नेभिगेशन
मुख्य समाचार

मन्त्रीलाई घुस दिन विचौलीया बनेकी नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पार्टीको कामबाट अलग

काठमाडौँ । मन्त्रीसँग घुस डील गर्न विचौलीया बनेकी नागरिक उन्मुक्ति पार्टी(नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले जिम्मेवारीबाट अलग भएको बताएकी छिन् ।  पूर्व भूमीसुधार, सहकारी तथा गरिबि निवारणमन्त्री समेत रहेकी श्रेष्ठले पोखराको लिच्चीबारीको जग्गा हत्याउन विचौलीसँग मिलेर तत्कालिन सामान्य प्रसाशन मन्त्री राजकुमार गुप्तासँग घुस डील गरेको अडियो सिधाकुराले प्रसारण गरेको थियो । 

सिधाकुरासँग कुरा गर्दै उनले आफूले भेटघाट गरेको तथा कुराकानी भएको हुनसक्ने भन्दै डीलमा सहभागी भएको स्वीकार गरेकी थिइन् । सोही अडियोका कारण मन्त्री गुप्ताले गत साता राजीनामा दिएका थिए भने मंगलबार अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा बयान तथा भ्वाइस टेष्टका लागि पुगेका थिए । 

गुप्ताको बयान तथा भ्वाईस टेष्टपछि अख्तियारले पूर्वमन्त्री समेत रहेक नाउपा अध्यक्ष श्रेष्ठलाई बयान र भ्वाईस टेष्टका लागि बोलाएको थियो । शुक्रबार श्रेष्ठको अख्तियारले बयान लिएको थियो । रञ्जिताका श्रीमान् तथा नाउपाका संरक्षक रेशम चौधरीले समेत पार्टीलाई जवाफ दिन २४ घण्टे अल्टीमेटम दिएका थिए । साथै नागरिक उन्मुक्ति पार्टीका बहुमत केन्द्रीय सदस्यहरूले पनि अध्यक्षलाई २४ घण्टे अल्टिमेटमसहित केन्द्रीय समिति बैठक बोलाउन माग गरेका थिए । नभए ११ गते दिउँसो २ बजे केन्द्रीय समिति बैठकबाट थप निर्णय लिने चेतावनी दिएका थिए । २४ घण्टाभित्र केन्द्रीय समिति बैठक आह्वान नगरेर अध्यक्ष श्रेष्ठले विधानको सुविधा प्रयोग गर्दै कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेकी हुन् ।

सिधाकुराले घुस डिलमा सहभागी भएको विषयमा प्रश्न गर्दा आफूलाई यस विषयमा मतलबनै नभएको बताउने उनले अख्तियारमा बयान दिएपछि भने स्वास्थ्यको कारण देखाउँदै जिम्मेवारीबाट अलग भएकी छिन् । उनले पोखरा महानगरपालिका ६ कास्कीका वरिष्ठ नेता शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी हुन् । 

रञ्जिता श्रेष्ठसँग सम्बन्धीत समाचारहरु:

सिधाकुराले गरेको यसअघिका खुलासाः

सामान्य प्रशासनमा घुसको रेटः मन्त्री ७८ लाख, सचिवालय माग्थ्यो ७ देखि १० लाख, के गर्ला अख्तियार ?

मन्त्री राजकुमारलाई घुस दिने विचौलीया पूर्वमन्त्री तथा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ

सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई घुसका रुपमा दुई झोला रकम, अख्तियारमा नोट नम्बर र फोटो सहित उजुरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सवारी दुर्घटनाका कारण झापामा चार महिनाको अवधिमा १७ जनाको मृत्यु

सवारी दुर्घटनाका कारण झापामा चार महिनाको अवधिमा १७ जनाको मृत्यु

चालु आर्थिक वर्षको साउनदेखि कात्तिक २९ गतेसम्म भएका सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।
‘खकुवाखोलामा झोलुङ्गे पुल बनेपछि  पुस्तौँदेखिको समस्या अन्त्य भएको छ’

‘खकुवाखोलामा झोलुङ्गे पुल बनेपछि  पुस्तौँदेखिको समस्या अन्त्य भएको छ’

बर्खाको समयमा खोला ठूलो हुँदा तर्न नसकेर कतिपय समयमा खेतमा नै बास बस्नुपर्ने अवस्थामा पुल निर्माणले राहत मिलेको स्थानीयवासी चतुरमाया मगरले बताए ।
प्रतितोला ६ हजार ९ सयले घट्यो सुनको मूल्य

प्रतितोला ६ हजार ९ सयले घट्यो सुनको मूल्य

अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आज दुवै धातुको मूल्यमा गिरावट आएको छ ।
‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुक्न थालेपछि किसान वैकल्पिक खेती तर्फ अग्रसर

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुक्न थालेपछि किसान वैकल्पिक खेती तर्फ अग्रसर

पछिल्ला केही वर्षयता जलवायु परिवर्तनको असरसँगै तापक्रम वृद्धि र विभिन्न रोगकीराको सङ्क्रमणपछि सुन्तलाका बोट मर्न थालेका हुन् । धान, कोदो, मकैजस्ता मुख्य बाली छाडेर सुन्तला रोपेका पर्वतका किसान...