नेभिगेशन
समाज

मध्यावधि हारपछि ट्रम्पद्वारा स्टिफन मिलर चिफ अफ स्टाफ नियुक्त

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कडा आप्रवासन नीतिका प्रमुख योजनाकार स्टिफन मिलरलाई ह्वाइट हाउसको नयाँ चिफ अफ स्टाफ नियुक्त गरेका छन् । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो पराजय बेहोरेपछि मिलरको नियुक्तिलाई ट्रम्प प्रशासन थप आक्रामक रूपमा अघि बढ्ने सङ्केतका रूपमा हेरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

४१ वर्षीय मिलरले सुसी वाइल्सको स्थान लिनेछन् । यसै साता डेमोक्रेटिक पार्टीले उल्लेखनीय सफलता हासिल गरेपछि वाइल्स ह्वाइट हाउसबाट बाहिरिने पहिलो उच्चपदस्थ अधिकारी बनेकी छन् । ह्वाइट हाउसका एक अधिकारीका अनुसार उनले बिहीबार राति नै राजीनामा दिएकी थिइन् ।

Marvel
Extreme Energy

मिलर ट्रम्पका निकट र विश्वासिला सहयोगी हुन् । उनले ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीतिअनुरूप कडा आप्रवासन नीतिको वकालत गर्दै आएका छन् । नीतिसम्बन्धी उपप्रमुख तथा आन्तरिक सुरक्षा सल्लाहकारका रूपमा उनले ट्रम्पको दोस्रो कार्यकालमा अघि बढाइएको बृहत् देशनिकाला कार्यक्रमको योजना निर्माणमा प्रमुख भूमिका खेलेका थिए ।

गत जनवरीमा मिनियापोलिसमा आप्रवासन अधिकारीले दुई प्रदर्शनकारीलाई गोली हानी हत्या गरेपछि मिलरको व्यापक आलोचना भएको थियो । उनले घटनामा संलग्न अधिकारीहरूको बचाउ गरेका थिए । त्यसपछि अमेरिकाका विभिन्न स्थानमा विरोध प्रदर्शन भएका थिए ।

डेमोक्रेटिक पार्टीका अल्पमत नेता चक शुमरले मिलरको नियुक्तिको आलोचना गरेका छन् । उनले मिलरलाई ट्रम्प प्रशासनका कठोर नीतिका प्रमुख योजनाकार भन्दै डेमोक्रेटिक पार्टीले उनका कदमको हरेक तहमा विरोध गर्ने बताएका छन् ।

नियुक्तिबारे पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले परिवर्तन आवश्यक भएकाले यस्तो निर्णय गरेको बताए । उनले मिलरलाई उत्कृष्ट योद्धा र सुरुदेखिकै विश्वासिलो सहयोगी भन्दै प्रशंसा गरे ।

यसअघि ट्रम्पले वाइल्सले उत्कृष्ट काम गरेको भन्दै अब उनी आफ्नो राजनीतिक अभियानमा संलग्न हुने बताएका थिए । ह्वाइट हाउसको चिफ अफ स्टाफ बन्ने पहिलो महिला वाइल्सले ट्रम्पको पहिलो कार्यकालमा देखिएको कर्मचारीबीचको कलह र प्रशासनिक अव्यवस्थालाई दोस्रो कार्यकालमा नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् ।

वाइल्सले सामाजिक सञ्जाल एक्समार्फत ह्वाइट हाउसमा ट्रम्पको सेवा गर्न पाउनु आफ्नो जीवनकै ठूलो सम्मान भएको बताउँदै शुक्रबार आफ्नो अन्तिम कार्यदिन रहेको जानकारी दिएकी थिइन् ।

यसैबीच, ट्रम्पले सीबीएस न्युजको कार्यक्रम ‘६० मिनेट’ का लागि दिएको अन्तर्वार्तामा प्रशासनमा थप कर्मचारी परिवर्तन हुन सक्ने सङ्केत गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारको कामकारबाही हिन्दी जासुसी फिल्म जस्तो विचित्रको छः प्रचण्ड

सरकारको कामकारबाही हिन्दी जासुसी फिल्म जस्तो विचित्रको छः प्रचण्ड

उनले भने, ‘सरकारको कामकारबाही हिन्दी जासुसी फिल्म तपाईंहरुले हेर्नुभएको होला !  विचित्रको हुँदै नहुने कामहरु भएको देखाउँछन् नी ! त्यस्तै छ सरकारको काम गराइ । कतिबेला कुन पत्रकार...
सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

समितिको आज बसेको बैठकले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारु, उच्च अदालत पाटनको हेटौँडा इजलासका न्यायाधीश जनक पाण्डे र उच्च...
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान

परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान

सम्मेलनका क्रममा परराष्ट्रमन्त्री खनालले नेपाल, ताजिकिस्तान, किर्गिजस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने ‘एड्भान्सिङ द माउन्टेन एजेन्डाः ग्लेसियर, क्रायोस्फियर एन्ड रेजिलियन्स अन्डर ओभरसुट, सेयर्ड रेस्पोन्सिबिलिटी एन्ड सस्टेनेबल फाइनान्सिङ’...
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक

भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक

प्राधिकरणका अनुसार सबैभन्दा बढी रसुवाका एक हजार ५८३ जना रहेका छन् । त्यस्तै धनकुटा, डडेल्धुरा, खोटाङ, भोजपुर, अछाम, कपिलवस्तु, जाजरकोट, सर्लाही, ललितपुर, कैलाली, महोत्तरी, बागलुङ, ताप्लेजुङ, जुम्ला, बाजुरा,...

भर्खरै