नेभिगेशन
समाज

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध छ- सञ्चारमन्त्री

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।

प्रतिनिधिसभामा सञ्चार मन्त्रालयसँग जोडिएका विभिन्न विषयमा जानकारी गराउँदै उनले संविधानले दिएको अधिकार कसैले खोस्न नसक्ने बताएका हुन् । 
उनले भने– ‘प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध छ । यो संविधानले दिएको अधिकार हो, यसलाई कसैले हनन् गर्न सक्दैन ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री तिमिल्सिनाले स्वतन्त्रता भनेको स्वच्छन्दता नभएको स्पष्ट पारे । ‘प्रेस स्वतन्त्रता भनेको स्वच्छन्दता होइन, यसका पनि आफ्नै दायित्व र जिम्मेवारी छन् । प्रेसले आफ्नो गरिमा कायम गर्न सक्नुपर्छ ।’

Ncell
Extreme Energy

मन्त्री तिमिल्सिनाले ढुक्क भएर आफ्नो काम गर्न पत्रकारहरुलाई आग्रह गरे । ‘संविधानले दिएको सीमाभित्र रहेर ढुक्क भएर काम गर्न पत्रकारहरुलाई अनुरोध गर्न चाहन्छु’ उनले भने । सरकारले प्रेसलाई नियन्त्रण गर्न खोजेको हो कि भन्ने आशंका नराख्न पनि उनले आग्रह गरे ।

मन्त्री तिमिल्सिनाले प्रेस काउन्सिललाई सशक्त बनाउने र यसको प्रभावकारिता बढाउने विषयमा सरकार प्रतिबद्ध रहेको बताउँदै चलचित्रलाई कलाभित्र नसमेटिएको विषयमा सरकारको ध्यानाकर्षण भएको जानकारी दिए । उनले यो विषय बजेटमा समेटिने पनि जानकारी दिए ।

मन्त्री तिमिल्सिनाले सूचना प्रविधि विधेयक, साइबर विधेयक र एआई विधेयक तर्जुमाको चरणमा रहेको पनि जानकारी दिए । उनले दुर्गम क्षेत्रमा पनि इन्टरनेटको सेवा र पहुँच विस्तारमा सरकार लागि परेको जानकारी दिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।