नेभिगेशन
समाज

प्रहरीको शक्ति हतियारमा होइन, कानुनमा हुन्छ, लाठ्ठीमा होइन, आचरणमा हुन्छः प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक प्रभाव र दबाबमा नपरी पूर्वाग्रहभन्दा माथि उठेर कानुनको मर्मअनुसारको जिम्मेवारी निर्वाह गर्न प्रहरी सङ्गठनलाई निर्देशन दिएकी छिन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा आज प्रहरी निरीक्षक आधारभूत तालिम १–१८३औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, विश्वसनीय र निश्पक्ष वातावरणमा सम्पन्न गराउन निर्देशन दिइन् ।
 
“आसन्न निर्वाचन नेपाली लोकतन्त्रको उदाहरणीय र मानक बन्नुपर्छ । चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन, एक जना पनि घाइते हुनुहुँदैन”, प्रधानमन्त्री कार्कीले भनिन् । उनले कर्तव्य पालनाका सिलसिलामा प्रहरी सङ्गठनबाट गरिएका सबै व्यावसायिक क्रियाको जिम्मा राज्यले लिने स्पष्ट पारिन् । 
 
“प्रहरीको शक्ति हतियारमा होइन, कानुनमा हुन्छ, लाठ्ठीमा होइन, आचरणमा हुन्छ । कठोर परिस्थितिमा पनि संयम्, विवेक र न्यायको मार्ग पहिल्याउन सक्ने प्रहरी नै साँचो अर्थमा नेपाल प्रहरी हो”, प्रधानमन्त्री कार्कीले भनिन् । उनले विगतका कमजोरी नदोहोर्रयाउने र भविष्यमा प्रहरीलाई अझ विश्वसनीय, जनमुखी र लोकतान्त्रिक बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याइन् ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री कार्कीले चुनौती र आलोचनाको बाबजुद नेपाल प्रहरीले पछिल्लो समय आफूलाई पुनःसंयोजन गर्दै अझ मजबुद, सङ्गठित र विश्वसनीय संस्थाका रूपमा स्थापित गर्न अग्रसर भइरहेको बताइन् । 
       
“प्रहरी र समुदायबीचको नाता कसिलो छ भन्ने पनि भदौ २३ र २४ गतेपछि थप प्रमाणित भएको छ । आन्दोलनका दौरान क्षतिग्रस्त भएका धेरै प्रहरी संरचना समुदायले रातारात पुनःनिर्माण गरिदिएको छ”, उनले भनिन्, “यो भनेको प्रहरी सङ्गठनले आजसम्म आर्जन गरेको साख र विश्वासको नतिजा हो । यसलाई अक्षुण्ण राख्ने प्रत्येक प्रहरी कर्मचारीको उत्तिकै भूमिका रहन्छ ।”
 
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले संविधानले प्रत्याभूत गरेको हकअधिकारको संरक्षण गर्दै जिम्मेवार उत्तरदायी र जवाफदेही भई कार्यसम्पादन गर्न नवनियुक्त प्रहरी अधिकृतलाई निर्देशन दिए । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

यी सबै तहको अधिवेशन सम्पन्न भएपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन आयोजना हुनेछ । निर्वाचन समितिले अधिवेशनको तयारीसँगै निर्वाचन प्रतिनिधि र अधिकृतलाई प्रशिक्षण दिने कार्यतालिका...
अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

त्यस्तै, १३ वर्षीया सिमा भोलन आफैं खोलाबाट निस्कन सफल भएकी छन् । उनलाई सामान्य चोट लागेको र उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।
रास्वपाले केन्द्रीय सदस्यदेखि विभागीय प्रमुखसम्म मनोनयन गर्दै

रास्वपाले केन्द्रीय सदस्यदेखि विभागीय प्रमुखसम्म मनोनयन गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठकमा विभिन्न सांगठनिक पदमा मनोनयनदेखि स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखासम्मका विषयमा छलफल गर्ने भएको छ ।
रेडक्रसको जग्गा खरिदमा अनियमितता आरोपमा पाँच जना परे पक्राउ

रेडक्रसको जग्गा खरिदमा अनियमितता आरोपमा पाँच जना परे पक्राउ

नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता तथा ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पाँच जनालाई पक्राउ गरेको छ ।