नेभिगेशन

समाज

कैदी 'सपना'को प्रेम: जसले 'जेल ब्रेक' गर्‍यो

काठमाडौँ । सुन्धारास्थित केन्द्रीय कारागार जगन्नाथदेवलको अग्लो पर्खाल, त्यसमाथि काँडेतार अनि सुरक्षाकर्मी सहित सिसिटिभीको २४ सै घण्टा उच्च निगरानी । 
नेपालको केन्द्रीय कारागार सुनधारा कारागारका यी बन्देजले कैदी सपनाको प्रेमलाई रोक्न सकेन । 

नाम: सपना तामाङ
उमेर: २५ वर्ष
तोकिएको कैद सजाय: २५ वर्ष अर्थात् जन्मकैद 
कसुर: हत्या, अपहरण र डाँका चोरी ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सपना, जगन्नाथदेवलको महिला बल्कमा कैदीका रूपमा थुनामा थिइन । जेठ ३ गते बिहान, प्रहरी सहित कारागारको आन्तरिक प्रशासनले कैदी नम्बर गणना गर्दा एक जना कैदी कम भयो, किनकि त्यहाँ कैदी सपना भेटिइनन् ।

त्यसपछि उनको खोजी सुरु भयो । कारागार प्रशासन र सुरक्षाकर्मीले सिसिटिभी हेर्दा बल्ल चाल पाए कि, सपनाले मध्यरातमै जेल ब्रेक गरेकी रहिछन् । 
सिसिटिभीमा देखिएको फुटेज अनुसार बिहान १ बजे नै सपना कारागारको पर्खाल चढेर भागेकी रहिछन् । त्यसपछि प्रहरीले उनको खोजी सुरु गर्‍यो ।


सपना भागेको सूचना पाए लगत्तै प्रहरीले खोजी कार्य सुरु गरेको थियो । प्रहरीले सिसिटिभीमा उनी भागेको यकिन गरेपछि उनी जान सक्ने सम्भावित ठाउँको सूची बनाएर खोजी गर्न थाल्यो । उनी कारागारमा हुँदा समीर श्रेष्ठसँग नजिक भएको खुल्यो । 

समीर, सपनासँग कारागारमा रहेकी सीता थापा श्रेष्ठका छोरा हुन् । सपना र सीता कारागारभित्रकै उद्योगमा सँगै काम गर्थे । सोही क्रममा समीर आमालाई भेट्न जाने आउने गर्दा सपनासँग नजिकिए । उनीहरू पर्खाल वारिपारिबाटै प्रेममा परे । समीर कारागारमा आमालाई खाने कुरा, उद्योगका कच्चा पदार्थ लैजाँदा सपनालाई पनि केही लगिदिन्थे । उनीहरूको कारागारमै नियमित जसो भेट हुन थाल्यो । 


जेन–जी आन्दोलनपछि कारागारबाट सपना भागिन् । त्यसपछि केही समय समिरसँगै बसिन् । करिब २ महिनापछि रसुवाको धुन्चेबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनी गाउँको एउटा घरको ढोका फोडेर लुकेर बसिरहेको सूचना पाएपछि पुगेको जिल्ला प्रहरी कार्यालय, रसुवाको टोलीले पक्राउ गरेर काठमाडौँ पठाएको थियो । अहिले सपनालाई अनुसन्धान गरिरहेको प्रहरी स्रोतका अनुसार पहिलो पटक भागेर सँगै बसेपछि सपना र समीर झन् नजिक भए, सपनाका अनुसार माया बढ्यो  । दोस्रो पटक कारागार फर्किए लगत्तै उनी भाग्ने योजनामा थिइन् । 

त्यसपछि समीरकै साथ पाएपछि उनी कारागारबाट भागेर समीर सँगै बस्ने तयारीमा थिइन् । सोही अनुसार उनी जेठ ३ गते राती कारागारबाट भाग्ने दुस्साहस गरिन् । 

कारागारबाट भागेपछि सपना समीर सँगै बसेकी थिइन् । प्रहरीका अनुसार कारागारबाट भागेपछि उनीहरू काम खोज्न समेत डुलेका थिए । तर काम पाइएको थिएन ।

