नेभिगेशन

सिधाकुरा विशेष

राजनीतिमा खुल्न डराइरहेका कुलमान, नागरिक सरकारका मन्त्री कि उज्यालो पार्टीका 'ब्रान्ड एम्बास्डर' ?

कुलमान घिसिङ बुधबार  उज्यालो नेपाल पार्टीकाे घोषण सभामा पुगे । उनी अहिले पनि जेन-जी आन्दोलनको जगमा बनेको गैर राजनीतिक, अझ भनौ नागरिक सरकार मन्त्री छन् । मन्त्रीकै गाडीमा सभा हलमा पुगेका उनले उज्यालो नेपाल पार्टीको क्याप लगाएका थिए । 

kulman_ujjayloparty_sidhakura3-1764858717.jpg
नेपाललाई लोडसेडिङको अँध्यारोबाट उज्यालोमा ल्याउन इमानदार प्रयास गरेर सफल भएका कुलमान, राजनीनिकरुपमा भने नैतिक कसीमा जोखिने अवस्थामा पुगेका छन् ।
प्रश्न उठ्न थालेको छ, कुलमान राजनीतिमा छन् कि नागरिक सरकारमा ? जेन-जी सरकारका ऊर्जा मन्त्री कि उज्यालो पार्टीको ब्रान्ड एम्बास्डर ?
केही दिन अघि निर्वाचन आयोगमा दर्ता भएको उज्यालो नेपाल पार्टीले  औपचारिक घोषणा गर्‍यो । यो कार्यक्रमका प्रमुख अतिथि थिए, ऊर्जा, सहरी विकास र पूर्वाधार मन्त्रालय सम्हालेका मन्त्री कुलमान घिसिङ । 

kulman_ujjayloparty_sidhakura1-1764858810.jpg

यस अघि उज्यालो नेपाल पार्टी कुलमान घिसिङको भनिए पनि निर्वाचन आयोगको विवरणमा कुलमान घिसिङको नाम थिएन । निर्वाचन आयोगको केही समय पहिले नै दर्ता भएको उज्यालो नेपाल पार्टीमा आफ्नो कुनै संलग्नता नरहेको घोषणा कुलमान घिसिङले कार्त्तिक १७ गते स्ट्याटस राखेर गरेका थिए ।

kulman-anugaman-__status-1764860347.jpg
 

 तर त्यसको दुई सातापछि निर्वाचन आयोगमा उज्यालो पार्टीले आफ्नो विवरण अद्यावधिक गर्दै पार्टीको केन्द्रीय सदस्य तथा पदाधिकारीमा नयाँ नाम लेखाएको थियो । 
कार्तिक २६ गते उक्त पार्टीका अध्यक्षकारुपमा पूर्व ऊर्जा सचिव अनुपकुमार उपाध्यायलाई राखियो । उक्त दिन उपाध्यायले सिधाकुरासँग भनेका थियो,'बाहिर हामी देखिएपनि यो कुलमान जि कै पार्टी हो, उहाँ उपयुक्त समयमा आउनुहुन्छ ।' 
साथै अन्य सदस्यहरूमा कुलमान घिसिङको टिम रहेर काम गरेको व्यक्तिहरू थिए । यसपछि भने कुलमान घिसिङले औपचारिकरुपमा आफ्नो पार्टी भनेर खुलेर नभने पनि राजनीतिक संवाद तथा छलफलमा भने उज्यालो पार्टी आफ्नो नयाँ राजनीतिक दल भएको र यसबाटै आफूले राजनीतिक गर्ने वार्ता संवाद गर्न थालेका थिए । 
यसकापछि कुलमानलाई नैतिक दबाब थियो । आफ्नो पार्टी हैन भन्यो भने पार्टीको स्थापनाकै समयमा कम चर्चा हुने, उज्यालो पार्टी आफ्नो हो भन्यो भने आफू जे-नजी आन्दोलनको जगमा बनेको ग्रहै दलीय सरकारमा  स्वतन्त्र नागरिकको हैसियतले तीन वटा मन्त्रालय सम्हालेर बसेको व्यक्ती । 
उनले दोस्रो विकल्पलाई अघि सारे, उनले पछिल्ला केही कार्यक्रमहरूमा सहभागी भएर राजनीतिक भाषण गरेका छन् । 
निर्माणाधिन पूर्वाधारहरूको अनुगमन तथा निरीक्षणको बहानामा सरकारी खर्चमा कोसी प्रदेशका विभिन्न कार्यक्रममा सहभागी भएका उनले अबको निर्वाचनमा नयाँहरू एक भएर जानुको विकल्प नभएको भन्दै राजनीतिक भाषण दिए । 

