नेभिगेशन
सबै कुरा

त्रिविले नतिजा नआउँदै जलायो १८३ विद्यार्थीको उत्तरपुस्तिका, पुन: परीक्षाको तयारी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले नतिजा नआउँदै १८३ विद्यार्थीको उत्तरी पुस्तिका जलाएको पाइएको छ । 

गत वैशाखमा सञ्चालित स्नातक तह पहिलो वर्षको जनसंख्या विषयका १८३ थान उत्तरपुस्तिका भेटिएका छैनन् । परिक्षा सकिएर परिक्षण भैसकेपछि सम्परीक्षणका लागि पनिकामा ल्याइएपनि लेजरमा प्राप्त अङ्क चढाउने बेलामा उत्तरपुस्तिका नभेटिएको त्रिवि पनिकाका एक अधिकारीले बताए । 

उनका अनुसार सम्भावित सबै ठाउँमा खोजी गरेपनि नभेटिएपछि पुराना उत्तर पुस्तिकासँगै जलाइएको हुन सक्ने निष्कर्षमा पनिका पुगेको छ । उनले भने 'खोज्नु पर्ने सबै ठाउँमा खोजियो कतै भेटिएन, पुराना उत्तरपुस्तिका चलाउने बेलामा यि उत्तरपुस्तिका भएको पोको पनि परेको हुन सक्ने देखियो ।'

उत्तरपुस्तिका नभेटिएपछि पनिकाले पुन: परीक्षा लिने विषयमा छलफल सुरु गरेको छ । ति अधिकारीका अनुसार एक वर्षसम्म नतिजा कुरेर बसेका विद्यार्थीलाई फेरी परीक्षा दिन लगाउने विकल्पमा छलफल भइरहेको हो । उनले कुन क्याम्पसका विद्यार्थीको उत्तरपुस्तिका हराएको हो भन्ने खुलाउन चाहेनन् । 

हराएको उत्तरपुस्तिका खोज्न छानबिन समिति नतिजा सार्वजनिक गर्ने बेलामा उत्तरपुस्तिका गायब भएपनि खोजी गर्न पनिकाले छानबिन समिति बनाएको थियो । राजनीतिक शास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख ईश्वरीप्रसाद कँडेलको संयोजकत्वमा गठित दुई सदस्यीय छानबिन समितिले छानबिन सकिएपनि प्रतिवेदन बुझाउन बाँकी रहेको जनाइएको छ । 

अहिलेसम्म हराएको, जलाइएको भन्ने कुरा सार्वजनिक भएपनि प्रतिवेदनले दिने निष्कर्षका आधारमा थप प्रक्रिया अघि बढ्ने पनिकाले जनाएको छ । दोहोरी रहने रोग त्रिविमा उत्तरपुस्तिका हराउन नयाँ समस्या भने होइन । गत वर्ष पनि बीबीएस चौथो वर्षको उत्तरपुस्तिका हराएपछि साढे २ सय विद्यार्थीले पुन परीक्षा दिएका थिए । झापाको दमक बहुमुखी क्याम्पसका विद्यार्थीको उत्तरपुस्तिका हराएको थियो । उनीहरूको पुन परीक्षा मात्रै नतिजा सार्वजनिक भएको थियो । 

उत्तरपुस्तिका माथि त्रिवीको लापरवाही लगातार दुई वर्ष उत्तरपुस्तिका हराउँदा पनि त्रिवीको पनिका पुन परीक्षा गराएर दोषीलाई उन्मुक्ति दिने तयारमा लागेको त्रिवीकै प्राध्यापकहरू बताउँछन् । 'पनिकाको लापरवाहीले त्रिवी बदनाम भयो, उत्तरपुस्तिका गायब पार्ने व्यक्ति पहिचान हुँदा पनि कारबाही भएन', एक सहप्रध्यापकले गुनासो गरे । 

'नतिजा कुरेर बसेका विद्यार्थीलाई वर्षदिन पछि परीक्षा दिन बोलाउने ? एक व्यक्ति र संस्थाको लापरवाहीको सजाय विद्यार्थीलाई दिन मिल्छ' उनले प्रश्न गरे । गत वर्ष एक प्राध्यापकका कारण उत्तरपुस्तिका हराएको देखिएपनि उनलाई कुनै कारबाही भएको थिएन । यो वर्षपनि उत्तरपुस्तिका गायब भएपछि त्रिवीको संयन्त्रमाथिनै प्रश्न उठेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्राध्यापक तथा शिक्षकहरु राजनीतिक गतिविधिमा संलग्न भए कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

प्राध्यापक तथा शिक्षकहरु राजनीतिक गतिविधिमा संलग्न भए कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

उनले विज्ञप्तीमा कुनै पनि पेशागत ऐनहरुले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेशागत हकहित र अधिकार प्राप्तिको लागि सौदावाजी गर्ने बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको र...
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउनुपर्छः शिक्षामन्त्री पुन

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउनुपर्छः शिक्षामन्त्री पुन

सोमबार केशरमहलस्थीत मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पुनले अहिले विश्वविद्यालयहरुमा राजनीति भइरहेको गुनासो आउने गरेको भन्दै विश्वविद्यालयमा राजनीति अन्त्य गर्न कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने बताएका हुन् ।...
त्रिविको जग्गा तथा अचल समिति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (प्रतिवेदन सहित)

त्रिविको जग्गा तथा अचल समिति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (प्रतिवेदन सहित)

अनुसूचीसहित कुल १७९ पृष्ठको सो प्रतिवेदनले २०१३ सालदेखिका त्रिविको कीर्तिपुर, नैकाप, ढुङ्गेअड्डा, पाटनलगायत काठमाडौँ उपत्यकाका २१ क्याम्पसको जग्गाको अवस्था, दुरूपयोग र उपयोगका लागि मन्त्रालयसहित सम्बद्ध निकायको भूमिका तथा...
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, ५९ हजार ६९३ जना परीक्षार्थी अवर्गीकृत

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, ५९ हजार ६९३ जना परीक्षार्थी अवर्गीकृत

बोर्डले नतिजा हेर्न IVR / SMS - USSD, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र पनिका कक्षा १० को www.see.gov.np बाट नतिजा हेर्न सकिने व्यवस्था गरेको छ ।