नेभिगेशन
सबै कुरा

बालमन्दिर जग्गा प्रकरणमा तत्कालिन महासचिव गणेशभक्त श्रेष्ठ पक्राउ

काठमाडौँ । बालमन्दिर जग्गा प्रकरणमा गणेशभक्त श्रेष्ठ पक्राउ परेका छन् । उनी नेपाल बाल संगठनको पूर्व महासचिव हुन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललितपुर स्थित उनकै निवासबाट पक्राउ गरेको हो । उनीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी सम्पर्कबिहिन भएका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सीआईबी स्रोतका अनुसार उनी भागेर भारत पुगेका थिए । नेपाल आएको सूचना पाएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । 

Ncell
Extreme Energy

बालमन्दिरको जग्गा अपचलन प्रकरणमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंँले बैशाख २७ गते २० जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।  जसमा नेपाली कांग्रेसका सम्मानित नेता गणेशमान सिंहकी छोरीदेखि विशाल ग्रुपका सदस्यहरुसमेत छन् । 

पक्राउ पुर्जी जारी भएकाहरुमा बालमन्दिरका तत्कालिन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ, पूर्व महासचिव श्यामकुमार आले, प्रचण्डराज प्रधान, गणेशभक्त श्रेष्ठ, रामकाजी कोने, सुवासकुमार पोखरेल, सुमन शाक्य, मनोहरगोपाल श्रेष्ठ, दीपकदास श्रेष्ठ, कृष्णशंकर साह, प्रवीणराज जोशी, मुरारीनिधि तिवारी, पुरूषोत्तमराज जोशी र कीर्तिप्रसाद पाण्डे, विशाल ग्रुपका अभिनव सिंघानिया श्रद्धा संघाई र सिद्धार्थ केडिया लगायत छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा,  एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा, एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलन गर्दै सिलसिलाबद्ध रूपमा चोरी तथा लुटपाटमा संलग्न आयन माझी समुहलाई पक्राउ गरिएको जनाएको हो । उक्त समूहका मुख्य व्यक्ति सिन्धुली, मरिण...