नेभिगेशन

सिधाकुरा विशेष

प्रशासनभन्दा पावरफूल ओभरलोडेड चुनढुङ्गाका टिपरहरु, प्रहरी प्रशासन मौन बस्दा असुरक्षित बन्दै मकवानपुरका सडक 

सुरुमा यस्ता टिपरको बारेमा प्रश्न गर्दा सामान्य भन्दै पञ्छेको मकवानपुर ट्राफिकले क्यामेरा अन गरेपछि केही टिपर रोक्ने प्रयास गरेको थियो । 

मकवानपुर । मकवानपुरमा सिमेन्ट उद्योगका लागि विभिन्न स्थानका खानीबाट निकालिएका चुनढुङ्गा बोकेका टिपरहरु प्रहरी प्रशासनभन्दा पावरफूल देखिएका छन् । भारवहन क्षमता भन्दा बढी भार लिएर आएका यस्ता सवारीहरुले दुर्घटनाको जोखिम मात्र होईन सडक, पुलपुलेसा समेतलाई असर पुर्याएपनि कसैले नियमन गर्न सकेका छैनन् । 

कार्वाही नियमनभन्दा बाहिर रहेका र पहुँचका आधारमा कार्वाही गर्न नसकिएका ओभरलोड बोकेका यस्ता टिपरहरुको विषयमा व्यापक जनगुनासो आएपछि हामी जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडी हिजो दिनभरजसो क्यामेरा लिएर पुगेका थियो । सुरुमा यस्ता टिपरको बारेमा प्रश्न गर्दा सामान्य भन्दै पञ्छेको मकवानपुर ट्राफिकले क्यामेरा अन गरेपछि केही टिपर रोक्ने प्रयास गरेको थियो । 

अचम्म के भने, हामी जानु अघि यही बाटो सिमेन्ट उद्योगका लागि सयौं ओभर लोडेड टिपर निर्वाध गुडेको थियो । जिल्ला ट्राफिक प्रहरी आईपुग्नु अघि मकवावानपुरको मनहरी, नेवारपानी, लेवट गरी ३ स्थानमा ट्राफिक प्रहरी पोष्ट रहेका छन् । ती ट्राफिक प्रहरी पोष्टहरुबाट सहजै उन्मुक्ति पाउनुमा ट्राफिक प्रहरीको मिलेमतो भएको प्रशस्त शंका गर्ने ठाउँ रहेको छ । त्यतिमात्र होईन डिआइजीको नेतृत्वमा प्रदेश प्रहरी कार्यालय कै गेट अगाडीबाट यी टिपरहरु जिल्ला ट्राफिक प्रहरी कार्यालय हुँदै जिल्ला प्रहरी कार्यालयको गेट सामुन्नेबाट दैनिक सयौं टिरहरु गुडेका हुन्छन् । तर सरकारको नियामक निकाय निकम्मा जस्तै देखिएको छ । 
ओभर लोडेड टिपरका चालकहरु अरुले नै लोड गरेकाले आफ्नो दोष नरहेको दाबी गर्दै आएका छन् । 

हामीले क्यामेराले ओभर लोडेड टिपरहरको दृश्य खिच्न लागेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव अधिकारी आईपुगेका थिए । हामीले उनलाई तपाईको ट्राफिक पोष्ट पार गरेर कसरी आईपुगे भन्ने प्रश्नमा जनशसक्ति अभावले कार्वाही गर्न नसकिएको हल्का जवाफ दिएर उम्किने प्रयास गरेका थिए । 

यो अवैध धन्दा दुरदराजमा भएको होईन, प्रहरी प्रशासनको आँखै सामुन्ने भएका हुन् । यसलाई नियमन गर्न भन्दै पटक पटक प्रहरीले छलफल गराउने गरेको पनि छ । तर प्रहरीको छलफलले मुर्त रुप पाउन सकेको छैन र प्रहरी प्रशासन भन्दा सिमेन्ट उद्योगका चुनढुङ्गा बोकेका ओभर लोडेड टिपरहरु पावरफूल देखिएका छन् । 

मापदण्ड विपरित ओभर लोडेड पिरहरुको नियमन गर्न बसेका निकाय अहिले पनि मौन बस्नुले अवैध कार्य हुनुमा प्रहरी प्रशासनको पनि अप्रत्यक्ष सहयोग रहेको पुष्टि भएको छ । 

मालबाहक सवारीको भारवहन निर्देशिका २०७४ को दफा ९ अनुसार क्षमता भन्दा बढी भार बोकेमा बढी भएको सामान तत्काल ओराली भार मिलान गरी जरीवाना गर्नुपर्ने नियम छ । तर मकवानपुर प्रहरी प्रशासन यो विषयमा मौन बसेको छ । सञ्चारकर्मीहरु देखेमा, वा कसैले आवाज उठाएमा सामान्य जरीवाना गरेर टिपरमैत्री व्यवहार गर्दै भार मिलान नै नगरी छोड्ने गर्नुले प्रहरी प्रशासन तर्फ गम्भीर प्रश्न सोझिएको छ । 

चुनढुङ्गा खानीबाट सिमेन्ट फ्याक्ट्रीसम्म ढुवानी गर्दा ट्राफिक नियमको पालना गरी सुरक्षित तरिकाले ढुवानी कहिले बाट हुन्छ ? हामी यो विषयमा पुन फलो अप गर्ने छौं । 
 

प्रतिक्रिया दिनुहोस्
थप सिधाकुरा विशेष
बेइमानहरु ! कानुन मै किर्ते ?

बेइमानहरु ! कानुन मै किर्ते ?

बेइमानहरु ! कानुन मै किर्ते ? || Cooling Period: Parliament Betrayal Exposed
सीसीटीभीले उजागर गरेको एउटा षड्यन्त्र !

सीसीटीभीले उजागर गरेको एउटा षड्यन्त्र !

करिब ३/४ जनाको समूहमा आएका प्रहरी सिधै श्यामको छेउमा पुगेर पारिपट्टि राखिएको रातो मोटरसाइकललाई देखाउँदै त्यो कसको मोटरसाइकल हो ? भन्दै सोध्छन् । श्यामले उक्त मोटरसाइकल आफ्नो भएको...
ईभीको ओभर स्पीडले उजाडेको परिवार, गर्भको ९ महिने शिशुले संसार देख्नै पाएन

ईभीको ओभर स्पीडले उजाडेको परिवार, गर्भको ९ महिने शिशुले संसार देख्नै पाएन

ईभीको ओभर स्पीडले उजाडेको परिवार, गर्भको ९ महिने शिशुले संसार देख्नै पाएन
ईरानका तीन न्युक्लियर साइटमा ७८ हजार किलोका ६ अमेरिकी बम खस्याे, त्यसपछि के भयाे ?

ईरानका तीन न्युक्लियर साइटमा ७८ हजार किलोका ६ अमेरिकी बम खस्याे, त्यसपछि के भयाे ?

ईरानले पनि शत्रुहरूबाट आफ्नो न्युक्लियर साइटहरु फोर्डो, नताञ्ज र इस्फाहानमा आक्रमण भएको पुष्टि गरेको छ । तर, उसले आक्रमणबाट भएको क्षतिबारे स्पष्ट केही भनेको छैन् ।  तर, तेहरानबाट...