नेभिगेशन
समाज

माओवादी आन्दोलन किन प्रतिरक्षात्मक भएको छ ?

जनयुद्ध बिसाएर मुलधारको राजनीति माओवादी आन्दोलन प्रवेश  गरेको झण्डै २० वर्षमा माओवादी आन्दोलन प्रतिरक्षात्मक  भएको भनी चर्चा र बहश हुन थालेको छ ।

नेपालमा संचालित १० वर्षे माओवादी जनयुद्ध एउटा सामान्य घटनाक्रम मात्र थिएन । यो त एउटा ऐतीहासिक अवधि थियो । जनयुद्धले नेपाली समाजमा विद्यामान राजनीतिक, सामाजिक, आर्थिक र साँस्कृतिक रुपमा सदियौ देखी  कायम सामन्ती अहंकारवादी बिचार तथा राज्यसता बिरुद्ध विद्रोह बोलेको थियो । यो अवधी नेपाली समाजमा असाध्यै ऐतीहासीक र उथलपुथलकारी अवधि रह्यो जसले नेपाली समाजलाई नयाँ दिशा प्रदान गर्यो ।

नेपालको इतीहासमा मात्र नभएर नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा सबैभन्दा बढी उथलपुथलकारी र परीर्वतनको पक्षमा आम शोषित पिडित जनताको पक्षमा मृत्युपत्रमा दस्तखत गर्दै हजारौ हजार मान्छेहरु बिद्रोहको हुंकार गर्दै जनयुद्धमा लामवद्ध भएका थिए ।

त्यस जनयूद्धले उठाएको मुद्दाहरु पूर्णरूपमा पुरा नभए पनि केही राजनीतिक उपलव्धिहरु कार्यन्वयनको क्रममा छन् । बेथिति, भ्रष्टाचार र कुशासनको दलदलको जालोमा रहेको नेपाली समाजलाई, समून्नत, सुशासित,समतामूलक समाज निर्माण वा शोषित पिडित श्रमजिवी जनताको मुक्तिको लागि थालिएको जनयुद्ध एउटा महान अभियान थियो ।  तर,जनयुद्ध बिसाएर मुलधारको राजनीति माओवादी आन्दोलन प्रवेश  गरेको झण्डै २० वर्षमा माओवादी आन्दोलन प्रतिरक्षात्मक  भएको भनी चर्चा र बहश हुन थालेको छ । 

यस आलेखमा माओवादी पार्टी सँरचना आन्दोलनको निरन्तरता, नयाँ विश्व परिवेश तथा युग, पारदर्शी विकासको बाारेमा किन खरो तरिकाले बहस गर्न उद्घत देखन्न र माओवादी आन्दोलनको बहश किन प्रतिरक्षात्मक देखिन्छ भन्नेबारे टिप्पणी गर्ने जमर्को गरिएको छ ।

prachanda-3-1753954875.jpg
अहिले माओवादी जनयुद्ध र आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै सामाजिक आन्दोलनलाई नयाँ शिरावाट अगाडि वढाउनु पर्ने देखिन्छ । त्यसका लागि सर्व प्रथमतः माओवादी सँरचनामा देखीएको केही नकारात्मक प्रवृत्तिहरुको बारेमा छलफल गर्नु पर्ने हुन्छ  ।

खास गरी शान्ति प्रकृयामा आएपछि माओवादी सँरचनाको नेतृत्व तहमा देखिएका बैचारिक तथा आर्थिक बिचलन र चलखेल, नव धनाड्य वर्गको पार्टीमा उदय, कार्यदिशामा अकर्मण्यतावाद, चरम सत्तालिप्सा र अति आत्मकेन्द्रित व्यक्तिवाद, परिवारवाद आदि आदिले गर्दा अहिले आन्दोलनका उपलव्धिहरुमा हिलो छ्याप्ने प्रयासहरु भैरहेको छ वा बढेको छ । यि सबै कारणहरुले   प्रश्नहरु  अरो  भएर पार्टीमाथि उब्जिरहेको छ ।

