नेभिगेशन
समाज
सिफारिसमै  चलखेलको आशंका

सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया नै विवादमाा परेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एउटै परिवारका श्रीमान्–श्रीमतीलाई फरक फरक स्टार्टप कर्जा दिएर छानबिनमा तानिएका तत्कालीन कार्यकारी निर्देशक उमेशकुमार गुप्तालाई नै फेरि १ नम्बरमा सिफारिस गरेपछि प्रक्रिया नै विवादित बनेको हो । 

Ncell
Extreme Energy

रिक्त कार्यकारी निर्देशक छनोट समितिले बुधबार सबैभन्दा बढी अंक प्राप्त गर्ने ३ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । सिफारिसमा परेका तीन जनामध्ये पर्साका उमेशकुमार गुप्ता १ नम्बरमा छन् । दोस्रो नम्बरमा चितवन भरतपुरका दिलिपराज पौडेल र तेस्रो नम्बरमा काठमाडौँका नवराज सापकोटा सिफारिसमा परेका छन्।

गुप्तालाई यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी निर्देशक नियुक्त गरेका थिए । ओलीको ठाडो आदेशमा नियुक्त भएका गुप्ताले स्टार्टअप कर्जा वितरणमा अनियमितता गरेको आरोप लागेपछि उनीमाथि छानबिन गर्न उद्योग मन्त्रालयले छानबिन समिति नै बनाएको थियो । 

प्रतिष्ठानका लागि विज्ञहरुको रोस्टरमासमेत मापदण्ड बिना स्वार्थ बाझिने व्यक्ति राखेपछि गुप्ता थप विवादित बनेका थिए । 

लगातार ५ वर्ष प्रतिष्ठानका विभिन्न भूमिका रहेका गुप्ताविरुद्ध प्रतिष्ठानकै कर्मचारीले छानबिनको माग गर्दै मन्त्रालयमा निवदेन दिएका थिए । 

हाल उद्योग मन्त्रालयमा रहेका सहसचिव नेत्र सुवेदीसँगको निकटता देखाएर गुप्ताले नियुक्ति हुनुपूर्व नै प्रतिष्ठानका कर्मचारीलाई दबाब दिन थालेको एक कर्मचारीले सिधाकुरालाई बताए ।

कार्यकारी निर्देशकका रुपमा एक कार्यकाल पुरा गरिसकेका र विभिन्न विवादमा तानिएका गुप्तालाई फेरि कार्यकारी निर्देशक नियुक्तिको पहिलो नम्बरमा सिफारिस गरिएपछि सिफारिस समितिको नियतमा समेत शंका देखिएको मन्त्रालयकै अधिकारीहरुले बताएका छन् ।

Umesh-Gupta-Sifarish-1790754507.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री भन्छन्– प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्नुहुन्छ

परराष्ट्रमन्त्री भन्छन्– प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्नुहुन्छ

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्ने बताएका छन् ।

भर्खरै