नेभिगेशन
सबै कुरा

पर्सा प्रहरीद्वारा ७१२ बोरा युरिया मल बरामद

पर्सा । पर्सा प्रहरीले भारतबाट अवैध ढङ्गले भित्र्याएको १० लाख मूल्य पर्ने सात सय १२ बोरा युरिया मल बरामद गरेको छ ।  गैरकानुनीरुपमा भारतीय मल भन्सार छली चोरीपैठारी गरी वीरगञ्जमा ल्याई अनाधिकृत भण्डारण गरेर राखेको ५० केजीका सात सय १२ बोरा मल पक्राउ गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले भारतबाट भन्सार छली गरेर अवैध ढङ्गले मल भित्र्याएर भण्डारण गरिराखेको सूचनाका आधारमा छापामर्दा सो मल बरामद भएको बताए । 

Extreme Energy

प्रहरीले अवैध मल भित्र्याएर भण्डारण गर्ने काममा संलग्न रहेको भन्दै नवलपरासी कावासोती नगरपालिका–९ बस्ने ६२ वर्षीय ज्ञानबहादुर महतोलाई पक्राउ गरेर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ । बरामद भएको मल पनि शुक्रबार नै भन्सार कार्यालय वीरगञ्जमा बुझाइएको प्रहरीले जनाएको छ । भाडाका घरमा अनधिकृतरुपमा युरिया मल भण्डारण गरेका अवस्थामा प्रहरीले फेला पारेको थियो  । 

जङ्गली हात्तीको दारासहित तीन पक्राउ

पर्सा प्रहरीले जङ्गली हात्तीको दारासहित तीन जनालाई पक्राउ परेको छ । पर्सा प्रहरीले पर्साको ठोरी गाउँपालिका–४ गोरखपुर टोलमा २१÷२१ किलोग्राम तौल भएको दुई वटा हात्तीको दारासहित तीन जनालाई शुक्रबार पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक  भारतीले जङ्गली हात्तीको दारासहित पक्राउ परेका तीन जनालाई जिल्ला डिभिजन वन कार्यालयसँग समन्वय गरी थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको बताए । 

“अधियुक्तले ठोरी गाउँपालिका–४ का चन्द्र परियारको खेतमा खाल्डो खनेर २१÷२१ किलोग्राम तौल भएको दुई थान दारा बिक्रीवितरणका लागि ग्राहक खोज्ने क्रममा पक्राउ परेका हुन्”, उनले भने । पक्राउपर्नेमा पर्साको ठोरी गाउँपालिका–४ विजयबस्ती गुम्बालाइनका कुइसँग लामा, वीरगञ्ज महानगरपालिका–१ का प्रेम शर्मा र महानगर–२१ का अमिरीलाल महतो रहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर खेसराहा घर...
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति, सुव्यवस्था कायम गरी आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरी स्वीप अपरेसन सञ्चालन गरिएको जानकारी...
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

“घाइतेहरुमध्ये तीन जना (अञ्जना राई, सेवन्ता राई र टेमिना राई)को अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ”, प्रहरी निरीक्षक बस्नेतले भने,...

भर्खरै