नेभिगेशन
समाज

पोखरामा फेला परे सिन्धुलीबाट हराएका १६ जनाको परिवार,घर छोड्नुको कारणबारे प्रहरीलाई यस्तो बयान

कास्की । सिन्धुलीबाट हराएका एकै परिवारका १६ जना पोखरामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार हराएका भनिएका सबै जना सकुशल भेटिएका छन् । कास्की प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेले हराएका भनिएका सिन्धुलीको गोलन्जर गाउँपालिका ६ भण्डा बिप्पर कटेरीका उर्मिला हायुका एकै परिवारका १६ जना नै गगनगौडा भन्ने स्थानमा भेटिएको सिधाकुरालाई बताए । उनीहरु शुक्रबार देखि बेपत्ता भएका  थिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘उहाँहरु पोखरामा भेटिनु भएको छ । १६ जना नै सकुशल हुनुहुन्छ । गगनगौडाका दुई जना स्थानीयको घर भाडामा लिएर उहाँहरु सबै जना बस्नु भएको पाइयो’ सूचना अधिकारी पाण्डेले भने । 
प्रहरीले किन घर छोडेको भन्ने प्रश्नमा उनीहरूले विकटता र पहिरोका जोखिमका कारण शहर पसेको बताएको सूचना अधिकारी पाण्डेले बताए । 

Ncell
Extreme Energy

‘सिन्धुलीमा बिकटताका कारण पहिरोको जोखिम भयो, अस्पताल जान ६ घण्टा हिँड्नु पर्ने, केटाकेटीको पढाई पनि राम्रो भएन । घरमा पनि आगो लाग्यो,’ हायू परिवारको भनाई उदृत गर्दै प्रहरी निरीक्षक पाण्डेले सिधाकुरासँग भने,‘छोराछोरीलाई पढाउन र मजदुरी गरेर सुगम स्थानमा बस्नका लागि गाउँ छोड्ने निर्णयमा पुग्यौँ ।’

चार दिन पहिले नै पोखरा छिरेका उनीहरु गगनगौडामा २ दिन देखि स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा भाडामा कोठा लिएर बसेको निरीक्षक पाण्डेले बताए । पौडेलको घरमा ३ वटा कोठा लिएर १२ जना र भण्डारीको घरमा २ ओटा कोठा लिएर ४ जना बसेको उनले बताए ।

श्रम गर्न भन्दै शहर पसेर भाडामा बसेको भने पछि प्रहरीले उनीहरूलाई सोही घरमा छोडेको र असुरक्षाको अवस्था भए बताउन भनेको कास्की प्रहरीले जनाएको छ । स्थानीय प्रहरी युनिटलाई पनि उनीहरूको रेखदेखका लागि निर्देशन दिइएको कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

नेपाली सेनाले आज दिउँसो विदुरमा पत्रकार सम्मेलन गरी बाढीले थुनिएका सबै सुरुङमा खोजी र उद्धार जारी रहेको जनाएको हो ।
त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

खोज तथा उद्धार कार्य जारी रहेको नुवाकोटको सिम्ले क्षेत्रमा रहनुभएका स्थानीयवासी शेषनाथ भट्टराईले विदेशीविज्ञ सम्मिलित विशेष टोलीले सुरुङभित्रबाट अहिले एक व्यक्तिको शव निकालेको जानकारी दिए ।
यस्तो छ छाउनीमा उपचाररत २ जनाको स्वास्थ्य अवस्था

यस्तो छ छाउनीमा उपचाररत २ जनाको स्वास्थ्य अवस्था

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकामध्ये उद्धार गरिएका दुई जनाको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ ।
भोटेकोशी बाढीमा बेपत्ताका बालबच्चा भन्छन्– ‘हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झारिदिनुस् न!’

भोटेकोशी बाढीमा बेपत्ताका बालबच्चा भन्छन्– ‘हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झारिदिनुस् न!’

गत मंगलबार, दिउँसो २ बजेको हुँदो हो । चञ्चली विक निकै अधैर्य र विह्वल देखिन्थिन् । उनका आँखामा गहिरो पीडा थियो । रूँदारूँदै थाकेकी जस्ती देखिने चञ्चलीको अनुहारले...