नेभिगेशन
समाज

सहकारी बैकमा एमालेको राजनीतिकरणविरुद्ध सरकारको 'एक्सन', दलीय उम्मेदवार नबन्न निर्देशन

काठमाडौँ । नेकपा एमालेले सहकारी बैङ्कको निर्वाचनमा दलीय उम्मेदवारलाई जिताउन सर्कुलर जारी गरेपछि सरकारले हस्तक्षेप गरेको छ। 

जेठ ९ गते देशभरका ८ हजार ६ सय ७९ वटा सहकारी सङ्घसंस्थाका प्रतिनिधिको उपस्थितिमा नयाँ नेतृत्व चयन हुँदै छ । उक्त निर्वाचनमा नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले परितोष पौडेललाई साझा उम्मेदवार बनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एमालेको सहकारी विभागका सचिव तथा नेफ्स्कुनका पूर्व अध्यक्ष समेत रहेका पौडेललाई निर्वाचित गराउन एमालेले सबै प्रदेश र जिल्ला कमिटीलाई सर्कुलर जारी गरेको छ । 

Ncell
Extreme Energy

कार्यालय सचिव डा.भीष्म अधिकारीले जारी गरेको निर्देशनमा भनिएको छ,'उक्त निर्वाचनमा हाम्राे पार्टी नेकपा (एमाले) सहित नेपाली काँग्रेस र नेपाली कम्युनिस्ट पार्टीका साझा  उम्मेदवार बनाउने सहमतिमा गरिएको छ। अन्य प्रदेशमा निर्वाचन निर्विरोध सम्पन्न भइसकेको छ। बागमती प्रदेशमा क.परितोष पौडेललाई तीन दलको साझा उम्मेदवार बनाइएको छ। उहाँलाई निर्वाचित गराउन सम्बन्धित कमिटीहरू र अन्य सरोकारवाला पक्षसँग समन्वय गर्नु/गराउनुहुन निर्देशनअनुसार अनुरोध गर्दछु।'

सहकारी बैङ्कको नेतृत्वका लागि दलीय उम्मेदवारलाई जिताउन एमालेले सर्कुलर जारी गरेपछि भूमि व्यवस्था, सहकारी, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । 

मन्त्रालयको सहकारी विभागले विज्ञप्ति जारी गर्दै सहकारी संघ संस्थाहरुको सञ्चालक समितिको निर्वाचनमा राजनीतिक दलहरूबाट दलीय आस्थाका आधारमा प्यानल खडा गरी प्रतिस्पर्धा गर्ने खालका गतिविधिहरूलाई निरुत्साहित गर्न आग्रह गरेको छ । 

विभागले सहकारीका आधारभूत मूल्य, मान्यता र सिद्धान्तहरू विपरीत यस्ता गतिविधिहरूबाट सहकारी ऐन, २०७४ को प्रस्तावना र कानुनी व्यवस्थालाई प्रतिकूल असर गर्नुका साथै सहकारीका सदस्यहरूमा अस्वस्थ प्रतिस्पर्धा बढ्न जाने र सहकारी क्षेत्रमा सुशासन कायम गराउनमा समेत नकारात्मक असर पुग्ने जनाएको छ। 

विभागले यस्ता  खालका गतिविधिहरूलाई निरुत्साहित गर्न आग्रह गर्दै सहकारीको मर्म अनुसार सहकारी सञ्चालन हुने वातावरण निर्माण गरी सहकारीमा सुशासन कायम गर्ने गराउने निर्देशन दिएको छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पहिरोमा पुरिएर एक जनाको मृत्यु

पहिरोमा पुरिएर एक जनाको मृत्यु

लुङग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा एकजना वृद्धाको मृत्यु भएको छ ।
वर्षाले १० जिल्लाका सडक प्रभावित

वर्षाले १० जिल्लाका सडक प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् ।
नेपालमै बनेको विद्युतीय 'यात्री पीटू' स्कुटरको कारखाना पुगे अर्थमन्त्री वाग्ले, विश्व बजारमा लैजान सुझाव

नेपालमै बनेको विद्युतीय 'यात्री पीटू' स्कुटरको कारखाना पुगे अर्थमन्त्री वाग्ले, विश्व बजारमा लैजान सुझाव

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका लागि सरकारको साथ रहने बताएका छन् ।
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् ।