नेभिगेशन
सबै कुरा

त्रिविले नतिजा नआउँदै जलायो १८३ विद्यार्थीको उत्तरपुस्तिका, पुन: परीक्षाको तयारी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले नतिजा नआउँदै १८३ विद्यार्थीको उत्तरी पुस्तिका जलाएको पाइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत वैशाखमा सञ्चालित स्नातक तह पहिलो वर्षको जनसंख्या विषयका १८३ थान उत्तरपुस्तिका भेटिएका छैनन् । परिक्षा सकिएर परिक्षण भैसकेपछि सम्परीक्षणका लागि पनिकामा ल्याइएपनि लेजरमा प्राप्त अङ्क चढाउने बेलामा उत्तरपुस्तिका नभेटिएको त्रिवि पनिकाका एक अधिकारीले बताए । 

Ncell
Extreme Energy

उनका अनुसार सम्भावित सबै ठाउँमा खोजी गरेपनि नभेटिएपछि पुराना उत्तर पुस्तिकासँगै जलाइएको हुन सक्ने निष्कर्षमा पनिका पुगेको छ । उनले भने 'खोज्नु पर्ने सबै ठाउँमा खोजियो कतै भेटिएन, पुराना उत्तरपुस्तिका चलाउने बेलामा यि उत्तरपुस्तिका भएको पोको पनि परेको हुन सक्ने देखियो ।'

उत्तरपुस्तिका नभेटिएपछि पनिकाले पुन: परीक्षा लिने विषयमा छलफल सुरु गरेको छ । ति अधिकारीका अनुसार एक वर्षसम्म नतिजा कुरेर बसेका विद्यार्थीलाई फेरी परीक्षा दिन लगाउने विकल्पमा छलफल भइरहेको हो । उनले कुन क्याम्पसका विद्यार्थीको उत्तरपुस्तिका हराएको हो भन्ने खुलाउन चाहेनन् । 

हराएको उत्तरपुस्तिका खोज्न छानबिन समिति नतिजा सार्वजनिक गर्ने बेलामा उत्तरपुस्तिका गायब भएपनि खोजी गर्न पनिकाले छानबिन समिति बनाएको थियो । राजनीतिक शास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख ईश्वरीप्रसाद कँडेलको संयोजकत्वमा गठित दुई सदस्यीय छानबिन समितिले छानबिन सकिएपनि प्रतिवेदन बुझाउन बाँकी रहेको जनाइएको छ । 

अहिलेसम्म हराएको, जलाइएको भन्ने कुरा सार्वजनिक भएपनि प्रतिवेदनले दिने निष्कर्षका आधारमा थप प्रक्रिया अघि बढ्ने पनिकाले जनाएको छ । दोहोरी रहने रोग त्रिविमा उत्तरपुस्तिका हराउन नयाँ समस्या भने होइन । गत वर्ष पनि बीबीएस चौथो वर्षको उत्तरपुस्तिका हराएपछि साढे २ सय विद्यार्थीले पुन परीक्षा दिएका थिए । झापाको दमक बहुमुखी क्याम्पसका विद्यार्थीको उत्तरपुस्तिका हराएको थियो । उनीहरूको पुन परीक्षा मात्रै नतिजा सार्वजनिक भएको थियो । 

उत्तरपुस्तिका माथि त्रिवीको लापरवाही लगातार दुई वर्ष उत्तरपुस्तिका हराउँदा पनि त्रिवीको पनिका पुन परीक्षा गराएर दोषीलाई उन्मुक्ति दिने तयारमा लागेको त्रिवीकै प्राध्यापकहरू बताउँछन् । 'पनिकाको लापरवाहीले त्रिवी बदनाम भयो, उत्तरपुस्तिका गायब पार्ने व्यक्ति पहिचान हुँदा पनि कारबाही भएन', एक सहप्रध्यापकले गुनासो गरे । 

'नतिजा कुरेर बसेका विद्यार्थीलाई वर्षदिन पछि परीक्षा दिन बोलाउने ? एक व्यक्ति र संस्थाको लापरवाहीको सजाय विद्यार्थीलाई दिन मिल्छ' उनले प्रश्न गरे । गत वर्ष एक प्राध्यापकका कारण उत्तरपुस्तिका हराएको देखिएपनि उनलाई कुनै कारबाही भएको थिएन । यो वर्षपनि उत्तरपुस्तिका गायब भएपछि त्रिवीको संयन्त्रमाथिनै प्रश्न उठेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

प्रस्तावित नयाँ व्यवस्थाअनुसार अब स्थायी सेवा अवधि 'एक वर्ष पूरा भएका' र अनिवार्य अवकाश हुन 'एक वर्षभन्दा बढी समय बाँकी रहेका' शिक्षकले एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

विश्वविद्यालयका रजिस्ट्रार प्रा डा सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त निर्देशन तथा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयका आधारमा समिति गठन गरिएको...

भर्खरै