जतिबेला आन्दोलन कमजोर हुन्छ तब तब गम्भिर आत्मसमिक्षाको खाँचोको बारेमा बहस हुन्छ र त्यस्ता बहशहरु मार्फत नयाँ क्रान्तिकारी शव्दहरुको आविस्कार गरिन्छ अनि रुपान्तरणको हवाला दिँदै कार्यकताहरुलाई उत्साहित बनाउने कोशिस गरिन्छ । तर,चुरोमा बास्तविक समस्याको जडमा पुगेको पाइन्न ।  क्रान्तिकारीहरुको लागि बाहिरबाट हुने आक्रमण भन्दा भित्रबाट हुने आक्रमण बढी खतरनाक हुन्छ । यहाँ  पहिले  पार्टी भित्रबाटै भएको प्रहारबारे चर्चा गरौँ ।

माओबादी आन्दोलन र पार्टी भित्रको प्रहार 

माओवादी आन्दोलन जुन जगमा जन्मियो र हुर्कियो । त्यही जगलाई छोडर पार्टी र नेतृत्व अघि बढेपछि चरम निराशा बढेर गयो । यो शिलशिलामा माओवादी भित्रको पार्टी भित्रको प्रहारलाई यहाँ चर्चा गरौँ ।

१) सबैभन्दा महत्वपूर्ण प्रहार माओबादी आन्दोलनमा भएको विखण्डन हो जुन राजनितिक भन्दा पनि ब्यक्तिगत महत्वकांक्षा र चरम सत्ता स्वार्थबाट भएको छ । 

२) माओवादीमा दखिएको वैचारिक तथा आर्थिक विचलन र चलखेल जसमा हिजो जनता, आम कार्यकर्ता र संघर्षशिल योद्धाहरुमा निर्भर भएर संगठन र नेतृत्व बनेको  थियो । तर, आज तिनै नेतृत्व जनता, आम कार्यकर्ता र संघर्षशिल योद्धाहरुबाट आफूलाई असुरक्षित महशुस गरीरहेको छ । जसमा पार्टी पंक्तिको हिम–चिम, उठ–बस, छलफलहरू जनताबाट पर पुगेर दलाल, भ्रष्ट, आर्थिक रुपमा सम्पन्न, खुफिया ऐजेन्सीसंग हुन  पुग्यो । यस्तै कारणहरुले उनीहरु श्रमिक वर्ग भन्दा गैरश्रमिक वर्गप्रति बढी विश्वस्त भए ।  

३) पार्टीमा देखिएको बैचारिक छलफल भन्दा पनि बहुबल र आर्थिक श्रोतको भरमा संगठन कब्जा गर्न खोज्ने प्रवृति माओवादीमा हाबी भयो ।   

४) पार्टी भित्र द्धन्द्धवादलाई सही ढङगले प्रयोग हुन नदिने र निषेधात्मक तरिकाले चल्ने प्रवृती बढ्नु । यसले पारदर्शिता भन्दा पनि छलछाम गर्ने, नेतृत्वको चाकडी र तल्लो स्तरको कार्यकर्ता र जनतामाथि नोकरसाही व्यवहार गर्ने  । 

५) जुझारु संघर्ष भन्दा पनि चाकडी, पैसा र बलको भरमा पार्टीमा नेता बनिन्छ भन्ने मानसिकता जव्बर बन्दै जानु ।

६) ईमान्दारलाई पाखा लगाई विगतमा बदमासी गरेका, संघर्षमा कुनै सहभागी नभएका ब्यक्तिलाई काखि च्याप्ने र लाभका पदमा उनीहरुलाई नियुक्ति गर्ने प्रवृत्रि देखिनु । 

