नेभिगेशन
समाज

लगातार तेस्रो पटक फाइनलमा सुदूरपश्चिम, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिमले फाइनलमा लुम्बिनीसँगको भेट पक्का गरेको हो।

Marvel
Extreme Energy

चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो। सुदूरपश्चिमको जितमा थारिन्दु रथ्नायकेले ४२ बलमा ५३ रन बनाए। उनले अर्धशतकीय पारी खेल्दै टोलीलाई जितसम्म पुर्‍याउन महत्वपूर्ण योगदान गरे। चितवनका डेभिड मलानले भने पहिलो इनिङ्समा ७१ रन बनाएका थिए।

योसँगै सुदूरपश्चिम लगातार तेस्रो पटक एनपीएलको फाइनलमा पुगेको छ। यसअघि पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको सुदूरपश्चिम दोस्रो संस्करणमा पनि फाइनल पुगेको थियो। तर, त्यतिबेला लुम्बिनी लायन्ससँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो।

यसपटक पनि उपाधिका लागि सुदूरपश्चिमले लुम्बिनीकै सामना गर्नुपर्ने भएको छ। लगातार दोस्रो पटक यी दुई टोलीबीच फाइनल हुन लागेको हो।

लिग चरणमा लुम्बिनी ११ अंकसहित शीर्ष स्थानमा रहँदा सुदूरपश्चिम १० अंकसहित दोस्रो भएको थियो। पहिलो क्वालिफायरमा पनि यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गर्दै सीधै फाइनलमा स्थान बनाएको थियो।

दोस्रो क्वालिफायरमा चितवनलाई हराएपछि सुदूरपश्चिमले उपाधि जित्ने अर्को अवसर पाएको हो।

यस सिजन लिग चरण र पहिलो क्वालिफायरसहित लुम्बिनी र सुदूरपश्चिम दुई पटक आमनेसामने भएका छन्। दुवै खेलमा लुम्बिनी विजयी भएको छ। अब फाइनलमा यी दुई टोली तेस्रो पटक भिड्नेछन्।

यसपटक सुदूरपश्चिमसँग अघिल्ला दुई हारको बदला लिँदै पहिलो एनपीएल उपाधि जित्ने अवसर छ भने लुम्बिनी लगातार दोस्रो पटक च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अस्ट्रेलियामा बेरोजगारी दर पाँच वर्षयताकै उच्च, ४.९ प्रतिशत पुग्यो

अस्ट्रेलियामा बेरोजगारी दर पाँच वर्षयताकै उच्च, ४.९ प्रतिशत पुग्यो

अस्ट्रेलियामा बेरोजगारी दर पाँच वर्षयताकै उच्च बिन्दुमा पुगेको छ। सन् २०२६ अक्टोबरमा बेरोजगारी दर बढेर ४.९ प्रतिशत पुगेको बिहीबार सार्वजनिक सरकारी तथ्यांकले देखाएको छ।
दशौँ राष्ट्रिय खेलकुदमा रजत र कास्य विजेतालाई पनि नगद पुरस्कार

दशौँ राष्ट्रिय खेलकुदमा रजत र कास्य विजेतालाई पनि नगद पुरस्कार

दशौँ राष्ट्रिय खेलकुदमा रजत र कास्य पदक विजेताले पनि पहिलोपटक नगद पुरस्कार पाउने भएका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पदक विजेतालाई प्रोत्साहन गर्न पुरस्कारको व्यवस्था विस्तार गरेको हो।
तीन महिनामा मुद्रास्फीति ६.३७ प्रतिशत, विदेशी मुद्रा सञ्चिति ४१ खर्ब

तीन महिनामा मुद्रास्फीति ६.३७ प्रतिशत, विदेशी मुद्रा सञ्चिति ४१ खर्ब

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) ६.३७ प्रतिशत पुगेको छ। यस अवधिमा विदेशी मुद्रा सञ्चिति ४१ खर्ब १४ अर्ब रुपैयाँ पुगेको...