नेभिगेशन
समाज

मन्त्रीलाई घुस दिन विचौलीया बनेकी नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पार्टीको कामबाट अलग

काठमाडौँ । मन्त्रीसँग घुस डील गर्न विचौलीया बनेकी नागरिक उन्मुक्ति पार्टी(नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले जिम्मेवारीबाट अलग भएको बताएकी छिन् ।  पूर्व भूमीसुधार, सहकारी तथा गरिबि निवारणमन्त्री समेत रहेकी श्रेष्ठले पोखराको लिच्चीबारीको जग्गा हत्याउन विचौलीसँग मिलेर तत्कालिन सामान्य प्रसाशन मन्त्री राजकुमार गुप्तासँग घुस डील गरेको अडियो सिधाकुराले प्रसारण गरेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिधाकुरासँग कुरा गर्दै उनले आफूले भेटघाट गरेको तथा कुराकानी भएको हुनसक्ने भन्दै डीलमा सहभागी भएको स्वीकार गरेकी थिइन् । सोही अडियोका कारण मन्त्री गुप्ताले गत साता राजीनामा दिएका थिए भने मंगलबार अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा बयान तथा भ्वाइस टेष्टका लागि पुगेका थिए । 

Ncell
Extreme Energy

गुप्ताको बयान तथा भ्वाईस टेष्टपछि अख्तियारले पूर्वमन्त्री समेत रहेक नाउपा अध्यक्ष श्रेष्ठलाई बयान र भ्वाईस टेष्टका लागि बोलाएको थियो । शुक्रबार श्रेष्ठको अख्तियारले बयान लिएको थियो । रञ्जिताका श्रीमान् तथा नाउपाका संरक्षक रेशम चौधरीले समेत पार्टीलाई जवाफ दिन २४ घण्टे अल्टीमेटम दिएका थिए । साथै नागरिक उन्मुक्ति पार्टीका बहुमत केन्द्रीय सदस्यहरूले पनि अध्यक्षलाई २४ घण्टे अल्टिमेटमसहित केन्द्रीय समिति बैठक बोलाउन माग गरेका थिए । नभए ११ गते दिउँसो २ बजे केन्द्रीय समिति बैठकबाट थप निर्णय लिने चेतावनी दिएका थिए । २४ घण्टाभित्र केन्द्रीय समिति बैठक आह्वान नगरेर अध्यक्ष श्रेष्ठले विधानको सुविधा प्रयोग गर्दै कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेकी हुन् ।

सिधाकुराले घुस डिलमा सहभागी भएको विषयमा प्रश्न गर्दा आफूलाई यस विषयमा मतलबनै नभएको बताउने उनले अख्तियारमा बयान दिएपछि भने स्वास्थ्यको कारण देखाउँदै जिम्मेवारीबाट अलग भएकी छिन् । उनले पोखरा महानगरपालिका ६ कास्कीका वरिष्ठ नेता शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी हुन् । 

रञ्जिता श्रेष्ठसँग सम्बन्धीत समाचारहरु:

सिधाकुराले गरेको यसअघिका खुलासाः

सामान्य प्रशासनमा घुसको रेटः मन्त्री ७८ लाख, सचिवालय माग्थ्यो ७ देखि १० लाख, के गर्ला अख्तियार ?

मन्त्री राजकुमारलाई घुस दिने विचौलीया पूर्वमन्त्री तथा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ

सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई घुसका रुपमा दुई झोला रकम, अख्तियारमा नोट नम्बर र फोटो सहित उजुरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विश्वकपपछि मैदानमा जम्दै रोनाल्डो, अल नासरको जितमा गरे उत्कृष्ट हेडर गोल

विश्वकपपछि मैदानमा जम्दै रोनाल्डो, अल नासरको जितमा गरे उत्कृष्ट हेडर गोल

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट हेडर गोलको मद्दतले साउदी प्रो लिगअन्तर्गत बुधबार राति सम्पन्न खेलमा अल नासरले आभा क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको छ । यस जितसँगै...
सोविता गौतमले तयार पारिन् पूर्वाधार न्यायाधिकरणसम्बन्धी विधेयक, अब अदालतले विकास निर्माण अड्काउन नपाउने

सोविता गौतमले तयार पारिन् पूर्वाधार न्यायाधिकरणसम्बन्धी विधेयक, अब अदालतले विकास निर्माण अड्काउन नपाउने

कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पूर्वाधार अदालत (न्यायाधीकरण) गठनसम्बन्धी विधेयकको मस्यौदा तयार पारेकी छिन् ।
प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई साढे १९ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री शाहले ल्याएको गुप्तचरसम्बन्धी विधेयक पारित गर्दै राष्ट्रिय सभा

प्रधानमन्त्री शाहले ल्याएको गुप्तचरसम्बन्धी विधेयक पारित गर्दै राष्ट्रिय सभा

प्रधानमन्त्री वालेन्द्र शाहले ल्याएको नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक आज राष्ट्रिय सभाबाट पारित हुँदैछ ।

भर्खरै