७) पार्टीभित्र वैचारीक दुईलाईन संघर्षभन्दा पनि नेताहरुका आ–आफ्नो स्वार्थ केन्द्रित गुटबन्दी र विचार भन्दा पैसा र बाहूबलको आधारमा  नेतृत्वलाई प्रभावित पार्नु र बैचारिक रुपमा दुई लाइन संघर्षमा बहसमा आएका कार्यकर्तालाई जहाँ जो वलियो छ त्यसले नामेट पार्ने खालको क्रियाकलाप हुनु ।

८) नेताको चाकडी र चापलुसी र आशिर्वादले मात्र नेता भइन्छ भन्ने मनोवृत्तिको हाबी र परिणमामा त्यस्तै देखिनु पनि  एक  कारण रह्यो ।

(९) नेताहरुमा चरम परिवारबाद, नातावाद, कृपावाद हावि भयो । 

(१०) सहिद परिवार, बेपत्ता, योद्धा परिवारप्रतिको वेवास्ता, इमान्दारीता र संघर्षशिल कार्यकर्ताप्रतिको सत्तासिन नेतृत्व पंक्तिबाट अवहेलना एवं अपमानित व्यवहार ।

(११) सादा जीवन उच्च विचार भन्दा पनि हाईफाई जीवन शुन्यविचार प्रधान हुनु र त्यसले पार्टि कव्जा गर्ने सम्भावना बढदै गयो । 

१२) पार्टीमा मजदुर, किसान वर्ग भन्दा पनि सभ्रान्त वर्गिय जीवनशैली अपनाउनु र खासगरी मजदुर वर्गका नेताहरुनै अहिले मालिक बनेको अवस्था र मजदुर नै मालिकहरुको मोर्चा वन्ने अवस्था सृजना आदि जस्ता पार्टीपंक्ति भित्रका विसंगतिहरुले जनयुद्धको मूल मर्ममाथि प्रहार गरेको छ । 

prachanda-1-1753954873.jpg
बाह्या प्रहार

माओवादी आफैले  गरेको कमजोरीका कारण आन्दोलनका विरोधिहरुले यी कमिकमजोरीहरुलाई वढाईचढाई गरेर पार्टीबाट जनतालाई टाढा हुने अवस्था सिर्जना गर्न सफपल   हुँदै  गएका छन । उत्पिडित वर्ग र जनतालाई  भ्रामक प्रचार प्रसार गरी वितृष्ण पैदा गर्ने वातावरण हुनु र पार्टी पंक्ति र परिवारले त्यस्तै खाले भ्रमलाई पुष्टि गर्ने खालका व्यवहार प्रदर्शन गर्नु आफैमा दुखद  छ ।

विरोधीहरुले त्यसलाई नै वढाई चढाई गरी आम कार्यकर्ताहरुलाई निरासा पार्ने र त्यसलाई आधार बनाएर आन्दोलन माथि प्रहार गर्ने प्रयासहरु र पार्टीले त्यसलाई प्रष्ट पार्न मूर्त योजना वनाएर जाने प्रयासमा कमी देखिएको छ । 

चाकडी बिना टिक्न नसक्ने बन्यो माओवादी पार्टी

पार्टी पंक्तिले गुमाएको विश्वासलाई कसरी पुनः प्राप्ती गर्न सकिन्छ भन्ने बहस  गर्न अब ढिलाई गर्नुु हुन्न । त्यसैले अब भाषणमा मात्र हैन व्यवहारमा नै आफ्नो टाउकामा आफैले आगो लगाउदै अगाडी बढनु शिवाय अर्को कुनै उपाय छैन । 

