नेभिगेशन
सबै कुरा

हत्या आरोपित पासवानलाई गोली प्रहार प्रहरीले लियो नियन्त्रणमा

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले गोठाटारस्थित मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको हत्याको मुख्य आरोपीलाई पक्राउ गरेको छ । लागुऔषध र हतियारसहित भाग्दै गरेको अवस्थामा पर्सा प्रहरीले बब्लुपासवान भन्ने गणेश कुमारलाई गाेली प्रहार गरी नियन्त्रणमा लिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वीरगंज महानगरपालिका–१६ स्थित भुटनदेवी मन्दिर अगाडी सडकखण्डबाट एकथान पेस्तोलसहित लागुऔषध खैरो हिरोईनजस्तो देखीने ४९ ग्राम र ८ सय ८० ग्राम गाजासहित प्रहरीलाई उनलाई पक्राउ गरेको हो । उनको निगरानी गरिरहेको प्रहरीको सुइँको पाएपछि भारततर्फ भाग्ने क्रममा प्रहरीले उनलाई गोली प्रहार गरि नियन्त्रणमा लिएको हो । 

Ncell
Extreme Energy

वि आर ०५ एएल ६१३९ नम्बरको भारतीय मोटरसाइकलमा सवार भई भुटनदेवी मन्दिर हुँदै जाँदै गरेको अवस्थामा चेकजाँच गर्न खोज्दा उनी भागेपछि दुई राउण्ड गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षकले कुमार विक्रम थापाले बताए ।

घाइते भएका पासवानलाई नारायणी अस्पतालमा उपचार गराई जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा राखिएको पर्सा प्रहरीले जनाएको छ । 

गत २०७९ साल असोजमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा एभेन्जर इन्टरप्राइजेज वल्र्ड बेस्ट गार्मेन्ट चलाउँदै आएका मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको हत्या भएको थियो । हत्याका मुख्य योजनाकार रहेका पासवानले मोहम्मदको टाउकोमा २ गोली, दाहिने हातमा एउटा र दायाँ तिघ्रामा एक गोली प्रहार गरी हत्या गरेका थिए  ।  उनको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा,  एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा, एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलन गर्दै सिलसिलाबद्ध रूपमा चोरी तथा लुटपाटमा संलग्न आयन माझी समुहलाई पक्राउ गरिएको जनाएको हो । उक्त समूहका मुख्य व्यक्ति सिन्धुली, मरिण...
हतियार देखाएर नगद र मोबाइल लुट्ने ४ जना पक्राउ

हतियार देखाएर नगद र मोबाइल लुट्ने ४ जना पक्राउ

सूर्यविनायक नगरपालिका–४ अनन्त लिङ्गेश्वरस्थित खड्का गाउँमा बा २ ज ८६४२ नम्बरको ट्याक्सी चालकलाई मङ्गलबार धारिलो हतियार देखाई नगद र मोबाइल लुटपाट गरी फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी परिसर...
लागुऔषधसहित २५ जना पक्राउ

लागुऔषधसहित २५ जना पक्राउ

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार ललितपुर महानगरपालिका–४ नक्खु दोबाटोबाट दुई, धादिङको गजुरी गाउँपालिका–२ चाम्वासबाट एक, सिरहा नगरपालिका–२१ पिपरा टोलबाट दुई, झापाको दमक नगरपालिका–१ मामाचोकस्थित खोटाङ होटलबाट चार र सप्तरीको...

भर्खरै