नेभिगेशन
सबै कुरा

नक्कली भुटानी शरणार्थी प्रकरणः बेचन झाको बयानमा के छ ?

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मन्त्रिपरिषद् मै सेटिङ मिलाएका दाबी गरिएका बेचन झाविरुद्धकाे मुद्दा बुधबार हेर्दाहेर्दैमा सकिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तिर्थराज केसीको इजलासमा भएको थुनछेक बहस अब बिहिबार हुने छ । बहस पछि झालाई तारेखमा राख्ने कि कारागार राखेर पुर्पक्ष गराउने भन्ने आदेश आउने छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

झा विरुद्ध ठगी, लिखत कीर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधसहित चार वटा कसुरमा मुद्दा दायर भएको छ। असार १३ गते पक्राउ परेको झालाई जिल्ला प्रहरी परिसरको हिरासतमा डेढ महिना बढी राखेर बयान लिइएको थियो। झाले शरणार्थी प्रकरणमा आफूलाई कुनै पनि विषय थाहा नभएको इन्कारी बयान दिएका छन्। 

Ncell
Extreme Energy

नेपाल र भारत दुवै देशको नागरिकता बोक्ने झाले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरीका पठाउने गरि क्याबिनेटबाट निर्णय गराउन नेपालीहरुबाट पैसा लिएको पीडितहरुको दाबी छ । 

उनले क्याबिनेटमा मिलाइसकेको भन्दै डिल गरेको अडियो पनि सार्वजनिक भएको थियो । साथै, उनले चेक लिएको समेत देखिएको थियो । तर, उनले बयानमा क्रममा पैसा लिएको तथा अडियो संवाद दुवै नकारकेका छन् भने अन्य व्यक्तिहरुसँगको चिनजान समेत नभएको बयान दिएका छन् । निकै छोटो बयान दिएका उनले पोलिग्राफ गर्न भने नमानेको प्रहरीले जनाएको छ।

यस्तो छ झाले दिएको इन्कारी बयानः

"मेरो शारररीक अवस्थामा रुघा खोकी,जरो  टाउको दुखारहेकाे छ, साथै आँखामा समस्या भएको छ, पढ्न लेख्न कठिनाइ भएको छ । मानसिक अवस्था ठिक छ । बयान कार्य गर्न सक्छु। कानुन व्यवसायी राख्ने पाइने बारे थाहा छ, मैले कानून व्यवसायी राखीसकेको छु। मलाई प्रहरी हिरासतमा राख्न आफन्तसँग भेटघाट गर्न पाइरहेको छु। प्रहरी हिरासतमा अन्य कुनै शारिरिक र मानसिक यातना दिइएको छैन । मिसिलमा संलग्न मिति २०८१÷०३÷१४ गतेको दाखिला प्रतिवेदन साथ पेश भएको सामसुङ कम्पनीको खरानी रङको मोवाइल, एप्पल कम्पनिको आकाशे रङको मोवाइल, रातो रङको २०२४ लेखिएको डायरीहरु मलाइ देखाईँदा देखें र चिनें । उक्त मोवाइल समेत मेरो हो । सो मोवाइल मैले आज भन्दा एक वर्ष अघि खरिद गरि चलाएको हुन सक्छ, एकिन मिति थाहा भएन । मिसिलमा संलग्न मिति २०८१÷०३÷२८ गतेको प्रतिवेदन साथ पेश भएको कालो रङको पर्स १, द्यभअजबल व्जब भारत सरकार लेखिएको आधार काडा थान १, र द्यभ्ऋज्ब्ल् व्ज्ब् आयकर भिाग भारत सरकार लेखिएको कार्ड थान १ समेत मलाइ देखाईदा देखि पाएँ , उक्त पर्स र काडहरु मेरो हो, हेरी चिनी सनाखत समते गरि दिए । भुटानी शरणाथी सम्बन्धमा मलाइ जानकारी छैन । म कुनै राजनजैतक पाटिमा आवद्ध ब्यक्ति होइन । टेक नारायण पाण्डेंसँग मेरो चिनजान सम्पर्क समेत केही नभएकोले निजले कहाँ के कस्तो बयान दिएका हुन् उनै जानुन, चेकको सम्बन्धमा मलाई केही जानकारी छैन । अडियोमा भएको संवाद मेरो होइन । भिडियोमा देखिएको व्यक्तिहरु कोको हुन मलाई थाहा भएन । म मेरो आवाज परिक्षण गर्न मञ्जुर छु । श्याम कृष्ण श्रेष्ठलाई म चिन्दिन, निजले के बयान दिएका छन् मलाई सरोकार छैन । हरिभक्त महर्जनलाई म चिन्दिन, मैले निजबाट कुनैपनि रकम लिएको छैन,उसले कहाँ के बयान दिएका छन् उनै जानुन् ।"


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...