अहिले पार्टी पंक्तिमा खडा भएका यावत प्रश्नहरुको सटिक उत्तर खोज्न जरुरी छ । त्यसैले एउटा निश्चित विधि र निति बनाएर व्यापक र निर्मम आलोचनात्मक छलफलले मात्र क्रान्तिकारि एकता सम्भव छ । अहिले माओवादी आन्दोलन भित्रका वैचारिक अन्तरविरोध भन्दा पनि सत्ताकेन्द्रित र श्रोत केन्द्रित छन र पार्टीहरुमा माक्र्सवादी द्धन्द्धात्मक भौतिकवादी दृष्टिकोण कमजोर भएको छ । 

prachanda-2-1753954874.jpg
त्यस कारण पार्टी पंक्ति नै गलत प्रवृत्रि र संस्कृतिको श्रोत तथा प्रश्रयको रुपमा र वरिपरि छ । यही जटिलताको कारणले खुल्ला र पारदर्शी तरिकाले अन्तर संघर्षलाई  परिचालन गरी हल गर्न प्रमुख नेताहरु नै चाहन्नन् । 
अहिले माक्र्सवादी विधि पार्टी पंक्तिको लागि असान्दर्भिक भएको छ ।  किनकी त्यसले आलोचनात्मक चेतनाको विकास गराउंछ र नेताहरुको पनि आलोचना हुँदा गलत धन्दा र प्रवृत्तिको पर्दाफास हुने हुनाले त्यसरी जानको लागी अरूची गरिन्छ ।  

जसले त्यस चेतनाले आफुलाई प्रस्तुत गर्न खोज्दछ उसलाई त्यस पार्टीहरुमा कुनै स्थान हुन्न । बिना चाकडी माओवादी पार्टीमा टिक्न अब असम्भव भएको छ ।  

आन्दोलन र नेतृत्वले गुमाएको विश्वास कसरी पुनः प्राप्ती गर्ने ? 

अहिले विभिन्न चिराहरुमा विभक्त भएको माओवादी आन्दोलनलाई कसरी अगाडी वढाउने यो प्रमुख प्रश्न हो । सबै चिराहरुमा आन्दोलनप्रतिको चिन्ता र चिन्तन भन्दा पनि व्यक्तिगत स्वार्थ, सत्ता लिप्सा, पद/प्रतिष्ठा, पैसामा बिक्रि भैरहेको आन्दोलन त्यतिकै गफ गरेको र चिन्ता गरेको भरमा एकत्रित हुन्न ।  

अहिले आफु आंफै माथि निर्मम भएर त्यागको लागी तयार नहुने हो भने भोली यो भन्दा पनि खराव स्थिति आउने प्रवल सम्भावना छ । पटक पटक त्यागको निर्णयहरु भएका छन तर कार्यन्वयन नहुँदा नेतृत्व प्रतिको अविश्वास आम कार्यकर्ता र जनतामा प्रवल छ । त्यसलाई हटाउन विगतका निर्णयहरु कायान्वयन गरेरै नदेखाएसम्म हुनेवाला छैन ।  

त्यसको लागी अवको शुरुआत पार्टीको नेत्रित्व पंक्तिबाटनै शुरु गर्नु पर्दछ त्यसपछि तलसम्म जानु पर्दछ त्यसले मात्र आन्दोलनलाई एकत्रित गर्न सक्छ ।  

हिजो अन्तर्संघर्ष परिचालन गर्दा जस्ता राजनितिक आरोपका बिल्ला अन्यलाई लगाइन्थ्यो ती बिल्लाहरु जस्तैः वैचारिक विचलन, अकर्मण्यतावादी, आत्मकेन्द्रित व्यक्तिवादी, चरम सक्ता लिप्सा, नातावाद,  आर्थिक अराजकता, अवसरवादी, उपयोगितावादी, परष्त आज आफै वरिपरी फर्किएको छ र यी गम्भिर खालका प्रवृक्ति सतहमा सबै तहका पार्टी पंक्तिमा प्रष्ट रुपमा आम जनताले  थाहा पाउने गरी देखिएका छन । सोपानक्रम अनुसार त्यस्ता प्रवृत्तिहरु हैसियत अनुसार सबै तहमा छ । 

