नेभिगेशन
समाज

रवि लामिछाने शिक्षण अस्पतालमा भर्ना, देब्रे खुट्टामा चोट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन् ।  लामिछानेको देब्रे खुट्टामा समस्या देखिएपछि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएको लामिछानेको सचिवालयले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केहि दिन जनकपुरमा आयोजित सभामा सहभागी हुने क्रममा लामिछानेको खुट्टामा चोट लागेको थियो । सचिवालयका अनुसार लामिछानेको देब्रे खुट्टामा लागेको सामान्य चोटको संक्रमण छालाको भित्री तहमा फैलिएको छ । 
चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार यस प्रकारको संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखी उपचार गराउनु अनिवार्य भएको जनाएपछि लामिछानेलाई भर्ना गरिएको स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिए ।
 
अविनाशका अनुसार केहि दिनको उपचार पछि मात्रै लामिछाने सक्रिय हुने छन् । 

Ncell
Extreme Energy

उनले भने,'चोट आफैंमा गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै चिकित्सकहरूको सुझावअनुसार पूर्ण उपचार र स्वास्थ्य सुधारपछि मात्र उहाँ पुनः नियमित राजनीतिक तथा सांगठनिक अभियानमा फर्किनुहुन्छ ।' 
 
सचिवालयले अन्य बिरामीहरूको उपचार प्रक्रियामा असर  पर्न सक्ने  तथा अस्पताल प्रशासनलाई हुनसक्ने असहजतालाई मध्यनजर गर्दै भेटघाटका लागि अस्पताल नआईदिन समेत आग्रह गरेको छ । 
लामिछाने केहि दिन देखि सक्रिय नदेखिएपछि सामाजिक सञ्जालमा उनको खोजी भएको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।
जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

मापदन्डअनुसार आधारभूत तहमा लाभग्राहीलाई प्रचलित कानुनबमोजिम निःशुल्क शिक्षासँगै पोशाक तथा पाठ्य र सिकाइ सामग्रीका लागि कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि ८ सम्म नगदसहित स्थानीय...
प्रधानमन्त्री बालेन्द्र शाहलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेद्वारा बिदाइ

प्रधानमन्त्री बालेन्द्र शाहलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेद्वारा बिदाइ

संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिन मङ्गलबार अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री शाहलाई कार्यवाहक प्रधानमन्त्री वाग्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित प्रधानमन्त्रीको कार्यकक्षबाट बिदाइ गरेका हुन् ।