kulman-anugaman-__-1764858920.jpg
उनले यस भन्नुका पछि उनले उज्यालो नेपाली पार्टी घोषणा पूर्व र पछि, उनले गरेका राजनीतिक संवादहरू थिए । 
उनले राजनीतिमा आउने सङ्केत नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट दोस्रो कार्यकालमा केपी ओली नेतृत्वका सरकारकाले बर्खास्त गरेसँगै नै गरेका थिए । उसो त जेन-जी   आन्दोलनको अघि पनि उनले उज्यालो अभियान चलाएर देश विदेश दौडमा थिए । उनलाई विदेशमा गरेको अधिकांस कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीका सुभेच्छुक संस्था तथा व्यक्तीहरुले गरेका थिए । 
देश भित्र पनि उनलाई रास्वपा सहित नयाँ शक्तिहरूसँग मिलेर जानुपर्ने दबाब थियो । उनी प्राधिकरणमा हुँदा माअ‍ोवादी निकट रहेको आरोप लाग्दै आएको थियो । आरोप मात्रै होइन, तत्कालीन नेकपा माओवादीले त चुनावी प्रचारमा उनको तस्बिर नै प्रयोग गरेको थियो ।   KULMAN-MAOBADI-POSTER-1764859758.jpg
भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनले माहोल फेरिदियो । बालुवाटारबाट निरंकुशताको अध्यास गरिरहेका नेकपा एमालेका अध्यक्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली हेलिकप्टरमा भागे पछि देश शून्यको अवस्थामा पुग्यो । 
डिस्कर्ड ग्रुपमा भएका छलफललाई आधार देखाउँदै पूर्वप्रध्यानन्यायधिस सुशीला कार्की, जेनजी सरकारको प्रधानमन्त्री बनिन् । डिस्कर्ड ग्रुपमा प्रधानमन्त्री बनाउन प्रस्ताव गरिएका नाममा कुलमान घिसिङको नाम पनि थियो । घिसिङ कार्की क्याबिनेटमा तीन वटा मन्त्रालय सम्हाल्ने गरी सहभागी । 

संसदीय व्यवस्था भएको मुलुकमा गैर राजनीतिक दल विनाको सरकारका सामान्यतया कल्पना गरिएको हुँदैन । सङ्क्रमणकालीन अवस्था आएको खण्डमा अहिले जसरी नै नागरिक स्तरबाट नेतृत्व गर्न सक्ने व्यक्तिहरूलाई जिम्मेवारी दिइन्छ । जहाँ राजनीतिक दलको सहभागी हुँदैन । अहिले जस्तै । 

त्यसैले पनि यस्तो सरकारलाई नागरिक सरकार भनिन्छ । विषेशत यस्तो अवस्थाका सरकारको जिम्मेवारी निर्वाचन गराएर, निर्वाचित हुने राजनीतिक शक्तीलाई सत्ता हस्तान्तरण गर्ने जिम्मेवारी हुन्छ । नेपालमै पनि सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश जो बहाल भएकै बेला मन्त्रिपरिषद्का अध्यक्ष भएका थिए । अर्थात् उनी प्रधानमन्त्री थिए, उनका मन्त्रीहरूमा अधिकांश कर्मचारी तथा ग्रहै राजनीतिक व्यक्तिहरू थिए । उक्त सरकारले संविधान सभाको निर्वाचन गराएको थियो । निर्वाचन पछि बनेको सरकारलाई सत्ता हस्तान्तरण गरेको थियो । त्यो समय सरकारमा भएका कुनै पनि मन्त्रीहरूले राजनीतिक दल वा नेताको अभ्यास गरेनन् । 

