नेभिगेशन
समाज

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज फैसला सुनाइँदै

काठमाडौँ । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा आज फैसला आउने सम्भावना बढेको छ ।

जेठ २७ गतदेखि काठमाडौँ जिल्ला अदालतमा सुरु भएको सुनुवाइ आज सकिएर न्यायाधीश तेजबहादुर खड्का फैसला लेख्न बसेको जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए । 
मुद्दाका प्रतिवादीहरू धेरै भएकाले सबैको फैसला आजै आउने सम्भावना कम भए पनि केहीको फैसला आउने जनाइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उच्चपदस्थ राजनीतिक तथा प्रशासनिक व्यक्तिसमेत मुछिएको यो मुद्दामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसभासद् आङटावा शेर्पालगायत पूर्वमन्त्री, बहालवाला सचिव, गृहमन्त्रीका सुरक्षा सल्लाहकार, निजी सचिव तथा अन्य उच्चपदस्थ व्यक्तिहरू प्रतिवादी छन् ।

Ncell
Extreme Energy

समग्र नेपालीलाई लज्जित तुल्याउने एउटा मुद्दा– नक्कली भुटानी शरणार्थी मुद्दा

अहिलेसम्म रायमाझी जेलमै छन् भने खाण धरौटीमा रिहा भएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले पहिलो चरणमा २०८० जेठ १० गते ३० जनाविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर तथा सङ्गठित अपराधसम्बन्धी अभियोग लगाउँदै मुद्दा दायर गरेको थियो ।
त्यसपछि २०८१ वैशाख ९ गते थप ५ जनालाई प्रतिवादी बनाउँदै अर्को मुद्दा दर्ता गरिएको थियो ।

बेचन झा पक्राउ परेपछि २०८१ साउन २९ गते तेस्रो मुद्दा दायर गरिएको थियो। अदालतले यी तीनवटै मुद्दालाई एकीकृत गरी सुनुवाइ गरेको हो।

अदालतको फैसला सुन्न नेता तथा कर्मचारीका आफन्त, शुभेच्छुक अदालत परिसरमा जम्मा भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिमलुङ दुर्घटनामा दुई गाइड मृत फेला, सम्पर्कविहीन अन्यको खोजी जारी

हिमलुङ दुर्घटनामा दुई गाइड मृत फेला, सम्पर्कविहीन अन्यको खोजी जारी

हिमलुङ हिमालमा भएको दुर्घटनामा बेपत्ता दुई पर्वतारोहण गाइड मृत फेला परेका छन्। विभिन्न कम्पनीमा कार्यरत १४ जना सहयोगी र दुई जना गाइड सम्पर्कविहीन भएकोमा दुई गाइडको शव फेला...
चार दिनपछि खुल्यो काठमाडौँ (तस्बिरहरू)

चार दिनपछि खुल्यो काठमाडौँ (तस्बिरहरू)

चार दिनदेखि लगातार परेको वर्षापछि आज काठमाडौँ उपत्यकाको मौसम खुलेको छ।
रास्वपा सांसदका स्वकीय सचिवलाई प्रमुख सचेतक र सचेतकहरूको प्रशिक्षण

रास्वपा सांसदका स्वकीय सचिवलाई प्रमुख सचेतक र सचेतकहरूको प्रशिक्षण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदका स्वकीय सचिवहरूलाई पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटी र सचेतकद्व क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियारले विभिन्न विषयमा प्रशिक्षण दिएका छन्।
कालीगण्डकी बाढीले बागलुङ–पर्वत जोड्ने मालढुंगा पुल क्षतिग्रस्त (तस्बिरहरू)

कालीगण्डकी बाढीले बागलुङ–पर्वत जोड्ने मालढुंगा पुल क्षतिग्रस्त (तस्बिरहरू)

कालीगण्डकी नदीमा आएको भीषण बाढीले बागलुङ र पर्वत जोड्ने मालढुंगा पुल क्षतिग्रस्त भएपछि आवतजावत ठप्प भएको छ।