नेभिगेशन
समाज

राष्ट्रिय भेलाको निर्णय सशक्त ढंगले कार्यान्वयन गर्ने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमालको केन्द्रीय कमिटी बैठकले राष्ट्रिय भेलाबाट अनुमोदन भएको आगामी कार्यभार र  सङ्कल्पलाई सशक्त ढङ्गले कार्यान्वयन गराउने निर्णय गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय भेला लगत्तै काठमाडौंमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले भेलाबाट अनुमोदन भएको मुख्य दुई कार्यभार र १५ कामहरुलाई केन्द्रीय कमिटीका सदस्यहरू मार्फत प्रभावकारी तथा सशक्त ढङ्गले कार्यान्वयन गराउने निर्णय गरेको एमाले सचिव महेश बस्नेतले जानकारी दिए ।

Marvel
Extreme Energy

बैठकले मङ्सिर २६ गते आयोजना हुने वडा अधिवेशन र पुस ४ गते तय भएको पालिका तहको अधिवेशनलाई व्यवस्थित गरेर सकेसम्म सर्वसम्मत ढङ्गले र सर्वसम्मत नभए लोकतान्त्रिक प्रक्रिया पूरा गरेर सम्पन्न गर्न निर्देशन दिइएको बस्नेतले बताए । 

त्यसअघि बिहीबार नै सम्पन्न राष्ट्रिय भेलाले आगामी स्थानीय, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको पूर्वतयारीका साथै आवश्यक परे आन्दोलनको तयारी गर्ने सहितको २१ बुँदे समसामयिक विशेष प्रस्ताव र सङ्कल्प पारित गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमालेको राष्ट्रिय भेला सम्पन्नः २१ बुँदे विशेष प्रस्ताव र सङ्कल्प पारित

एमालेको राष्ट्रिय भेला सम्पन्नः २१ बुँदे विशेष प्रस्ताव र सङ्कल्प पारित

दुईदिने भेलाले आगामी स्थानीय, प्रदेश र राष्ट्रियसभा निर्वाचनको पूर्वतयारी गर्ने तथा आवश्यक परे राष्ट्रिय स्वाधीनताको रक्षा र लोकतान्त्रिक प्रक्रियाको पुनर्बहालीका लागि आन्दोलनको तयारी गर्ने निर्णय पनि गरेको छ...
मधेस प्रदेशमा सरकार गठनको समयसीमा सकिन एक दिन बाँकी, दलहरुबीच अझै जुटेन सहमति

मधेस प्रदेशमा सरकार गठनको समयसीमा सकिन एक दिन बाँकी, दलहरुबीच अझै जुटेन सहमति

कुनै पनि दलसँग एकल सरकार गठन गर्न आवश्यक बहुमत नरहेकाले तीनदेखि चार दलबीचको सहकार्यबाट मात्रै नयाँ सरकार गठन हुने अवस्था छ । तर, सरकार गठनका लागि गठबन्धन बनाउने...
नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृतविरुद्ध आरोपपत्र दायर

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृतविरुद्ध आरोपपत्र दायर

आयोगले अनुसन्धान अधिकृत चौधरीले चौधरीले सेवामा रहँदा बढुवा तथा पदस्थापनको प्रयोजनका लागि भारतको विहार इन्टरमिडिएट एजुकेसन काउन्सिलबाट जारी भएको देखिने प्रवीणता प्रमाणपत्र तह (आईए) को लब्धाङ्कपत्र, अस्थायी प्रमाण्पत्र...