नेभिगेशन
समाज

एनपीएलमा कप्तानको प्रदर्शन : दीपेन्द्रको अलराउन्ड चमक, सोमपाल र हरमित पनि प्रभावशाली

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण उपाधि होडको अन्तिम चरणमा पुगेको छ। फाइनल प्रवेशका लागि अब तीन खेल बाँकी रहँदा सहभागी आठ टोलीका कप्तानको व्यक्तिगत प्रदर्शन पनि चर्चामा छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ब्याटिङ र बलिङ दुवैमा योगदानका आधारमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी प्रभावशाली देखिएका छन्। उनले प्रतियोगितामा आठ इनिङ्सबाट २०२ रन बनाउनुका साथै पाँच विकेट लिएका छन्। तीन अर्धशतक प्रहार गरेका दीपेन्द्र सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा चौथो स्थानमा छन्।

Marvel
Extreme Energy

उनको उच्च स्कोर ६० रन हो। बलिङमा २२.५ ओभरमा पाँच विकेट लिएका उनले प्रतिओभर ५.३४ रन खर्चिएका छन्। पहिलो संस्करणको एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै कार पुरस्कार जितेका दीपेन्द्र यसपटक पनि प्रभावशाली खेलाडीका रूपमा देखिएका छन्।

लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले भने १०० रन बनाउनुका साथै चार विकेट लिएका छन्। उनको नेतृत्वमा लुम्बिनी फाइनलमा पुगिसकेको छ। रोहितको व्यक्तिगत प्रदर्शन भने अघिल्लो संस्करणको तुलनामा केही कमजोर देखिएको छ। गत संस्करणमा उनले उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै कार पुरस्कार जितेका थिए।

काठमाडौं गोर्खाजका कप्तान करण केसीले सात खेलमा ८९ रन बनाउनुका साथै आठ विकेट लिएका छन्। उनको उच्च स्कोर ४४ रन हो। बलिङमा प्रतिओभर ७.३८ रन खर्चिएका करणले टोलीलाई प्लेअफसम्म पुर्‍याउन योगदान दिएका छन्।

चितवन राइनोजका लागि जिम्बाब्वेका अलराउन्डर सिकन्दर राजाले कप्तानी सम्हालेका थिए। कुशल मल्ल चोटका कारण बाहिर रहँदा उनले टोलीको नेतृत्व गरेका थिए। राजाले पाँच खेलमा ५६ रन बनाउनुका साथै पाँच विकेट लिएका छन्। ब्याटिङमा उनको प्रदर्शन अपेक्षाअनुसार हुन सकेन। तर बलिङमा उनले प्रतिओभर ५.३९ रनमात्र खर्चिएका छन्। एलिमिनेटरमा भने कुशल मल्लले चितवनको कप्तानी गर्नेछन्।

कर्णाली याक्सले प्रतियोगिताको सुरुआतमा सोमपाल कामीलाई कप्तान बनाएको थियो। लिग चरणको अन्त्यतिर दक्षिण अफ्रिकाका डेभिड मिलरलाई नेतृत्वको जिम्मेवारी दिइएको थियो।

सोमपालले सात खेलमा १२५ रन बनाउनुका साथै १० विकेट लिएका छन्। उनको उच्च स्कोर अविजित ६२ रन हो। बलिङमा उनले प्रतिओभर ८.९० रन खर्चिएका छन्। चार विकेट लिएको एक खेल उनको प्रतियोगिताकै उत्कृष्ट बलिङ प्रदर्शन हो।

त्यस्तै, मिलरले चार खेलमा एक अर्धशतकसहित ११० रन बनाएका छन्। उनको उच्च स्कोर अविजित ९३ रन हो। मिलरले पहिलोपटक एनपीएल खेलेका हुन्।

विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेको नेतृत्वमा टोलीले अपेक्षित प्रदर्शन गर्न सकेन। विराटनगर सातमध्ये तीन खेलमा मात्र विजयी हुँदै पाँचौँ स्थानमा रह्यो र प्लेअफमा पुग्न सकेन।

सन्दीपले ६ खेलमा सात विकेट लिएका छन्। उनको उत्कृष्ट बलिङ प्रदर्शन ६ विकेट लिएर २७ रन खर्चिएको खेल हो। पोखरा एभेन्जर्सविरुद्ध उनले ह्याट्रिकसमेत गरेका थिए। ब्याटिङमा भने उनले दुई इनिङ्सबाट तीन रनमात्र बनाउन सकेका छन्।

पोखरा एभेन्जर्सले प्रतियोगिताको सुरुआतमा कुशल भुर्तेललाई कप्तान बनाएको थियो। लगातार तीन खेलमा पराजित भएपछि टोलीले श्रीलंकाका अलराउन्डर चमिका करुणारत्नेलाई कप्तानीको जिम्मेवारी दिएको थियो।

