नेभिगेशन
समाज

काठमाडौँ –हेटौडा जोड्ने देउरालीमा १० मिनेट: फरक मौसमको अनुभूति, बादलसँग लुकामारी

काठमाडौँ ।  मनसुन सक्रिय भएसँगै देशभरको मौसम निरन्तर परिवर्तनशील बनेको छ। कतै अत्यधिक गर्मी छ भने कतै लगातार वर्षा भइरहेको छ। 

Deurali_KTM_HETAUDA_Nepal-photo-Library_NPL11-1783313043.jpg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Deurali_KTM_HETAUDA_Nepal-photo-Library_NPL8-1783313041.jpg

Ncell
Extreme Energy

Deurali_KTM_HETAUDA_Nepal-photo-Library_NPL9-1783313042.jpg

Deurali_KTM_HETAUDA_Nepal-photo-Library_NPL5-1783313040.jpg

Deurali_KTM_HETAUDA_Nepal-photo-Library_NPL4-1783313040.jpg

Deurali_KTM_HETAUDA_Nepal-photo-Library_NPL7-1783313041.jpg

Deurali_KTM_HETAUDA_Nepal-photo-Library_NPL6-1783313041.jpg

Deurali_KTM_HETAUDA_Nepal-photo-Library_NPL10-1783313042.jpg

वर्षासँगै नेपालका पहाडहरू हरियालीले ढाकिएका छन् र प्राकृतिक सौन्दर्य झन् मनमोहक बनेको छ।

काठमाडौँबाट कुलेखानी हुँदै देउराली भएर हेटौडा पुग्ने सडक खण्डमा अहिले यात्रा गर्नेहरूले अनौठो मौसमको अनुभव गर्न सक्छन्। केही समयअघि घाम लागेको आकाश केही मिनेटमै बाक्लो बादल र हुस्सुले ढाकिन्छ।

काठमाडौँ र हेटौडामा अहिले गर्मी महसुस भइरहे पनि यी दुई सहरलाई जोड्ने सडकको देउराली क्षेत्रमा भने मौसम बिल्कुलै फरक देखिन्छ। केही क्षणमै वरिपरिका हरिया डाँडाकाँडा, सुन्दर इन्द्रसरोवर (कुलेखानी) जलाशय र रमणीय दृश्य स्पष्ट देख्न सकिन्छ भने अर्को केही मिनेटमै बाक्लो हुस्सुले केही मिटर परसम्म पनि देख्न नसकिने अवस्था सिर्जना हुन्छ।

काठमाडौँको बल्खुबाट करिब ४५ किलोमिटर दूरीमा रहेको देउराली, काठमाडौँ–हेटौडा सडक खण्डमा यात्रा गर्ने सवारीसाधनहरू खाना खान र विश्राम गर्न रोक्ने प्रमुख स्थानका रूपमा पनि परिचित छ।

Deurali_KTM_HETAUDA_Nepal-photo-Library_NPL3-1783313039.jpg

Deurali_KTM_HETAUDA_Nepal-photo-Library_NPL1-1783313038.jpg

Deurali_KTM_HETAUDA_Nepal-photo-Library_NPL2-1783313039.jpg

देउराली प्राकृतिक सौन्दर्यका लागि मात्र होइन, ऐतिहासिक महत्वका कारण पनि परिचित छ। यातायातको आधुनिक सुविधा विकास हुनुअघि मकवानपुरको धोर्सिङदेखि काठमाडौँको मातातीर्थसम्म सामान ढुवानी गर्न प्रयोग गरिएको नेपालको पहिलो रोप-वे यही क्षेत्रबाट सञ्चालनमा आएको थियो। 

राणा प्रधानमन्त्री चन्द्र शम्शेरको पहलमा १९६३ सालमा अमेरिकी सरकारको सहयोगमा निर्माण गरिएको उक्त रोपवेको इतिहास झल्काउने केही संरचनाहरू आज पनि देउराली क्षेत्रमा देख्न सकिन्छ।

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरु)

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरु)

नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
भक्तपुर दरबार स्क्वायरमा तस्बिर खिच्दै चिनियाँ पर्यटक (तस्बिरहरु)

भक्तपुर दरबार स्क्वायरमा तस्बिर खिच्दै चिनियाँ पर्यटक (तस्बिरहरु)

सार्क क्षेत्रबाट मात्रै ३०,०८५ पर्यटक नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २३.९ प्रतिशतको वृद्धि हो । यस क्षेत्रबाट सधैँझैँ भारतले सबैभन्दा ठुलो योगदान दिएको छ । सेप्टेम्बरमा...
पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा भ्याटसहित १ अर्ब ७ करोड रुपैयाँ  लागतमा बन्दै गरेको यो पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ ।
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...