नेभिगेशन
सबै कुरा

पूर्वाधार विकास समितिद्वारा धुलिखेल–खावा सडकको अनुमगन, समयमा काम नसके ठेक्का रद्ध गर्न सडक विभागलाई निर्देशन

काभ्रे । संघीय संसदको पूर्वाधार विकास समितिले समयमै निर्माणको काम नहुँदा जीर्ण बनेको धुलिखेल–खावा सडकको स्थलगत अनुमगन गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिका सदस्य शंकर भण्डारीको नेतृत्वको टोलीले उक्त सडकखण्डको स्थलगत अनुगमन गरेको हो । धुलिखेल–खावाँ सडक अनुमगन पछि समिति सरोकारवाला निकाय सँग छलफल गरेको छ । धुलिखेल–खावाँ सडकको अनुगमनपछि सांसदहरुले ठेकेदारले काम नगरे ठेक्का रद्ध गर्न सडक बिभागलाई निर्देशन दिन सुझाव दिएका थिए । समितिका सदस्य शंकर भण्डारीले जनताको समस्या समाधान गरेर काम गर्नुपर्ने बताए । उनले स्थानीयको गुनासाका आधारमा ठेकेदारलाई कारवाही गर्ने मागको उचित सम्बोधन हुनुपर्नेमा जोड दिए ।

Ncell
Extreme Energy

त्यस्तै अन्य समिति सदस्यहरुले समितिको बैठक बसेर सडकको बारेमा सरकार र सडक विभागलाई आवश्यक निर्देशन दिने जनाएका छन् ।  जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक गौतमले यो ठेकेदारले काम गर्दैन ठेक्का रद्ध धरौटी जफत गर्नुपर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रमुख बशुन्धरा खड्का धुलिखेल–खावा सडकले प्रहरी लगायत सो सडक भएर आवतजावत गर्ने सर्वसााधारणले भोग्नु परेको समस्या बारे संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिलाई जानकारी गराइन् ।

सडक विभागले ठेक्का तोड्न निक्कै झन्झटिलो प्रकृया हुने भएको र लागत समेत बढ्ने भएकाले सहज नभएको सडक डिभिजन कार्यालय भतmपुर प्रमुख मेघराज मरासीनीले बताए । 

धुलिखेल–खावासडक समयमै निर्माण नभएको भन्दै स्थानिय जनप्रतिनिधिसमेत आक्रोशित बनेका छन् ।  

अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकको काम निर्माण कम्पनीले समयमा नगर्दा निकै जीर्ण बनेको छ । उक्त सडकको काम २२ महिनाभित्र सक्ने गरी सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायीबीच २०७९ जेठ २० गते सम्झौता भएको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...