नेभिगेशन
समाज

१२ छोरा–छोरी, एक बुहारी, ज्वाइँ र  नातिनीसहित कहाँ गईन्  उर्मिला हायु ?

काठमाडौँ । सिन्धुलीको गोलन्जर गाउँपालिका ६ का एकै परिवारका १६ जना बेपत्ता भएका छन् ।  पालिकाको भण्डा बिप्पर कटेरीका उर्मिला हायुका एकै परिवारका १६  जना शुुक्रबार देखि बेपत्ता भएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एकै परिवारका १६ जना बेपत्ता भएको खबर पछि सुरक्षाकर्मीसहित लागेर खोजी सुरु गरेको गोलञ्जर गाउँपालिका र  सिन्धुली  जिल्ला  प्रशासनले  जनाएको  छ । वडा अध्यक्ष  रबिन  कुमार  श्रेष्ठका अनुसार हायुका परिवारले बिहिबार मात्रै राज्यले प्रदान गर्ने सिमान्तकृत समुदायले पाउने भत्ता १ लाख ९० हजार बुुझेका थिए ।

Marvel
Extreme Energy

प्रतिव्यक्ति ३  हजार  २   सय सालाखालाका  दरले  उनीहरुले पछिल्लो  ३  महिनाको किस्ता बुझेका  थिए । उनकाअनुसार परिवार नै बेपत्ता भएको खबरपछि परिवारका एकजना सदस्यको फोन लागेको भए पनि अहिले उक्त फोन नै अफ छ । 

वडा  अध्यक्ष  श्रेष्ठका अनुसार हराएका   परिवारमा ६ वर्ष  देखि  ५२  वर्ष उमेर समूहका  छन्  । बेपत्ता हुनेहरुमा ५२  वर्षकी घरमुुली उर्मिला  हायु, ६ भाई छोराहरु राजु हायु, हिमाल हायु, लाल बहादुर हायु, डेग बहादुर हायु, सुवर्ण हायु, लक्ष्मण हायु  छन् ।  यस्तै ६ बहिनी  छोरीहरु कमला हायु, सुधा हायु, सुजता हायू, उषा हायु, अस्मिता हायुु र कोमला हायु रहेका छन् । यस्तै एक  जना बुहारी र एक जना ज्वाइँ र एक   जना नातीनी पनि हराउने सूचीमा छन् । 

16-jana-bepatta-1753691652.jpg
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी दिनेश शागर भुुषाल पनि गोलञ्जरको घटनाले आफुुहरु अचम्भित भएको सिधाकुरालाई बताए । घरमा वस्तुु भाउ सबै छोडेर एकै परिवारका सबै जना बेपत्ता हुनुु आश्चार्य भएको भुुषालले बताए । 

उनकाअनुसार बेपत्ता भएका परिवारका सदस्यहरुको अन्तिम लोकेसन रामेछाप  नगरपालिकाको ९   नम्बर   वडामा देखिएको छ । एकै घरका यति धेरै सदस्य हराएको सूचनापछि जिल्लाका साथै छिमेकी सबै जिल्लाका सुरक्षा अधिकारीहरुको समन्वयनमा खोजी तिब्र पारिएको भुुषालले बताए । 

प्रमुुख जिल्ला अधिकारी भुुषालकाअनुसार उर्मिला हायुुको घरमा सुरक्षाकर्मी पुुग्दा सबै कुरा समान्य र शकुसल छ । बाख्रा लगायतका चौपायहरु खान नपाएर भोकले कराई रहेका पाइएको उनले बताए । 

यता गोलञ्जर गाउँपालिकाले भने हायुुका परिवार शुक्रबारदेखि नै हराई रहेको जनाएको छ । घरको पालिमा अलिकति आगो लागेको र चुल्होमा मासु पनि भेटिएको पालिकाका विपद् सम्पर्क अधिकारीे हरिबहादुर कार्कीले जानकारी दिए । 

16-jana-bepatta-2-1753709874.jpg
उनकाअनुुसार छरछिमेक टाढा रहेको सो घरमा घरबाट केहीमाथि भैँसी पालेको गोठ छ । केही दिनदेखि भैँसीको रेखदेख गर्न कोही नगएको र भैँसी कराएपछि टाढा रहेका छिमेकीले खोजी गरेको  र घटना बाहिरिएको  कार्कीले  सिधाकुरालाई बताए । 

घरमा केहीदिन देखि कोही पनि नभएको जस्तो देखिएपछि उनीहरुले वडा तथा गाउँपालिकामा खबर गरेका थिए । ‘गाउँपालिका, वडा तथा प्रहरीको टोली पुग्दा घरमा कोही थिएनन् । चुलोमा सुंगुरको मासु गनाईरहेको थियो,’ कार्कीले भने, ‘ १०÷१५ ओटा कुखुरा, ६÷७ ओटा बाख्रा तथा गोठमा भैँसी रहेको र घरको पालीमा सामान्य आगो लागेको देखिएको छ ।’ 
अहिले  पालिकाले उनीहरुको गाइवस्तुको जिम्मा छिमेकीलाई लगाएको छ । घरका एक जना सदस्यको मोबाईल लोकेसन रामेछाप नगरपालिकामा रहेको सूचना आएको पनि कार्कीले बताए ।

अन्तिम फोन लोकेसन  भेटिएको रामेछाप  नगरपालिका–९ मा पनि  खोजतलास जारी राखिएको  रामेछापका  प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण  थापाले बताए ।

फोनको लोकेसन भेटिएको भन्ने सूचना पछि जिल्लाबाट सशस्त्र र जनपथ प्रहरी परिचालन गरिएको प्रजिअ थापाले बताए । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

विष्णु ढुंगाना सिधाकुरा डट कमका कार्यकारी सम्पादक हुन् । 

The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
घोप्टेभिरको पहिरो रोकथामको काम सक्न थप तीन दिन लाग्ने, दैनिक पाँच घण्टा आवागमन बन्द

घोप्टेभिरको पहिरो रोकथामको काम सक्न थप तीन दिन लाग्ने, दैनिक पाँच घण्टा आवागमन बन्द

माथिबाट स्काभेटरले जोखिमपूर्ण भाग झार्ने र तलबाट सडक सफा गर्ने काम भइरहेको छ । हरेक दिन बिहान ११ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म सवारी रोकेर काम गरिएको छ ।
सुनचाँदीको मूल्य निरन्तर घट्दो, एकै दिन घट्यो साढे ६ हजार

सुनचाँदीको मूल्य निरन्तर घट्दो, एकै दिन घट्यो साढे ६ हजार

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ४१ हजार ४०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ४० कायम भएको...
भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

मदिरा सेवनपछि मानिसहरू बिरामी परेको जानकारी दिँदै मणिपुरका मुख्यमन्त्री युमनाम खेमचन्द सिंहले शुक्रबार घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् । उनका अनुसार पछिल्लो ४८ घण्टामा मृत्यु हुनेको सङ्ख्या...
विदेशमा रहेका नेपालीको मताधिकारः कानुन संशोधनका लागि तीन विकल्प

विदेशमा रहेका नेपालीको मताधिकारः कानुन संशोधनका लागि तीन विकल्प

आयोगका कानुन हेर्ने सहसचिव मानबहादुर बस्नेतका अनुसार गृह मन्त्रालयमा कानुन संशोधनका लागि पठाइएको प्रस्तावमा बाह्य (विदेशमा रहेका मतदाताको मतदान र अन्तरजिल्ला) मतदानको व्यवस्था गरिएको छ ।  बाह्य मतदानका...

भर्खरै