नेभिगेशन
मुख्य समाचार

पोखरामा फेला परे सिन्धुलीबाट हराएका १६ जनाको परिवार,घर छोड्नुको कारणबारे प्रहरीलाई यस्तो बयान

कास्की । सिन्धुलीबाट हराएका एकै परिवारका १६ जना पोखरामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार हराएका भनिएका सबै जना सकुशल भेटिएका छन् । कास्की प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेले हराएका भनिएका सिन्धुलीको गोलन्जर गाउँपालिका ६ भण्डा बिप्पर कटेरीका उर्मिला हायुका एकै परिवारका १६ जना नै गगनगौडा भन्ने स्थानमा भेटिएको सिधाकुरालाई बताए । उनीहरु शुक्रबार देखि बेपत्ता भएका  थिए।

‘उहाँहरु पोखरामा भेटिनु भएको छ । १६ जना नै सकुशल हुनुहुन्छ । गगनगौडाका दुई जना स्थानीयको घर भाडामा लिएर उहाँहरु सबै जना बस्नु भएको पाइयो’ सूचना अधिकारी पाण्डेले भने । 
प्रहरीले किन घर छोडेको भन्ने प्रश्नमा उनीहरूले विकटता र पहिरोका जोखिमका कारण शहर पसेको बताएको सूचना अधिकारी पाण्डेले बताए । 

CG

‘सिन्धुलीमा बिकटताका कारण पहिरोको जोखिम भयो, अस्पताल जान ६ घण्टा हिँड्नु पर्ने, केटाकेटीको पढाई पनि राम्रो भएन । घरमा पनि आगो लाग्यो,’ हायू परिवारको भनाई उदृत गर्दै प्रहरी निरीक्षक पाण्डेले सिधाकुरासँग भने,‘छोराछोरीलाई पढाउन र मजदुरी गरेर सुगम स्थानमा बस्नका लागि गाउँ छोड्ने निर्णयमा पुग्यौँ ।’

चार दिन पहिले नै पोखरा छिरेका उनीहरु गगनगौडामा २ दिन देखि स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा भाडामा कोठा लिएर बसेको निरीक्षक पाण्डेले बताए । पौडेलको घरमा ३ वटा कोठा लिएर १२ जना र भण्डारीको घरमा २ ओटा कोठा लिएर ४ जना बसेको उनले बताए ।

श्रम गर्न भन्दै शहर पसेर भाडामा बसेको भने पछि प्रहरीले उनीहरूलाई सोही घरमा छोडेको र असुरक्षाको अवस्था भए बताउन भनेको कास्की प्रहरीले जनाएको छ । स्थानीय प्रहरी युनिटलाई पनि उनीहरूको रेखदेखका लागि निर्देशन दिइएको कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सूनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ३ लाख ९ हजार पुग्यो

सूनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ३ लाख ९ हजार पुग्यो

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला  हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ पुगेको हाे ।
देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौँको आकाश धुम्म

देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौँको आकाश धुम्म

दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा...
मौसम बदलीः यी जिल्लामा भए वर्षा र हिमपात

मौसम बदलीः यी जिल्लामा भए वर्षा र हिमपात

विभागका अनुसार बागलुङ, म्याग्दी, रुकुमपूर्व, रोल्पा, दाङ बाँके, बर्दिया, सुर्खेत, गुल्मीलगायत जिल्लामा पनि हल्का वर्षा र हिमपात भएको छ ।
डोल्पाको काइगाउँमा भारी हिमपात, जनजीवन प्रभावित

डोल्पाको काइगाउँमा भारी हिमपात, जनजीवन प्रभावित

लगातार परेको हिमपातका कारण स्थानीय बासिन्दाहरू घरभित्रै बस्न बाध्य भएका छन्। चिसो अत्यधिक बढेसँगै दैनिक जनजीवन समेत प्रभावित भएको स्थानीयले बताएका छन्।