अनुसन्धानका क्रममा प्रहरीले सपनालाई भाग्ने योजना बारे सोधेको थियो । उनका अनुसार पहिलो पटक भागेपछि दोस्रो पटक भाग्ने योजनामा लागिन् । २५ वर्ष सजाय काटेर निस्किदा आफू ५० वर्ष पुग्ने कुराले सपना त्रसित थिइन्, त्यसैले उनी जसरी पनि भाग्न चाहन्थीन् । यसका लागि कारागारमै भएकी अर्की विदेशी महिलासँग योजना बनेको थियो । तर अन्तिममा विदेशी महिलाले नमानेपछि उनी एक्लै भागेकी थिइन् । 
प्रहरीले उनलाई भगाउन सहयोग गरेको आरोपमा श्रेष्ठलाई समेत पक्राउ गरेको छ ।
...................
क्रूर अपराधकी कैदी हुन् सपना 

सामान्य कैदीका लागि कारागारबाट भाग्ने आँट गर्नु सामान्य होइन । तर सपना सामान्य कसुरकी कैदी होइनन् । उनी सानो उमेरमै क्रूर अपराध सजाय भोग्दै छिन् । 
उनी ६ वर्षीया बालिकाको अपहरण गरी लुटपाट पछि हत्या गरेको कसुरमा दोषी ठहर भएर सजाय भोगिरहेकी हुन् । 
सपनाको क्रूर अपराधको घटना यस्तो थियो:

२०७७ मङ्सिर २० गते रसुवाको कालिका गाउँपालिका–१, फैलिगाङकी ६ वर्षीय सुमिना तामाङ स्थानीय ग्राङ प्राथमिक विद्यालयबाट घर फर्किँदै थिइन् । सुमिनाले सुनको मुन्द्रा लगाएको देखेपछि सपनाले सुमिनाको मुन्द्रा थुतेर भाग्न खोजिन्, चोरी डकैतीमा पनि सपना माहिर थिइन, किनकि यस अघि पनि तीन पटक चोरी मुद्दामा पक्राउ परिसकेकी थिइन् । 
६ वर्षीय सुमिनाको मुन्द्रा चोरेर भाग्न खोजे पनि बालिकाले चिनेकाले पक्राउ पर्ने डरले उनी सुमिनालाई अपहरण गरिन् । 
त्यसपछि हत्या गरेर रसुवाकै कालिका गाउँपालिका–१, पलेपस्थित नागुर्दुङ भीरको ओडार मा लगेर सेउलाले छोपिदिएकी थिइन् । यो अपराध गर्दै गर्दा सपना १९ वर्षकी थिइन् ।

त्यो घटना अघि पनि तीन पटक पक्राउ परेकी उनलाई एक वर्ष भक्तपुरस्थित बाल सुधार गृहमा राखेको थियो । पछि फेरी बालिकाको हत्या गरेपछि उनलाई रसुवा जिल्ला अदालतले दोषी ठहर गर्दै रसुवा कारागारको थुनामा पठाएको थियो । त्यसपछि कारागार सरुवा भएर केन्द्रीय कारागार जगन्नाथदेवलको महिला ब्लकमा आएकी थिइन् ।

अहिले उनलाई प्रहरीले अनुसन्धान गरिरहेको छ । यति धेरै सुरक्षा बन्दोबस्त गरिएको केन्द्रीय कारागारबाटै सपना सजिलै कसरी भाग्न सफल भइन् भन्ने विषयमा अनुसन्धान केन्द्रीत छ । 

कारागारको आन्तरिक प्रशासन, सुरक्षाकर्मी लगायतको भूमिका माथि अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस्
थप समाज
विद्यार्थीहरुलाई सैन्य तालिम दिने बालेनको प्रस्ताव,  तालिमप्राप्त विद्यार्थीलाई नेपाली सेनाको ब्याकअपको रुपमा राखिने

विद्यार्थीहरुलाई सैन्य तालिम दिने बालेनको प्रस्ताव,  तालिमप्राप्त विद्यार्थीलाई नेपाली सेनाको ब्याकअपको रुपमा राखिने

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक दिपेश घिमिरेले सैद्धान्तिक रुपमा राज्यले आफ्नो नागरिकलाई एक हिसाबले आधारभूत तहको तालिम दिन्छु भन्नु स्वभाविक भएको बताए । तर, अहिलेको युगमा सैन्य तालिम...
विश्वकपको रोमाञ्चक १० क्षण

विश्वकपको रोमाञ्चक १० क्षण

सवारीभन्दा महँगो जरिवाना

सवारीभन्दा महँगो जरिवाना