नेभिगेशन
समाज

ठूलो पद वा कदले मानिसभित्रको पीडा परिभाषित हुँदैन, मनोसामाजिक स्वास्थ्य समस्यालाई नजरअन्दाज नगरौँः क्रान्तिशिखा धिताल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद क्रान्तिशिखा धितालले समाजमा बढ्दो मानसिक समस्याका विषयमा सभामुखमाफर्त सरकारको ध्यानाकर्षण गराएकी छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद धितालले देशमा बढ्दो मानसिक समस्याको विषयमा सरकारको ध्यानाकर्षण गराएकी हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भनिन्, ‘म आज संसदको यो शुन्य समयमार्फत् सिंगो देशलाई नै आह्वान गर्न चाहन्छु। मनोसामाजिक स्वास्थ्य समस्यालाइ आजसम्म कि त समस्या नै होइन जसरी बुझिएको छ । कि त लुकाएर राखिएको छ । मानसिक समस्या झेल्नेहरुका लागि परिवारले समेत ध्यान दिन, सघाउन सकेको  अवस्था छैन । स्पष्ट निति नहुदाका समस्या र जनस्तरमा चेतनाको अभावलाई  चिर्ने गरेर , राज्यले मनोसामाजिक परामर्श दाताको उपयोगिताबारे अब  निति निर्माण गर्नु पर्ने समय आएको छ।’

Ncell
Extreme Energy

संसद् र सरकारमा आज जे परिवर्तन देखिएको छ, त्यो युवा आन्दोलनको देन भएको बताउँदै सांसद् धितालले भनिन्, ‘आन्दोलनका शहीद परिवार होस् या घाइतेहरु, या भनौं सुरक्षाकर्मी र कर्मचारीहरु नै । हामी जोकोही मानसिक समस्याहरुबाट गुज्रेका हुन सक्छौं । सफलतामात्रै नहेरौं, यसभित्रको ठूलो समस्यालाई पनि नजरअन्दाज नगरौं ।’   

त्यस्तै सांसद् धितालले हामी मध्य जो कोही , मानसिक स्वास्थ्य समस्याबाट कुनै न कुनै रुपमा ग्रसित हुन सक्ने भन्दै व्यक्तिको कति ठूलो पद छ वा कद छ भन्ने कुराले हामीभित्रको पीडा परिभाषित नहुने बताउँदै यस विषयमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएकी हुन् । 

उनले भनिन्, ‘व्यक्तिको कति ठूलो पद छ वा कद छ भन्ने कुराले हामीभित्रको पीडा परिभाषित हुँदैन ।’ 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आर्या फार्माल्याबको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

आर्या फार्माल्याबको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

भदौ ३१ गतेदेखी असोज ५ गतेसंम्म नुवाकोटका विभिन्न क्षेत्रमा संन्चालीत स्वास्थ्य शिविरमा कुल ६७५ जना बिरामीले स्वास्थ्य सेवा लिएका थिए । शिविरमा विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण तथा चिकित्सकीय...
भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्वतयारी अवस्थामा रहन...
बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

स्क्रब टाइफस ओरिएन्टिया सुत्सुगामुशी नामक ब्याक्टेरियाबाट हुने सङ्क्रमण हो । डेङ्गु बागलुङ बजार केन्द्रित छ भने स्क्रब टाइफस गाउँ केन्द्रित रहेको तथ्याङले देखाउछ । जम्मा संक्रमित स्क्रब टाइफसको...
अब आमालाई कम्तीमा ६ महिना प्रसूति बिदा, बुबालाई ४२ दिनसम्म प्रसूति स्याहार बिदा

अब आमालाई कम्तीमा ६ महिना प्रसूति बिदा, बुबालाई ४२ दिनसम्म प्रसूति स्याहार बिदा

सरकारले सुरक्षित मातृत्व र अभिभावकत्वका लागि प्रसूति बिदा अवधि बढाएको छ ।