नेभिगेशन
समाज

बालेनको घरमा चोरीः सिसीटिभी फुटाएर डिभीआर देखि धाराको टुटीसम्म चोरे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहको काठमाडौँस्थित मण्डिखाटारमा रहेको घरमा चोरी भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बालेन देशदौडामा छन् भने उनकी श्रीमती सविना झापा ५ मा  चुनावी प्रचारमा छिन् । यहि मौका छोपेर उनको घरमा तोडफोड गरी चोरी भएको प्रहरीले जनाएको छ । 

Ncell
Extreme Energy

सिधाकुरासँग कुरा गर्दै काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले घरकाे फलामे रेलिङ भाँचिएको अवस्थामा देखिएकाे बताए ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार एक इन्स्पेक्टरको नेतृत्वमा विशेष टोली बनाएर घटनाको अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार चोरहरूले घरमा जडान गरिएका सिसीटिभी क्यामेरा फुटाएका छन् भने फुटेज रेकर्ड हुने डिभिआर (डीभीआर) मेसिन चोरेर लगेका छन् ।

यस्तै उनीहरुले बाथरुम तथा भान्साका धाराका टुटीहरू समेत चोरे भएका छन् । घरमा धनमाल के के थियोे वा के हरायाे वा चाेरी भयो भन्ने अझै यकिन गर्न सकिएको छैन, साथै अन्य चोरी भएका सामानको विवरण लिने काम भैरहेको प्रहरीले जनाएको छ । 

प्रहरीको प्रारम्भिक अनुमान अनुसार चोरहरू पर्खाल नाघेर घरभित्र प्रवेश गरेको देखिएको छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खुल्यो कृष्णभीरको सडक, चल्न थाले ग्यास बुलेट

खुल्यो कृष्णभीरको सडक, चल्न थाले ग्यास बुलेट

भोलिदेखि दुईतर्फी नै सडक सञ्चालन गर्ने तयारी भइरहेको सडक विभागले जनाएको छ ।
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञलाई पनि सहभागी गराइने

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञलाई पनि सहभागी गराइने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढाएको छ ।
खड्काको लचकतापछि दबाबमा इतरपक्ष

खड्काको लचकतापछि दबाबमा इतरपक्ष

कार्यसम्पादन समितिले केही नेतालाई केन्द्रीय समितिमा मनोनीत गर्ने, गत पुससम्म नवीकरण भएका क्रियाशील सदस्यतालाई मान्यता दिई डिजिटल अद्यावधिकलाई अनिवार्य नगर्ने, केन्द्रीय अनुशासन समिति र निर्वाचन समितिमा (इतरपक्षका) नेता...
नागरिकमा सुरक्षाको प्रत्याभूति नभएसम्म प्रगति सम्भव छैन : आईजीपी कार्की

नागरिकमा सुरक्षाको प्रत्याभूति नभएसम्म प्रगति सम्भव छैन : आईजीपी कार्की

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मुलुकको समग्र विकास, निर्माण र सिर्जनशीलताका लागि शान्ति सुरक्षा पहिलो आधारभूत पूर्वसर्त भएको बताएका छन्।