नेभिगेशन
समाज

नक्कली भुटानी शरणार्थी प्रकरणः बेचन झा थुनामै रहने

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणका मुख्य अभियुक्त बेचन झा थुनामुक्त नहुने भएका छन् । सर्वोच्च अदालतमा उनले दायर गरेको रिट खारेज भएसँगै उनी थुनामुक्त नहुने भएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


झाले गत माघ २ गते थुनामुक्तको मागसहित सर्वोच्च अदालतमा निवेदन दायर गरेका थिए। सो निवेदनउपर सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुलअजिज मुसल्मानको इजलासले खारेज गरिदिएको हो।  
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा झाको संलग्नता देखिएको थियो । सोही प्रकरणमा उनी गत असार १३ गते पक्राउ परेका थिए । 

Ncell
Extreme Energy

नक्कली भुटानी शरणार्थी प्रकरण र बेचन झा 

हाल पुर्पक्षका लागि थुनामा रहेका तत्कालिन गृहसचिव टेकनारायण पाण्डेले बेचन झाबारे मुख खोलेका थिए । पक्राउ परेर अदालतमा पुगेपछि उनले दिएको बयानमा झा नै यो प्रकरणको उच्च राजनीतिक नेक्ससको कडी भएको उल्लेख छ । 

‘विगतदेखिको गतिविधि र हाम्रो कार्यकालमा यस विषयमा सम्पर्कमा आएका व्यक्तिहरूको कनेक्सन हेर्दा शरणार्थाी समस्यालाई राजनीतिक परियोजनाका रूपमा विकास गरेको देखिन्छ । मन्त्रालयमा राजनीतिक रूपमा सम्पर्कमा आएका बेचन झासँग बयान लिएपछि यस विषयमा थप गहिराइमा पुग्न सकिन्छ ।’

शरणार्थी प्रकरणमा तत्कालिन शेरबहादुर देउवा सरकारका  गृहमन्त्री बालकृष्ण खाँण ९हाल धरौटीमा हिरासत मुक्त०, हाल पुर्पक्षका लागि हिरासतमा रहेका तत्कालिन गृहसचिव टेकनारायण पाण्डे, एमाले सचिव टोपबहादुर रायमाझि लगायतका उच्च ओहोदाका मानिसहरु पक्राउ परेपछि झा भागेर भारत पसेका थिए । सचिव पाण्डेले बयानमा पोलेपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो । शरणार्थी प्रकरणमा राजनीतिक नेक्ससको नाइने मानिने झा २०८१ असार १४ मा पक्राउ परेपछि यो प्रकणमा उनले सबै आरोपमा इन्कारी बयान दिएका थिए । तर, अदालतमा पीडितले उपलब्ध गराएको  फोन संवाद, चेक, भिडियो गायतको प्रमाणपछि झा पुर्पक्षका लागि जेल चलान भएका थिए ।

सम्बन्धित समाचार :

EXCLUSIVE: नक्कली भुटानी शरणार्थी प्रकरणमा २ करोडको चेक लिन बेचन झा र रामशरणको भेट (भिडियो)

नक्कली भुटानी शरणार्थी प्रकरणः बेचन झाको बयानमा के छ ?

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...