नेभिगेशन
समाज

सुक्खायामका लागि भारतबाट १५० मेगावाट बिजुली किन्न बोलपत्र आह्वान गरिने

काठमाडौं । आगामी सुक्खायाममा विद्युत् आपूर्ति व्यवस्थापन सहज बनाउन नेपाल विद्युत् प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत् खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने तयारी गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्राधिकरणले सन् २०२७ जनवरीदेखि मेसम्म चौबिसै घण्टा विद्युत् आपूर्ति हुने गरी (आरटीसी) प्रतिस्पर्धात्मक दरमा विद्युत् खरिद गर्न लागेको हो। यसका लागि भारतीय विद्युत् व्यापारिक कम्पनीसँग प्रस्ताव माग्ने तयारी छ।

Marvel
Extreme Energy

प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार १५० मेगावाट विद्युत् आरटीसी मोडमा खरिद गर्ने प्रस्ताव अघि बढाइएको छ। पछिल्ला दुई–तीन वर्षदेखि सुक्खायाममा आन्तरिक उत्पादनले माग धान्न नसक्दा भारतको विद्युत् पावर एक्सचेन्जबाट डे अहेड र रियल टाइम मार्केटमार्फत बिजुली खरिद हुँदै आएको छ।

यस वर्ष भोटेकोशी नदीमा आएको हिमबाढीले निर्माणाधीन तथा सञ्चालनमा रहेका विद्युत् आयोजनामा क्षति पुर्‍याउँदा करिब ४३० मेगावाट उत्पादन प्रणालीबाट बाहिरिएको छ। यसले आगामी सुक्खायाममा विद्युत् आपूर्ति व्यवस्थापन थप चुनौतीपूर्ण बनाएको छ।

प्राधिकरणको विद्युत् व्यापार विश्लेषण समितिले गत भदौ २५ गते जनवरीदेखि मेसम्म १५० मेगावाट विद्युत् आरटीसी मोडमा खरिद गर्न व्यवस्थापनलाई सिफारिस गरेको थियो। समितिले आवश्यकताअनुसार भारतीय पावर एक्सचेन्जबाट थप विद्युत् खरिद गर्न तथा अप्रिल र मेमा माग बढ्ने भएकाले बजारको अवस्था हेरेर थप खरिदको निर्णय लिन सुझाव दिएको थियो।

आगामी सुक्खायामसम्म राष्ट्रिय विद्युत् प्रणालीमा करिब ३०० मेगावाट क्षमताका नयाँ आयोजना जोडिने अपेक्षा गरिएको छ। तर नदीमा पानीको बहाव घट्दा ती आयोजनाबाट करिब ९० मेगावाट मात्रै विद्युत् उत्पादन हुने अनुमान छ। त्यसैले आन्तरिक उत्पादनले माग धान्न कठिन हुने प्राधिकरणको आकलन छ।

यसअघि प्राधिकरणले १५० मेगावाट विद्युत् खरिदका लागि भारतका तीन कम्पनीसँग दर प्रस्ताव मागेको थियो। एनटीपीसी ट्रेडिङ कर्पोरेसन लिमिटेडले प्रतियुनिट ६ रुपैयाँ ९० पैसा, मनिकरण इनर्जी लिमिटेडले ८ रुपैयाँ ५० पैसा र एसजेभीएन लिमिटेडले ९ रुपैयाँ प्रस्ताव गरेका थिए।

सबैभन्दा कम दर प्रस्ताव गरेको एनटीपीसी ट्रेडिङ कर्पोरेसनलाई प्राधिकरण सञ्चालक समितिको निर्णयअनुसार असोज १६ गते आशयपत्र जारी गरिएको थियो। तर, असोज २९ गते विद्युत् खरिद सम्झौताका लागि बोलाउँदा कम्पनीले भोलिपल्ट पत्र पठाउँदै प्रस्तावित दरमा सम्झौता गर्न नसक्ने जनाएको थियो।

कम्पनीले भूराजनीतिक अनिश्चितता, कोइला तथा अन्य इन्धनको मूल्यवृद्धि, विश्वव्यापी मौसम परिवर्तन, एल निनो प्रभाव र भारतभित्रै विद्युत् माग बढेको कारण देखाउँदै प्रस्तावित दर पुनरावलोकन गर्नुपर्ने जनाएको थियो।

यसैबीच, भारतीय विद्युत् बजारको डे अहेड मार्केटमा गत असोजको औसत बजार समायोजन मूल्य प्रतियुनिट नेपाली ११ रुपैयाँ ७४ पैसा अर्थात् भारतीय ७ रुपैयाँ ३४ पैसा पुगेको थियो। बजार मूल्य बढेकाले पुरानो प्रस्तावित दरमा सम्झौता हुन नसकेको प्राधिकरणको भनाइ छ।

पुरानो प्रस्तावमा सम्झौता हुन नसकेपछि प्राधिकरणले नयाँ प्रतिस्पर्धात्मक प्रक्रिया अघि बढाउन लागेको हो। अन्तर्राष्ट्रिय बोलपत्रमार्फत भारतीय विद्युत् व्यापारिक कम्पनीबाट प्रस्ताव माग गरी प्रतिस्पर्धी दरमा बिजुली खरिद गर्ने योजना बनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दशौँ राष्ट्रिय खेलकुदमा रजत र कास्य विजेतालाई पनि नगद पुरस्कार

दशौँ राष्ट्रिय खेलकुदमा रजत र कास्य विजेतालाई पनि नगद पुरस्कार

दशौँ राष्ट्रिय खेलकुदमा रजत र कास्य पदक विजेताले पनि पहिलोपटक नगद पुरस्कार पाउने भएका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पदक विजेतालाई प्रोत्साहन गर्न पुरस्कारको व्यवस्था विस्तार गरेको हो।
तीन महिनामा मुद्रास्फीति ६.३७ प्रतिशत, विदेशी मुद्रा सञ्चिति ४१ खर्ब

तीन महिनामा मुद्रास्फीति ६.३७ प्रतिशत, विदेशी मुद्रा सञ्चिति ४१ खर्ब

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) ६.३७ प्रतिशत पुगेको छ। यस अवधिमा विदेशी मुद्रा सञ्चिति ४१ खर्ब १४ अर्ब रुपैयाँ पुगेको...
मलेसिया ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी

मलेसिया ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी

मलेसियामा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकमाथि भएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।