अवस्था फरक भए पनि जिम्मेवारी र खेल्नु पर्ने भूमिका अहिलेको कार्कीको सरकारको पनि रेग्मी सरकारको भन्दा फरक छैन । 
हुन पनि अहिलेको सरकारमा पनि मन्त्रीहरू मध्ये ३ जना पूर्व कर्मचारी नै छन् । एक जना पूर्व न्यायाधीश छन्, एक जना अधिवक्ता, एक जना पूर्व सञ्चारकर्मी छन्, २ जना विज्ञ मन्त्री छन्, एक जना जेन-जी मन्त्री छन् ।
यो सरकारको जिम्मेवारी र मन्त्रीहरूको भूमिका बारे सरकारकै गृह मन्त्री ओमप्रकाश अर्यालले स्पष्ट पारेका छन् । उनले भनेका छन्, यो दलीय नभएर गैर दलीय सरकारको हो, त्यसैले मन्त्रीहरूको पनि सोहि अनुसारको भूमिका खेल्नु पर्छ भन्ने छ । त्यसैले मैले घोषणा नै गरेको छु, अन्य मन्त्रीहरूलाई पनि यो सन्देश जानेछ, मन्त्री ज्यूले आफैले विचार गर्नुपर्ने कुरा हो । हामीले पक्ष धरता नलिई, निष्पक्ष निर्वाचन गराउनु पर्ने छ । गृह मन्त्री अर्यालका अनुसार यो सरकारले कुनै राजनीतिक दलको पक्ष धरता लिन नैतिकरुपमा मिल्दैन । 

Grihamantri-1764858869.jpg  तर त्यही मन्त्रीपरिषद्का मन्त्री कुलमान घिसिङ भने अर्यालका मत भन्दा फरक तरिकाले अघि बढेका छन् । 
औपचारिकरुपमा त उनले आज पनि उज्यालो नेपाल पाटीको स्वामित्व लिएनन् । उनले यो पार्टी अनुपकुमार उपाध्यायको भएकाले आफू कार्यक्रममा सहभागी भएको गफ नै सही भाषण दिए । र कुलमानले यो भाषण गर्नु भन्दा चार दिन अघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँगको तस्बिर सामाजिक सञ्जालमा राख्दै देश बनाउने अभियानमा हामी सँग सँगै लेखेका थिए । 

 

संयोग नै मान्नुपर्छ उक्त दिन राजनीतिमा वैकल्पिक राजनीतिको सुरुवात गर्ने र स्थापनाको ६ महिनामा बलियो वैकल्पिक राजनीतिक शक्ति बनेको विवेकशील साझा र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले विना सर्त एकीकरण गरेका थिए । 
त्यसको अघिल्लो दिनसम्म पनि कुलमान घिसिङले आफ्ना निकट वर्ती मार्फत रास्वपासँग एउटै पार्टी बनाउने विषयमा छलफल गरिरहेका थिए । कार्यवहाक सभापति, पार्टीको नाममा उज्यालो थप्नु पर्ने, चुनाव पछि प्रधानमन्त्री तथा निर्वाचनको कमान्डरको माग बटम लाइन बनाएको विषय नौलो होइन । यी मागहरूमा रास्वपा सहमत नभएपछि वार्ता सकारात्मक भएको छैन । रास्वपा स्रोतहरूका अनुसार कुलमानले यी वार्ताहरू व्यक्तिगत नभई राजनीतिक दलकै रूपमा उज्यालो पार्टीको नेताको हैसियतमा गरिरहेका छन् ।
हुन त कुलमानले सत्ताको शक्ति अघि राखेर राजनीतिक वार्ता गरिरहेका विषय नौलो छैन ।  
अब कुरा आउँछ, कुलमान घिसिङ किन दोधारमा छन् ? अब कुलमान घिसिङ दुई मध्ये एक विकल्प रोज्नुपर्ने नैतिक कसीमा उभिएका छन् । कि उनी नागरिक सरकारको मन्त्रीकारुपमा मन्त्रीकै कामकाजलाई थप सक्रिय बनाउनुपर्छ , कि उनले नागरिक सरकारबाट बाहिरिएर खुल्ला रुपमा राजनीतिमा आउने आँट गर्नुपर्छ । 
उज्यालो नेपाल पार्टीका एक केन्द्रीय सदस्यका अनुसार कुलमान घिसिङको यही दोधारेपनले उनलाई हिजो देखि सहयोग गर्दै आएका युवा जमान अहिले बिलखबन्दमा परेका छन् । उनीहरूलाई कुलमानले अहिले पनि एकै दिन खुल्ने भन्दै रोकेका छन् तर पार्टीको औपचारिक घोषणामा समेत नखुलेपछि कतै कुलमानले अन्य राजनीतिक शक्तिहरूसँग गरिरहेको वार्ता व्यक्तिगत फाइदाका लागि पो भइरहेको छ ? 
आज उज्यालो पार्टीको स्वामित्व लिन अनकनाउँदै गर्दा पार्टीको गतिविधि र प्रभाव मूल्याङकन गरेर कुलमानले जुनसुकै बेला पनि आफू अनुकूल निर्णय गर्छन् कि भन्ने आशङ्का उनीहरूमा देखिन थालेको छ। 

