नेभिगेशन
बजार

होण्डाको दशैं योजनाका तीन साताका विजेता सार्वजनिक, २१ जनाले जिते नगद पुरस्कार

काठमाडौँ । होण्डा नेपालले दशैंको अवसरमा सञ्चालन गरेको ‘यो दशैं, आशाको सुरुवात’ योजनाअन्तर्गत पहिलो तीन साताका २१ जना विजेता सार्वजनिक गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालका लागि होण्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले सातै प्रदेशबाट प्रत्येक हप्ता एक–एक जना विजेता छनोट गर्ने गरी सञ्चालन गरेको ‘होण्डा छ साथ साथ’ योजनाअन्तर्गत लक्की ड्रमार्फत विजेता छनोट गरेको हो ।

Marvel
Extreme Energy

कम्पनीका अनुसार पहिलो साताका विजेतामध्ये कोशी प्रदेशबाट रामचन्द्र न्यौपानेले १० हजार, मधेस प्रदेशबाट अफजल मियाँले १ लाख, बागमती प्रदेशबाट गोकुलप्रसाद ओलीले १० हजार, गण्डकी प्रदेशबाट विज्ञान लामाले १० हजार, लुम्बिनी प्रदेशबाट कृष्णबहादुर खड्काले १० हजार, कर्णाली प्रदेशबाट पदमबहादुर शाहीले ५० हजार र सुदूरपश्चिम प्रदेशबाट आदर्श कन्स्ट्रक्सनका मदन यादवले १० हजार रुपैयाँ जितेका छन् ।

त्यस्तै, दोस्रो साताको विजेतामा कोशीबाट विकासकुमार यादव, मधेसबाट सुन लामा, बागमतीबाट राजु महर्जन, गण्डकीबाट बलराम थापा, लुम्बिनीबाट पुष्पा थारु, कर्णालीबाट मानसिंह दाहाल र सुदूरपश्चिमबाट विनिता पाठक रहेका छन् । उनीहरूमध्ये राजु महर्जनले २५ हजार, बलराम थापाले ५० हजार र मानसिंह दाहालले १ लाख रुपैयाँ जितेका छन् भने अन्य विजेताले जनही १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

यसैगरी, तेस्रो साताको विजेतामा कोशीबाट आशिष राई, मधेसबाट सुशीलकुमार श्रीवास्तव, बागमतीबाट दिशान्त विष्ट, गण्डकीबाट मनोज घिमिरे, लुम्बिनीबाट दामोरबहादुर बुढाथोकी, कर्णालीबाट प्रोभिन्स आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टर र सुदूरपश्चिमबाट जुजेस्टर राणा रहेका छन् । उनीहरू सबैले जनही १० हजार रुपैयाँ जितेका छन् ।

यस योजनाको विशेष पक्षका रूपमा कम्पनीले विजेताले प्राप्त गर्ने पुरस्कार बराबरकै रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समेत जम्मा गर्ने घोषणा गरेको छ । अर्थात्, ग्राहकलाई प्रदान गरिने पुरस्कारसँगै होण्डाले सोही बराबरको रकम विपद् व्यवस्थापन तथा उद्धारका लागि कोषमा योगदान गर्नेछ ।

ग्राहकको उत्साह र सहभागितालाई मध्यनजर गर्दै कम्पनीले उक्त योजना आगामी मंसिर १४ गते अर्थात् नोभेम्बर ३० सम्म थप गरेको जनाएको छ । यससँगै थप ग्राहकले योजनामा सहभागी भई एक लाख रुपैयाँसम्म नगद पुरस्कार जित्ने अवसर पाउनेछन् ।

स्याकार ट्रेडिङ कम्पनीले योजनाका विजेतालाई बधाई दिँदै होण्डा ब्रान्डप्रति नेपाली ग्राहकले देखाएको विश्वास र मायाप्रति आभार व्यक्त गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बजार
म्याक्स टाइगरको दशैं धमाका : ककनीका प्रदीपले जिते प्रोटोन कार, २८ जनालाई बाइक र स्कुटर

म्याक्स टाइगरको दशैं धमाका : ककनीका प्रदीपले जिते प्रोटोन कार, २८ जनालाई बाइक र स्कुटर

कम्पनीका अनुसार अभियानअन्तर्गत १६ जनाले मोटरसाइकल र १२ जनाले स्कुटर जितेका हुन् । मोटरसाइकल जित्नेमा विराटनगरका समुद्र पोखरेल, बिर्तामोडका तेजनारायण सिंह, जनकपुरका कुटाल्या कुमार सिंह, बर्दिबासका केशव दाहाल,...
भायानेटको नयाँ सेवा : साँझ ५ बजुअघि आएका इन्टरनेट समस्या सोही दिन समाधान गर्ने

भायानेटको नयाँ सेवा : साँझ ५ बजुअघि आएका इन्टरनेट समस्या सोही दिन समाधान गर्ने

ग्राहकको समस्याको प्रकृतिअनुसार कम्पनीले रिमोट सपोर्टमार्फत समाधान गर्नेछ। रिमोट सपोर्टबाट समस्या समाधान हुन नसकेमा आवश्यकताअनुसार प्राविधिक टोली नै ग्राहकको घरमा पुगेर सेवा प्रदान गर्नेछ।
छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने

छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने

सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै सोमबार पनि नियमित सेवा सञ्चालन गरिने
प्रतितोला ११ हजार ७०० रुपैयाँले घट्यो सुनको मूल्य

प्रतितोला ११ हजार ७०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ७८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ९५५ कायम...

भर्खरै