नेभिगेशन
मुख्य समाचार

चक्रे मिलनसहितका १९ जनालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले विभिन्न स्थानमा आपराधिक गतिविधिमा संलग्न रहेको अभियोगमा पक्राउ परेका मिलन गुरुङ अर्थात चक्रे मिलनसहित १९ जनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

गएराति काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त रुपमा चलाएको ‘अप्रेसन’ मा चक्रे मिलनसहित पक्राउ परेका उनीहरुलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन काठमाडौँले अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिए । 

उनले भने, “घरेलु हातहतियार बोकी सार्वजनिक स्थलहरूमा समूह बनाएर हो–हल्ला गर्दै समाजमा शान्ति सुरक्षा बिथोल्ने तथा सार्वजनिक आवागमन अवरोध हुने गरी आम नागरिकमा त्रास उत्पन्न गराउने खालका अवाञ्छित क्रियाकलापमा संलग्न हुने निज १९ जनालाई अभद्र व्यवहार गर्न नहुने कसुरमा सात दिनको म्याद थप भई अनुसन्धान भइरहेको छ ।”

प्रहरीले गएराति ठमेल र महाराजगन्ज क्षेत्रबाट ४७ जना पक्राउ गरेको भएपनि कतिपय असंलग्न व्यक्ति भएको पाइएकाले छाडिएको र बाँकी १९ जनालाई अभद्र व्यवहारको कसुर गरेको आरोपमा अनुसन्धान गर्न हिरासतमा राख्न अनुमति मागेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बारीबाटै सुन्तला बिक्री हुन थालेपछि नवलपरासीका किसान खुसी

बारीबाटै सुन्तला बिक्री हुन थालेपछि नवलपरासीका किसान खुसी

अघिल्ला वर्षमा सुन्तलाको बजार खोज्दै धाउनुपर्ने र मूल्यसमेत कम पर्ने गरेकामा अहिले सहज रुपमा सुन्तला बगैँचाबाटै बिक्री हुँदा खुसी लागेको उनले बताए ।
पीटीसी सम्झौताबारे कुलमान भन्छन्ः 'विद्युत नपाउने जोखिम हटाउन गरिएको हो, भ्रममा नपरौँ'

पीटीसी सम्झौताबारे कुलमान भन्छन्ः 'विद्युत नपाउने जोखिम हटाउन गरिएको हो, भ्रममा नपरौँ'

‘हामीले नियमपूर्वक पारदर्शी प्रक्रियाबाट सबैभन्दा सस्तो दरमा विद्युत् नियमन आयोगबाट स्वीकृति लिई विगत लामो समयको अभ्यासबमोजिम विद्युत् खरिदको निर्णय गरेका छौँ, जसले हिउँदयाममा स्थिर आपूर्ति सुनिश्चित गर्छ र...
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति

पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति

आगामी चैतभित्र काम सक्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले जनाएको छ । सुरुको चरणमा निर्माण कम्पनीले काममा ढिलासुस्ती गरेपछि आयोजनाको प्रगति...
महानगरका मेयर शाहविरुद्ध लड्न आफुले सुकुम्बासीलाई सहयोग गर्नेः व्यवसायी प्रसाईँ

महानगरका मेयर शाहविरुद्ध लड्न आफुले सुकुम्बासीलाई सहयोग गर्नेः व्यवसायी प्रसाईँ

आइतबार काठमाडौँको मनोहरा सुकुम्बासी बस्तीमा पुगेर उनले यस्तो बताएका हुन । काठमाडौँको मनोहरा सुकुम्बासी बस्तीमा गरिएको भेलालाई सम्बोधन गर्दै उनले  मङ्सिर ७ गते देखि सुरु हुने आफ्नो अभियानमा...