नेभिगेशन
समाज

दैनिक आवश्यकताका सम्पूर्ण सेवा एउटै डिजिटल प्लाटफर्ममा

काठमाडौँ । मानिसका सम्पूर्ण दैनिक आवश्यकताको सारथि बन्ने उद्देश्यले ‘डेली सेवा’ नामक स्वचालित डिजिटल सर्भिस मार्केट–प्लेस सञ्चालनमा आएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

डिजिटल प्रविधिको प्रयोगमार्फत दैनिक जीवनमा आवश्यक सेवाहरूलाई सहज र व्यवस्थित बनाउने उद्देश्यले डेली सेवा प्रालिले ‘डेली सेवा’ मार्केट–प्लेस सञ्चालनमा ल्याएको हो ।

Marvel
Extreme Energy

यस प्लेटफर्ममार्फत घरायसी एवं व्यावसायिक प्रकृतिका विभिन्न सेवाहरू सहज रूपमा उपलब्ध गराउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश न्यौपानेले जानकारी दिए । 

कुनै पनि दक्ष नेपाली नागरिक डेली सेवा मोबाइल एप वा वेबसाइटमार्फत जोडिएर सेवाग्राहीको प्रतीक्षा गर्न सक्छन् भने कुनै पनि मानिसले कुनै पनि ठाउँबाट आफूलाई चाहिएको सेवा लिन सक्छन् । त्यसका लागि आफ्नो व्यवसायको विवरण भरेर डेली सेवामा जोडिनुपर्ने हुन्छ ।

डेली सेवाको वेबसाइट र मोबाइल एप नेपाली बजारको आवश्यकता र सेवा क्षेत्रको वास्तविक अवस्थालाई ध्यानमा राखेर नेपालमै विकास गरिएको र प्रविधिको प्रयोगमार्फत सेवाग्राही र सेवाप्रदायकबीच छिटो, सहज र व्यवस्थित सम्बन्ध स्थापित गर्ने उद्देश्य लिइएको  कम्पनीले जनाएको छ ।

डेली सेवामार्फत घर निर्माण तथा मर्मत, विद्युतीय उपकरण सेवा, सीप तथा तालिम, विशेषज्ञ सेवा, ग्याजेट तथा टेक्निकल सपोर्ट, अन–कल सेवा, लजिस्टिक्स तथा ढुवानी, किचन तथा क्लिनिङ सेवालगायत विभिन्न क्षेत्रका सेवा उपलब्ध हुनेछन् ।

सीईओ न्यौपानेले एउटै डिजिटल प्लेटफर्मबाट दैनिक जीवन, घर, व्यवसाय र विशेषज्ञ आवश्यकताका सेवाहरू जोड्ने मार्केट प्लेसका रुपमा डेली सेवालाई विकास गरिएको बताए । ‘कुनै पनि व्यक्तिले आफूलाई आवश्यक परेको सेवा घरै बसी–बसी लिन सक्ने भएकाले समय र श्रमको बचत हुने अपेक्षा गरिएको छ’ उनले भने, ‘डेली सेवा एपमा हाल १० विधाका १०० भन्दा बढी सेवा उपलब्ध छ।’

डेली सेवाले सेवाग्राहीलाई गुणस्तरीय र भरपर्दो सेवा उपलब्ध गराउनुका साथै विभिन्न सीप विकासका क्षेत्रहरुमार्फत दक्ष, अर्धदक्ष तथा अदक्ष सबै किसिमका जनशक्तिलाई रोजगारी तथा व्यवसाय विस्तारको अवसर प्रदान गर्ने लक्ष्य पनि राखेको सीईओ न्यौपानेले बताए । प्लेटफर्ममा आबद्ध हुने सेवाप्रदायकलाई डिजिटल माध्यमबाट सेवा प्रवर्धन गर्ने तथा थप सेवाग्राहीसम्म पुग्ने अवसर उपलब्ध हुने विश्वास उनको छ ।

कम्पनीले सेवाप्रदायकको छनोट तथा व्यवस्थापनमा विश्वास, गुणस्तर र व्यावसायिकतालाई प्राथमिकता दिएको छ । जसअनुसार सेवा प्राप्त गरेपछि मूल्यांकन गर्न सक्ने प्रणालीसमेत विकास गरिएको छ ।
नेपालमा डिजिटल अर्थतन्त्र र प्रविधिमा आधारित व्यवसायको विस्तारसँगै अनलाइनमार्फत सेवा खोज्ने प्रवृत्ति बढिरहेको छ । यही परिवर्तित प्रवृत्तिलाई लक्षित गर्दै डेली सेवाले नेपाली प्रविधि र जनशक्तिमा आधारित सेवा सुरु गरेको हो ।

अहिले यो सेवा काठमाडौं उपत्यकाबाट सुरु गरिएको छ । भविष्यमा देशभर सेवा विस्तार गरिने न्यौपानेले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
होण्डाको दशैं योजनाका तीन साताका विजेता सार्वजनिक, २१ जनाले जिते नगद पुरस्कार

होण्डाको दशैं योजनाका तीन साताका विजेता सार्वजनिक, २१ जनाले जिते नगद पुरस्कार

कम्पनीका अनुसार पहिलो साताका विजेतामध्ये कोशी प्रदेशबाट रामचन्द्र न्यौपानेले १० हजार, मधेस प्रदेशबाट अफजल मियाँले १ लाख, बागमती प्रदेशबाट गोकुलप्रसाद ओलीले १० हजार, गण्डकी प्रदेशबाट विज्ञान लामाले १०...
म्याक्स टाइगरको दशैं धमाका : ककनीका प्रदीपले जिते प्रोटोन कार, २८ जनालाई बाइक र स्कुटर

म्याक्स टाइगरको दशैं धमाका : ककनीका प्रदीपले जिते प्रोटोन कार, २८ जनालाई बाइक र स्कुटर

कम्पनीका अनुसार अभियानअन्तर्गत १६ जनाले मोटरसाइकल र १२ जनाले स्कुटर जितेका हुन् । मोटरसाइकल जित्नेमा विराटनगरका समुद्र पोखरेल, बिर्तामोडका तेजनारायण सिंह, जनकपुरका कुटाल्या कुमार सिंह, बर्दिबासका केशव दाहाल,...
भायानेटको नयाँ सेवा : साँझ ५ बजुअघि आएका इन्टरनेट समस्या सोही दिन समाधान गर्ने

भायानेटको नयाँ सेवा : साँझ ५ बजुअघि आएका इन्टरनेट समस्या सोही दिन समाधान गर्ने

ग्राहकको समस्याको प्रकृतिअनुसार कम्पनीले रिमोट सपोर्टमार्फत समाधान गर्नेछ। रिमोट सपोर्टबाट समस्या समाधान हुन नसकेमा आवश्यकताअनुसार प्राविधिक टोली नै ग्राहकको घरमा पुगेर सेवा प्रदान गर्नेछ।
छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने

छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने

सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै सोमबार पनि नियमित सेवा सञ्चालन गरिने