नेभिगेशन
समाज

काठमाडौँको बानेश्वर स्थित कात्यानी चोकमा खुल्यो ‘करेन्ट मार्ट’, यसोदा फुड्सका सम्पूर्ण उत्पादनहरू एकै छानामुनि

काठमाडौँ । नेपाली बजारमा ‘हट एण्ड स्पाइसी’ नुडल्स सेग्मेन्टमा आफ्नो बलियो पकड जमाउन सफल ‘करेन्ट नुडल्स’ को उत्पादक संस्था यसोदा फुड्सले आफ्नो रिटेल आउटलेट ‘करेन्ट मार्ट’ को दोस्रो शाखा काठमाडौँमा सञ्चालनमा ल्याएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भैरहवामा सञ्चालनमा रहेको पहिलो आउटलेटको सफलता र ग्राहकहरूको बढ्दो मागलाई मध्यनजर गर्दै काठमाडौँको बानेश्वरस्थित कात्यानी चोकमा नयाँ शाखा विस्तार गरेको कम्पनीले जनाएको छ । 
मार्टको उद्घाटन यसोदा फुड्सका डाइरेक्टर मधुसुदन घिमिरे तथा नेसनल सेल्स म्यानेजर युगराज पाण्डेले संयुक्त रूपमा रिबन काटेर गरेका थिए । साथै, डाइरेक्टर मधुसुदन घिमिरेले करेन्ट मार्टको बारेमा विस्तृत जानकारी समेत दिएका थिए । 

Ncell
Extreme Energy

उद्घाटन समारोहमा कम्पनीका एरिया सेल्स म्यानेजरहरू सोनी पुडासैनी, विमला खाति र सपना भुसाल लगायतले विशेष उपस्थिति जनाएका थिए । साथै, यस समारोहमा ग्राहक तथा शुभचिन्तकहरुको पनि उपस्थिति थियो ।

‘करेन्ट मार्ट’ मा उपभोक्ताहरूले यसोदा फुड्सद्वारा उत्पादित सम्पूर्ण रेन्जका उत्पादनहरू एकै छानामुनि प्राप्त गर्न सक्नेछन् । यहाँ करेन्ट ब्रान्डका नुडल्स (चाउचाउ), विभिन्न प्रकारका स्न्याक्स, चिज बल्स, स्टिक्स तथा पोट्याटो क्र्याकर्स उपलब्ध हुनेछन् । त्यसैगरि, चिया पारखीका लागि करेन्ट गोल्ड मसाला र सिटिसी चिया तथा बिभिन्न प्रकारका मसला (जिरा पाउडर, धन्या पाउडर, रातो खुर्सानी पाउडर) आदि पनि मार्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ । 

उद्घाटनका क्रममा बोल्दै यशोदा फुड्सका चेयरम्यान चुन्न प्रसाद पौडेलले भने, “भैरहवाका उपभोक्ताहरूले ‘करेन्ट मार्ट’ लाई देखाउनुभएको माया र विश्वासले हामीलाई राजधानीमा पनि सेवा विस्तार गर्न उत्साहित बनाएको छ । उपभोक्ताहरूले अब कात्यायनी चोकबाटै हाम्रा ताजा र गुणस्तरीय उत्पादनहरू सहज रूपमा खरिद गर्न सक्नुहुनेछ ।’

यसअघि कम्पनीले काठमाडौंको अनामनगर र शंखमुलमा ‘करेन्ट पोइन्ट’ मार्फत नुडल्स पारखीहरूलाई नयाँ स्वाद पस्किरहेको सन्दर्भमा, यो नयाँ ‘मार्ट’ ले पनि यशोदा फुड्सका प्याकेज्ड फुड खरिद गर्न चाहने ग्राहकहरूलाई विशेष सुविधा दिने विश्वास लिइएको छ । 

सन् २०१७ मा स्थापित यसोदा फुड्स प्रा. लि. नेपालको एक अग्रणी खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनी हो । कम्पनीले ‘करेन्ट’ ब्रान्ड अन्तर्गत विभिन्न प्रकारका पिरो तथा स्वादिष्ट चाउचाउहरू उत्पादन गर्दछ, जुन विशेषगरी युवापुस्तामाझ अत्यधिक लोकप्रिय छ । आफ्ना उत्पादनहरू नेपालभरी र विश्वका २२ भन्दा बढी देशहरूमा निर्यात गर्दै आएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

Hi-Res Audio प्रमाणपत्र, Sony LDAC सुविधा र Sony द्वारा समायोजन गरिएको ध्वनिसहित Aura ले सामान्यतया निकै महँगा अन्तर्राष्ट्रिय इयरबड्समा पाइने प्रविधिहरू नेपाली ब्रान्डमार्फत नेपाली उपभोक्तामाझ ल्याएको छ ।...
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...
सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

यस सहयोगले विपदबाट प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा थप सहयोग पुग्ने कम्पनीले विश्वास लिएको जनाएको छ । सफ्टी हाइजिनले विपद्को यस कठिन समयमा सामाजिक उत्तरदायित्वप्रतिको...
कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन २०८३ आयोजना गर्ने भएको छ।

भर्खरै