नेभिगेशन
समाज

गुप्ताको दाबी- प्रतिष्ठानमा रहँदा कुनै गल्ती गरेको छैन

काठमाडौँ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक उमेशकुमार गुप्ताले आफू प्रतिष्ठानमा रहँदा कुनै गल्ती नगरेको दाबी गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिधाकुरामा असोज १४ गते बुधबार 'सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रष्ठिानको कार्यकारी निर्देशकमा सिफारिस शीर्षक'मा प्रकाशित समाचारको खण्डन गर्दै उक्त समाचार सामग्रीमा आफ्नो ध्यानाकर्षण भएको बताएका हुन् । 

Ncell
Extreme Energy

गुप्ताले स्टार्टअप उद्यम कर्जा संचालन कार्यविधिमा व्यवस्था भए बमोजिम मूल्यांकन समितिले मूल्यांकन गरी नाम सिफारिस गर्दा कर्जा प्रवाह गर्ने बैंकले तीनपुस्ते जाँचगर्ने, स्थलगत निरीक्षण गर्ने तथा ब्ल्याकलिस्ट भए नभएको जाँच गरी मात्र बैंकद्वारा कर्जा प्रवाह हुने भएकाले कर्जा दुरूपयोगमा आफ्नो संलग्नता नरहेको बताएका छन् । 

त्यसैगरी आफू तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकालमा छनौटको सबै प्रक्रिया पूरा गरेर कार्यकारी निर्देशक नियुक्त भएको र २०८० मंसिरमा नियुक्त भई २०८३ वैशाखसम्म उत्कृष्ट काम गरेको समेत बताएका छन् । आफूले कर्जा दुरूपयोग गरेको विषयमा प्रतिष्ठानका कुनै कर्मचारीले मन्त्रालयमा निवेदन नदिएको समेत गुप्ताले दाबी गरेका छन् । 

पछिल्लो प्रक्रियामा पनि आफू विधिसम्मत नै सहभागी भएको र त्यसमा कोही कसैसँग निकटता नरहेको समेत गुप्ताले स्पष्ट पारेका छन् ।

*यसअघि प्रकाशित समाचारमा केही तथ्य फरक परेकाले सच्याइएको छ।- सम्पादक

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस

सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस

एउटै परिवारका श्रीमान्–श्रीमतीलाई फरक फरक स्टार्टप कर्जा दिएर छानबिनमा तानिएका तत्कालीन कार्यकारी निर्देशक उमेशकुमार गुप्तालाई नै फेरि १ नम्बरमा सिफारिस गरेपछि प्रक्रिया नै विवादित बनेको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

नयाँ दिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (CII) द्वारा आयोजित व्यापार तथा लगानी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा. वाग्लेले उक्त कुरा बताएका हुन् । कार्यक्रममा भारतीय...
ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध हुँदा उद्योगीले वैकल्पिक मार्गबाट ग्यास काठमाडौँमा ल्याएर बिक्री गरेका थिए । उपत्यकाबाहिरका उद्योगमा ग्यास भरेर ल्याउनु परेको भन्दै उद्योगीले प्रतिसिलिण्डर...
यशोदा फुड्स र श्रीराम टोबाकोद्वारा ३ करोड ५१ लाख ५१ हजार नगद र ३० लाख बराबरको चाउचाउ सहयोग

यशोदा फुड्स र श्रीराम टोबाकोद्वारा ३ करोड ५१ लाख ५१ हजार नगद र ३० लाख बराबरको चाउचाउ सहयोग

उक्त रकम बराबरको चेक ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्न प्रसाद शर्माले संयुक्त रूपमा नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका थिए ।