नेभिगेशन
समाज

तीन महिनामा मुद्रास्फीति ६.३७ प्रतिशत, विदेशी मुद्रा सञ्चिति ४१ खर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) ६.३७ प्रतिशत पुगेको छ। यस अवधिमा विदेशी मुद्रा सञ्चिति ४१ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार असोज मसान्तसम्मको विदेशी मुद्रा सञ्चिति अमेरिकी डलरमा २७ अर्ब ३९ करोड पुगेको छ। उक्त सञ्चितिले १७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ।

Marvel
Extreme Energy

समीक्षा अवधिमा चालु खाता २ खर्ब ७९ अर्ब ११ करोड रुपैयाँ र शोधनान्तर स्थिति ३ खर्ब ३ अर्ब ७९ करोड रुपैयाँ बचतमा रहेको छ। विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २७.२ प्रतिशत र अमेरिकी डलरमा १६.७ प्रतिशतले बढेको छ। असोज महिनामा मात्रै २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ।

यस अवधिमा निर्यात ५७ प्रतिशतले र आयात ३८.२ प्रतिशतले बढेको छ। नेपाल सरकारको कुल खर्च ३ खर्ब ९६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ भने राजस्व परिचालन २ खर्ब ९८ अर्ब ६१ करोड रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विस्तृत मुद्राप्रदाय ४.४ प्रतिशतले बढेको छ। वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदायको वृद्धि १४.८ प्रतिशत रहेको छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन २.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.१ प्रतिशतले बढेको छ। वार्षिक विन्दुगत आधारमा निक्षेप १३.७ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ८.३ प्रतिशतले बढेको छ।

बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत र ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर १.०१ प्रतिशत रहेको छ।

त्यस्तै, वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.०७ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.३१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दशौँ राष्ट्रिय खेलकुदमा रजत र कास्य विजेतालाई पनि नगद पुरस्कार

दशौँ राष्ट्रिय खेलकुदमा रजत र कास्य विजेतालाई पनि नगद पुरस्कार

दशौँ राष्ट्रिय खेलकुदमा रजत र कास्य पदक विजेताले पनि पहिलोपटक नगद पुरस्कार पाउने भएका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पदक विजेतालाई प्रोत्साहन गर्न पुरस्कारको व्यवस्था विस्तार गरेको हो।
मलेसिया ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी

मलेसिया ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी

मलेसियामा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकमाथि भएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
सुक्खायामका लागि भारतबाट १५० मेगावाट बिजुली किन्न बोलपत्र आह्वान गरिने

सुक्खायामका लागि भारतबाट १५० मेगावाट बिजुली किन्न बोलपत्र आह्वान गरिने

आगामी सुक्खायाममा विद्युत् आपूर्ति व्यवस्थापन सहज बनाउन नेपाल विद्युत् प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत् खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने तयारी गरेको छ।