नेभिगेशन
मुख्य समाचार

रास्वपा सभापति लामिछानेको स्वास्थ्य सुधारोन्मुख, सञ्जालमा आएका फोटो 'फेक'

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको स्वास्थ्य अवस्थालाई लिएर सामाजिक सञ्जालमा आएका तस्बिरहरू वास्तविक नभएको अस्पतालले जनाएको छ । 


त्रिवि शिक्षण अस्पताल महाराजगन्जले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा आएका कुनै पनि तस्बिर अस्पतालका नभएको जनाएको हो । 

CG


सामाजिक सञ्जालमा लामिछानेको दायाँ खुट्टा पूर्णरुपमा प्लास्टर गरिएको तस्बिर भाइरल भएको छ । उक्त तस्बिर वास्तविक नभएको उनको सचिवालयले जनाएको छ । 


साथै अस्पतालमा भर्ना भएको अवस्थाका कुनै पनि तस्बिर सार्वजनिक नगरिएको लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिए । 

अस्पतालका अनुसार लामिछानेको स्वास्थ्य अवस्था अहिले सामान्य छ । लामिछानेको देब्रे खुट्टामा लागेको चोट औषधी सेवनले समेत निको नभई सेलुलाइटिस भएकाले अस्पतालको हाडजोर्नी विभागमा उपचाररत रहेको अस्पतालले जनाएको छ । 

619564791_25782579984765676_5079698617221438679_n-1769577538.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

यसअघि तीस आकस्मिक कक्षबाट अस्पताल सञ्चालनमा  थियो । “अस्पतालमा एउटै कक्षमा दुई दुई बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता थियो,” उनले भने, “बिरामीको उपचारलाई ध्यान दिएर हामीले आकस्मिक कक्ष...
वीर अस्पतालमा बिरामीको कन्तबिजोग, औषधि अभावमा छटपटी

वीर अस्पतालमा बिरामीको कन्तबिजोग, औषधि अभावमा छटपटी

नियमित औषधि र ओपिडिका लागि अतिआवश्य सर्जिकल सामानहरु बिरामीले पाउन छोडेको विषयले अहिले वीर अस्पतालको आलोचन बढ्दै गइरहेको छ । केहि हप्तादेखि अस्पताल व्यवस्थापन र प्रशासनले औषधि तथा...
राउटे समुदायका युवायुवतीहरुलाई प्राथमिक उपचारसम्बन्धी तालिममा प्रदान गरिदै

राउटे समुदायका युवायुवतीहरुलाई प्राथमिक उपचारसम्बन्धी तालिममा प्रदान गरिदै

सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेत, दैलेख, जाजरकोट र सल्यानका जङ्गल क्षेत्रमा फिरन्ते जीवन बिताउँदै आएको सो समुदायको हाल जनसङ्ख्या एक सय ३३ छ । पछिल्लो समय मदिरा सेवन,...
दुई महिनामा मानसिक स्वास्थ्य र स्वास्थ्य बिमा सुधारमा उल्लेख प्रगति भएको छः स्वास्थ्यमन्त्री

दुई महिनामा मानसिक स्वास्थ्य र स्वास्थ्य बिमा सुधारमा उल्लेख प्रगति भएको छः स्वास्थ्यमन्त्री

स्वास्थ्य मन्त्रालयबाट दुई महिनामा भएका उपलब्धिहरू सोमबार सार्वजनिक गर्दै उनले सुशासन, संस्थागत सुदृढीकरण र सेवाको पहुँच विस्तारलाई प्राथमिकता दिँदै अघि बढाइएका रणनीतिक कदमहरूले नेपालको स्वास्थ्य प्रणालीमा दीर्घकालीन सकारात्मक...