कुशलले सात खेलमा दुई अर्धशतकसहित २३५ रन बनाएका छन्। उनको उच्च स्कोर ९९ रन हो। बलिङमा पनि उनले छ विकेट लिएका छन्। कप्तानी गुमाए पनि व्यक्तिगत प्रदर्शनमा उनी पोखराका सबैभन्दा सफल खेलाडीमध्ये एक बने।

नयाँ कप्तान करुणारत्नले छ खेलमा ८५ रन बनाउनुका साथै चार विकेट लिएका छन्। उनको उच्च स्कोर अविजित ३५ रन हो।

जनकपुर बोल्ट्सका कप्तान अमेरिकाका अलराउन्डर हरमित सिंहले व्यक्तिगत रूपमा राम्रो प्रदर्शन गरेका छन्। उनको नेतृत्वमा जनकपुर सात टोलीमध्ये आठौँ अर्थात् अन्तिम स्थानमा रह्यो। हरमितले सात खेलमा ९० रन बनाउनुका साथै ११ विकेट लिएका छन्। उनको उत्कृष्ट बलिङ प्रदर्शन १७ रन दिएर चार विकेट लिनु हो। बलिङमा प्रतिओभर ५.६६ रन खर्चिएका उनी प्रतियोगिताका सर्वाधिक विकेट लिने खेलाडीमध्ये एक हुन्।

एलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै

एनपीएलको तेस्रो संस्करणअन्तर्गत आज हुने एलिमिनेटर खेलमा काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्दै छन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न ५ बजे सुरु हुने खेल जित्ने टोलीले क्वालिफायर–२ मा स्थान बनाउनेछ। पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिनेछ।

क्वालिफायर–२ मा एलिमिनेटरको विजेताले पहिलो क्वालिफायरमा पराजित सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। मंगलबार भएको पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ।

लिग चरणमा काठमाडौंले सातमध्ये चार खेल जितेको थियो भने तीनमा पराजित भएको थियो। चितवनले तीन खेल जित्दा तीनमा हार र एक खेल वर्षाका कारण नतिजाविहीन भएको थियो।

लिग चरणमा यी दुई टोलीबीच भएको पहिलो भेटमा काठमाडौंले चितवनलाई १० रनले पराजित गरेको थियो। उक्त हारको बदला लिँदै क्वालिफायर–२ मा पुग्ने लक्ष्यसहित चितवन मैदान उत्रनेछ। करण केसीको कप्तानीमा रहेको काठमाडौं भने अघिल्लो जितलाई निरन्तरता दिने योजनामा हुनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पृथ्वीनारायण क्याम्पसलाई स्वायत्त डिग्री प्रदान गर्ने संस्थाका रूपमा रूपान्तरण गर्ने तयारी

पृथ्वीनारायण क्याम्पसलाई स्वायत्त डिग्री प्रदान गर्ने संस्थाका रूपमा रूपान्तरण गर्ने तयारी

त्रिभुवन विश्वविद्यालयको पुनर्संरचनाअन्तर्गत पोखरास्थित पृथ्वीनारायण (पीएन) क्याम्पसलाई स्वायत्ततासहित आफैँले उपाधि (डिग्री) प्रदान गर्न सक्ने संस्थाका रूपमा विकास गर्ने प्रक्रिया अघि बढाइएको छ।
जटिल प्रसूति समस्याकी गर्भवतीको हवाई उद्धार

जटिल प्रसूति समस्याकी गर्भवतीको हवाई उद्धार

जटिल प्रसूति समस्याका कारण ज्यान जोखिममा परेकी अछामकी २० वर्षीया गर्भवतीको हवाई उद्धार गरिएको छ र।
द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति मकवानपुरमा

द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति मकवानपुरमा

राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौं–तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङमार्गको ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन आज मकवानपुर पुगेका छन्।
एक महिनाभन्दा कम अवधिमा बंगालको खाडीमा तीन चक्रवात, नेपालमा कस्तो पर्ला अकवानको प्रभाव?

एक महिनाभन्दा कम अवधिमा बंगालको खाडीमा तीन चक्रवात, नेपालमा कस्तो पर्ला अकवानको प्रभाव?

एक महिनाभन्दा कम अवधिमा बंगालको खाडीमा तीनवटा चक्रवात विकसित भएका छन्। अर्नब र मुरासुपछि अहिले ‘अकवान’ नामको चक्रवात विकसित भएको हो। यसले भारतको आन्ध्र प्रदेश र आसपासका तटीय...

भर्खरै