नेभिगेशन
सबै कुरा

बालमन्दिर जग्गा प्रकरणमा तत्कालिन महासचिव गणेशभक्त श्रेष्ठ पक्राउ

काठमाडौँ । बालमन्दिर जग्गा प्रकरणमा गणेशभक्त श्रेष्ठ पक्राउ परेका छन् । उनी नेपाल बाल संगठनको पूर्व महासचिव हुन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललितपुर स्थित उनकै निवासबाट पक्राउ गरेको हो । उनीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी सम्पर्कबिहिन भएका थिए । 

सीआईबी स्रोतका अनुसार उनी भागेर भारत पुगेका थिए । नेपाल आएको सूचना पाएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । 

CG

बालमन्दिरको जग्गा अपचलन प्रकरणमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंँले बैशाख २७ गते २० जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।  जसमा नेपाली कांग्रेसका सम्मानित नेता गणेशमान सिंहकी छोरीदेखि विशाल ग्रुपका सदस्यहरुसमेत छन् । 

पक्राउ पुर्जी जारी भएकाहरुमा बालमन्दिरका तत्कालिन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ, पूर्व महासचिव श्यामकुमार आले, प्रचण्डराज प्रधान, गणेशभक्त श्रेष्ठ, रामकाजी कोने, सुवासकुमार पोखरेल, सुमन शाक्य, मनोहरगोपाल श्रेष्ठ, दीपकदास श्रेष्ठ, कृष्णशंकर साह, प्रवीणराज जोशी, मुरारीनिधि तिवारी, पुरूषोत्तमराज जोशी र कीर्तिप्रसाद पाण्डे, विशाल ग्रुपका अभिनव सिंघानिया श्रद्धा संघाई र सिद्धार्थ केडिया लगायत छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उदयपुरमा ४५० एम्पुल प्रतिबन्धित लागू औषधसहित एक जना पक्राउ

उदयपुरमा ४५० एम्पुल प्रतिबन्धित लागू औषधसहित एक जना पक्राउ

खत्रीको साथबाट डाइजेपाम १५० एम्पुल, फेनारगन १५० एम्पुल र ब्रुपिनोर्फिन १५० एम्पुल गरी जम्मा ४५० एम्पुल प्रतिबन्धित लागू औषध बरामद गरिएको छ। साथै नगद ३८ हजार ६० रुपैयाँ,...
लुटपाट तथा चोरीमा संलग्न आरोपमा काठमाडौँबाट चार जना पक्राउ

लुटपाट तथा चोरीमा संलग्न आरोपमा काठमाडौँबाट चार जना पक्राउ

पक्राउ पर्नेहरुमा काठमाडौंको दक्षिणकाली नगरपालिका–२ का सरोज खड्का, काभ्रेपलान्चोक महाभारत गाउँपालिका–७ घर भइ हाल काठमाडौं काँडाघारी बस्ने विकाश लामा, तनहुँको म्याग्दे गाउँपालिका–५ घर भइ जिल्ला काठमाडौंको टोखा बस्दै...
नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ

नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ

प्रहरीले केही दिनअघि गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल चोकबाट एक हजार दरको ९३ थान नक्कली नोटसहित छ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुमाथि अनुसन्धानका क्रममा प्रहरीले थप दुई जनालाई पक्राउ...
युके पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

युके पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

पक्राउ पर्नेमा दाङ राप्ति गाउँपालिका–१ बस्ने प्युठान, प्युठान नगरपालिका–९ घर भएका ३९ वर्षीय इन्द्रबहादुर केसी, काठमाडौँ स्वयम्भू बस्ने धादिङ थाक्रे गाउँपालिका–५ का ४० वर्षीय आइते तामाङ र काठमाडौँ...