नेभिगेशन
समाज

अस्ट्रेलियामा बेरोजगारी दर पाँच वर्षयताकै उच्च, ४.९ प्रतिशत पुग्यो

एजेन्सी। अस्ट्रेलियामा बेरोजगारी दर पाँच वर्षयताकै उच्च बिन्दुमा पुगेको छ। सन् २०२६ अक्टोबरमा बेरोजगारी दर बढेर ४.९ प्रतिशत पुगेको बिहीबार सार्वजनिक सरकारी तथ्यांकले देखाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अस्ट्रेलियाली तथ्यांक विभाग (एबीएस) का अनुसार सेप्टेम्बरमा ४.७ प्रतिशत रहेको बेरोजगारी दर अक्टोबरमा ०.२ प्रतिशत विन्दुले बढेको हो। यो सन् २०२१ अक्टोबरयताकै उच्च दर हो।

Marvel
Extreme Energy

अर्थशास्त्रीहरूले अक्टोबरमा बेरोजगारी दर ४.७ प्रतिशतमा स्थिर रहने र अर्थतन्त्रमा २० हजार नयाँ रोजगारी थपिने अनुमान गरेका थिए। तर तथ्यांकले त्यसको विपरीत रोजगारी घटेको देखाएको छ।

सेप्टेम्बरदेखि अक्टोबरसम्म रोजगारीमा रहेका व्यक्तिको संख्या ४३ हजार ५०० ले घटेको छ भने बेरोजगारको संख्या १७ हजार ८०० ले बढेको छ। यसअघि सेप्टेम्बरमा पनि रोजगारीमा रहेका व्यक्तिको संख्या ३९ हजार ३०० ले घटेको थियो।

यसरी लगातार दुई महिना रोजगारी घट्नुले अस्ट्रेलियाको श्रम बजारमा दबाब बढ्दै गएको संकेत गरेको छ।

अस्ट्रेलियन एसोसिएटेड प्रेसका अनुसार रिजर्भ बैंक अफ अस्ट्रेलियाले नोभेम्बरको सुरुतिर सार्वजनिक गरेको प्रक्षेपणमा पनि बेरोजगारी दर क्रमशः बढ्ने अनुमान गरेको थियो। बैंकले सन् २०२६ जुनमा ४.४ प्रतिशत रहेको बेरोजगारी दर डिसेम्बरसम्म ४.७ प्रतिशत पुग्ने र सन् २०२८ को मध्यतिर पाँच प्रतिशतसम्म पुग्न सक्ने आकलन गरेको थियो।

युवाहरूमा बेरोजगारीको अवस्था थप चुनौतीपूर्ण देखिएको छ। तथ्यांक विभागका श्रम तथ्यांक प्रमुख शन क्रिकका अनुसार १५ देखि २४ वर्ष उमेर समूहको बेरोजगारी दर सेप्टेम्बरको ११.१ प्रतिशतबाट बढेर अक्टोबरमा ११.३ प्रतिशत पुगेको छ। यो पनि पाँच वर्षयताकै उच्च हो।

त्यस्तै, अक्टोबरमा रोजगारीमा रहेको जनसंख्याको अनुपात ०.३ प्रतिशत विन्दुले घटेर ६३.३ प्रतिशतमा झरेको छ। यो सन् २०२१ डिसेम्बरयताकै न्यून हो।

श्रमशक्ति सहभागिता दर पनि ०.२ प्रतिशत विन्दुले घटेर ६६.६ प्रतिशतमा पुगेको छ। यसले काम गर्ने उमेरका जनसंख्यामध्ये कति व्यक्ति रोजगारीमा छन् वा रोजगारीको खोजीमा सक्रिय छन् भन्ने देखाउँछ।

यसैगरी, अक्टोबरमा अस्ट्रेलियाली नागरिकले काम गरेको कुल समय अघिल्लो महिनाको तुलनामा ०.२ प्रतिशतले घटेको छ।

रोजगारीमा रहेका व्यक्तिको संख्या लगातार घट्नु, बेरोजगारी दर बढ्नु र श्रमशक्ति सहभागिता दरमा कमी आउनुले अस्ट्रेलियाको श्रम बजार कमजोर हुँदै गएको संकेत गरेको छ। विशेषगरी युवा जनशक्तिमा बेरोजगारी बढ्नु अर्थतन्त्र र रोजगार बजारका लागि थप चुनौतीका रूपमा देखिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
लगातार तेस्रो पटक फाइनलमा सुदूरपश्चिम, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

लगातार तेस्रो पटक फाइनलमा सुदूरपश्चिम, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ।
दशौँ राष्ट्रिय खेलकुदमा रजत र कास्य विजेतालाई पनि नगद पुरस्कार

दशौँ राष्ट्रिय खेलकुदमा रजत र कास्य विजेतालाई पनि नगद पुरस्कार

दशौँ राष्ट्रिय खेलकुदमा रजत र कास्य पदक विजेताले पनि पहिलोपटक नगद पुरस्कार पाउने भएका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पदक विजेतालाई प्रोत्साहन गर्न पुरस्कारको व्यवस्था विस्तार गरेको हो।
तीन महिनामा मुद्रास्फीति ६.३७ प्रतिशत, विदेशी मुद्रा सञ्चिति ४१ खर्ब

तीन महिनामा मुद्रास्फीति ६.३७ प्रतिशत, विदेशी मुद्रा सञ्चिति ४१ खर्ब

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) ६.३७ प्रतिशत पुगेको छ। यस अवधिमा विदेशी मुद्रा सञ्चिति ४१ खर्ब १४ अर्ब रुपैयाँ पुगेको...