सत्तामै बसेर अलमलियौँ 

केही यस्ता एजेण्डाहरू थोरै रूपमा भए पनि लागु गर्ने ठांउमा हामी छौ तर प्रयोगमा हामी (खासगरी स्थानीय तहमा) अलमललमा अल्झिएका छौ वा क्षमता पुगेन वा नियतमा केही खराबी छ । माओवादी पार्टीले चार पटक सरकारको नेतृत्व गर्यो (बाबुराम भट्टराइको पालामा समेत) र वृहद शान्ति वार्ता पछि १७ वर्षमा १४ वर्ष पार्टी कुनै न कुनै रूपमा पार्टि सरकारमा छ ।

र अहिलेकै नेतृत्व पंक्तिवाट आलोपालो मन्त्री भएका थिए तर परिणाम के पाइयो जनताले त्यहि खोजेको छ । अहिले मान्छेहरु परिणाममा खोजिरहेका छन् । आम रूपमा जनता र कार्यकर्ताहरूको चासो र जिज्ञासा के हो भने माओवादी  आन्दोलनले के के  परिणाम ल्यायो त भन्ने नै  हो । 

केन्द्र सरकार तथा तत तत सत्ताको वाघडोर सम्हाल्न सिमित नेताहरूमा मात्र केन्द्रित हुने कति सम्म भने को कतिपटक मन्त्रि वन्ने वा सत्ता कैन्द्रित आलो पालो जस्तो र अर्को ठूलो पंक्ति सधै गोठाला जस्ता हुन भन्ने मनोवृत्रि वा आफु बाहेक कोही पनि सत्ता वा श्रोत परिचालन गर्ने ठांउमा हुन हुन्न भन्ने प्रवृत्तिअसाध्यै हाबि भएको परिणाममा देखिन्छ ।

अर्को कुरा युद्धकालिन र जनयुद्ध भन्दा पछिका कार्यकर्तालाई बुझ्ने समस्या । युद्धकालिन कार्यकर्ताहरूको  त्याग, तपस्या, बलिदानमा आधारित भएर बनेको यो पार्टिमा आफु अपमानित तथा योगदानको उचित मुल्यांकन नभएको भन्दे ठूलो पंक्ति निरास हुदै जाने परिवेश बन्दै  गएको छ ।   

त्यही पंक्तिको नेतृत्वको हिस्सा सत्ता तथा सरकारमा हुदा पनि उचित सम्मान तथा व्यवस्थापन नहुनु, निपुर्णताका नाममा वर्ग संघर्षमा गरेको योगदानको उचित मुल्यांक नभएको पाइन्छ र उनीहरूमा माओवादी पार्टी अब आफ्नो पार्टी नरहेको हो कि भन्ने आभास पाइन्छ । पार्टी सभ्रान्त वर्गको भएको अनुभुति नेताहरू र उनिहरूको परिवारको जिवनशैलीले प्रष्ट रूपमा देखिन्छ ।  

अर्कोतिर जनयुद्ध पछि वा एकतामा आएकाहरूमा पनि कतै जनयुद्धमा नै नलागेकोले आफु अन्यायमा त परिदैन भन्ने त्रास पाइन्छ । सत्ताको नेतृत्व गरिसकेपछि भिषण संघर्षवाट गुज्रिएर आएको कार्यकर्तांप्रति एउटा खराव दृष्टिकोण सवैमा प्रवल छ । 

व्यवहारतः अनुभूत हुन्छ के भने जनयुद्धमा गएकाहरूसंग विकास तथा सत्ताको ज्ञान नै हून्न, उनिहरूको काम संघर्षमात्र हो र सत्ता संचालनमा नेतृत्व गरेको व्यक्तिले संघर्ष झेलेर आएकोहरूलाइ नजिकै ल्याउन नचाहेको व्यवहारतः देखिन्छ । 

