकी थिइन् । 

सार्वजनिक विषयमा सांसद कार्कीले भने कुनै प्रष्टीकरण दिएका छैनन् । सांसद कार्कीको दाबी गर्दै महिलासँग भएका च्याट तथा भिडियोहरू सार्वजनिक भएका छन् । 

सांसद कार्कीले सञ्चारकर्मीसँग भने विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोपबारे अनभिज्ञता प्रकट गरेका छन् ।

उनले आफूलाई केही थाहा नभएको बताए ।उनले सबै छानबिन भएपछि बोल्न प्रतिक्रिया दिएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार हस्तान्तरण गरेको छ ।
कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले १ हजार ६ सय ८६ मतसहित अग्रता लिएका छन् ।