 
कुलमानको पार्टीका अधिकांश नेताहरू पनि नयाँ शक्तिहरू एक हुनु पर्ने पक्षमा देखिन्छन् । उनीहरूको दबाब पनि उज्यालो पार्टीले रास्वपा लगायत नयाँ राजनीतिक दलहरूसँग सहकार्य गरेर अघि बढ्नु पर्ने पक्षमा छन् । तर कुलमानको जिम्मेवारीका विषय हलो अड्किएपछि थप कुरा अघि बढेको छैन । 

kulman_ujjayloparty_sidhakura-1764858717.jpg

कुलमान घिसिङ, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुँदा यो देशले वर्षौँदेखि भोगेको अँध्यारोलाई सदाका लागि बिदा गरेका व्यक्ती हुन् । उनले एक जिम्मेवार कर्मचारीकारुपमा निभाए कर्तव्यले उनलाई उज्यालोको प्राय बनायो । नेपाल अहिले लोडसेडिङ मुक्त बनाउने केहि थियो भने कुलमानको इमानदार प्रयास । उनले डेडिकेटेड तथा ट्रङ्क लाइन विवादमा समेत एक कदम पछि नहटी बक्यौता उठाउने अडान कायम भए । जसका कारण आफ्नो पद गुमेको थियो, पछि त्यो भन्दा ठुलो जिम्मेवारी सम्हाल्दै पहिलो काम नै 'डेडिकेटेड लाइन'को महसुल उठाउने गरे । त्यस बाहेक तीन वटा मन्त्रालय सम्हाल्दै गर्दा कुलमान घिसिङले गरेका नियमित कामहरू प्रंससनिय छन् । 

हुन त कुलमान घिसिङका विरुद्ध उनको कार्यकालमा विभिन्न अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आधा दर्जन विषयमा उजुरी नपरेको होइन । ती विषयमा अख्तियारले अनुसन्धान नगरेको पनि होइन तर अख्तियारले न उनका विरुद्ध अहिलेसम्म मुद्दा चलाएको छ न उनलाई मुद्दा चलाउनु नपर्ने भन्दै क्लिन चिट नै दिएको छ । 

कुलमान घिसिङ नेपालीहरूले सम्भावना देखेका व्यक्ती हुन् । विचार, सिद्धान्त भन्दा नागरिक उनको कामबाट प्रभावित भएका हुन् । त्यसले अब पनि कुलमान घिसिङ राजनीतिकरुपमा कहाँ उभिने स्पष्ट हुनुपर्छ । यदि उज्यालो पार्टी उनकै हो भने उनले सरकार छाडेर दलको राजनीतिमा होमिनुपर्छ किनकि फागुन २१ गतेका लागि निर्वाचनको मिति तय भएको छ, र कुलमान जस्ता व्यक्ती निर्वाचनबाट यो देशको नेतृत्व गर्ने तहमा आउनु पर्छ ।  यदि उनले अहिले बाहिर भने जस्तै उज्यालो नेपाल पार्टीको स्वामित्व लिने पक्षमा उनी छैनन्, यो दलसँग उनी आबद्ध छैनन् भने उनले नागरिक सरकारको मन्त्रीकै रूपमा जिम्मेवारी पूरा गर्नुपर्छ । 
अर्थात् कुलमानले अब कि राजनीति गर्नपर्छ कि स्वतन्त्र नागरिक मन्त्रीकारुपमा सरकारको जिम्मेवारी पूरा गर्नुपर्छ । दुवै कुरा लोभ गर्दा हिजोका इमानदार कुलमान घिसिङमाथि अनैतिक राजनीतिक राजनीतिको ट्याग लाग्ने छ ।  

प्रतिक्रिया दिनुहोस्