त्यसैले उनीहरूलाइ ज्ञान तथा क्षमता विकास भन्दा पनि कता कता टाढै राख्ने प्रवृत्ति देखिन्छ । खास गरी विधिमा गएर भन्दा पनि व्यक्तिगत इगो, पक्षपातपूर्ण व्यवहार, उचित मुल्यांकन हुन नसक्नु, नातावाद कृपावाद, राशीको चलखेलमा समाधान खोजिनु खदापि उचित होईन ।  

अब फेरि माओवादी आन्दोलनको पुनर्संगठित गर्ने हो भने विचार र कार्यदिशामा प्रष्टता, संठन निर्माण र संचालनमा अनुशासित र पारदर्शिता, गलत प्रवृत्तिको विरुद्ध निर्मम संघर्ष, आर्थिक पारदर्शितालाई निमिट्यान्न पार्न जरुरी  छ  । पार्र्टी भित्र नेताहरुको सम्पत्ति र आयको श्रोत छानविन गर्न शक्तिशाली आयोग गठन गरी श्रोत छानबिन, उत्तरदायीत्ववोध सहितको जिम्बेवारीता, काममा आधारित मुल्यांकन, उपदेश दिनेहरुवाट आँफैले कार्यन्वययनको शुरुआत, खुल्ला र प्रष्ट बहश, नातावाद र कृपावादको अन्त्य, गुट र उपगुटको निर्मम चरिफार सहित अन्त्यको आवश्यकता छ ।

अन्त्यमा, बिना क्रान्तिकारी रुपान्तरण ओठे भक्तीको कुनै अर्थ हुन्न । आजको आवश्यकता भनेको रुपान्तरण सहितको एकत्रित एकता  हो । यो एकता वैचारिकबहसस सहितको, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको लागि हुनुपर्छ ।

तर यसको लागि संगठन परिचालनको पारदर्शी विधि, नेतृत्व निर्माण विकास र हस्तान्तरणको वैज्ञानिक विधि,माक्र्सवादलाई सम्वृद्ध वनाउन अध्ययन, अनुसन्धान र प्रयोगको वैज्ञानिक विधि, विज्ञान र प्रविधिको विकासलाई आत्मसाथ गर्दै  समकालिन विश्वको अन्तर्विरोधको अध्ययन, अनुसन्धान, युवापुस्तालाई आकर्शित गर्ने कार्यक्रम समावेश गरी नयाँ कार्यदिशाको विकास  गर्ने विधि आवश्यकता छ ।  

भ्रष्टाचारको विरूद्ध र सुशासनको पक्षको अभियानमालाई दर्होसँग पक्रदै, जनताको जनजिविकामा कायापलट हुने गरी माओवादिले जितेका स्थानीय तहका सरकारहरूले काम गर्नु पर्ने हुन्छ । माओवादीले जितेका स्थानीय तहहरुमा जनकेन्द्रित र जनसहभागितामा आधारीत भइ प्राकृतिक श्रोत परिचालन गरी सामाजिक न्याय सहितको समाज निर्माण गर्न सकिने प्रसस्त सम्भावनाहरूलाई भरपुर प्रयोग गर्ने गरी सापेक्षिक तथा एकिकृत योजना निर्माण गरी अगाडी जान सकेमा सकारात्मक परिणाम ल्याउन कसैले रोक्न सक्दैन ।

माओवादी  आन्दोलनका एक सक्रिया अभियान्ता शर्मा सिधाकुराका नियमित स्तम्भकार हुन् ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

माओवादी आन्दोलनका एक सक्रिय अभियन्ता शर्मा सिधाकुराका नियमित स्तम्भकार हुन् ।  

The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?

के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?

हाल खोप लगाउने तरिकामा केही परिवर्तन गरिएको छ । तर यो जानकारी सरकारी स्वास्थ संस्था वा अस्पतालमा बाहेक अरु ठाउँमा खासै पुगेको भने देखिँदैन । सन् २०१७ को...