नेभिगेशन
समाज

कटारी अस्पतालमा कल्चर सेवा सुरु

उदयपुर । कटारी अस्पतालमा विभिन्न प्रकारका संक्रमण पहिचान गर्न महत्वपूर्ण मानिने कल्चर परीक्षण सेवा सुरु गरिएको छ। अस्पतालले पिसाब, पस, शरीरका अन्य तरल पदार्थ तथा रगतको कल्चर परीक्षण सञ्चालनमा ल्याएको जनाएको छ।

यो सेवा विश्व स्वास्थ्य संगठन, कटारी नगरपालिका र प्रदेश स्वास्थ्य मन्त्रालयको समन्वयमा, साथै जनस्वास्थ्य प्रयोगशालाको प्राविधिक सहयोगमा सुरु गरिएको अस्पतालले जानकारी दिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कटारी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर गौरव शाह अनुसार कल्चर परीक्षणमार्फत संक्रमणको कारण पत्ता लगाएर उपयुक्त औषधि छनोट गर्न सहज हुने बताए। यसले बिरामीको उपचार प्रक्रिया थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।

Ncell
Extreme Energy

त्यस्तै, अस्पतालमा क्षयरोग (टीबी) पहिचानका लागि अत्याधुनिक मोलिकुलर टेस्टिङ सेवा समेत सञ्चालनमा आएको छ। यस सेवाबाट टीबी रोग छिटो र सही रूपमा पहिचान गर्न सकिने अस्पतालले जनाएको छ।

डाक्टर शाहले अस्पतालले यी सेवाहरू स्वास्थ्य बीमा कार्यक्रममार्फत पनि उपलब्ध गराइएको जानकारी दिँदै स्थानीय सेवाग्राहीलाई सुविधा उपयोग गर्न आग्रह गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आर्या फार्माल्याबको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

आर्या फार्माल्याबको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

भदौ ३१ गतेदेखी असोज ५ गतेसंम्म नुवाकोटका विभिन्न क्षेत्रमा संन्चालीत स्वास्थ्य शिविरमा कुल ६७५ जना बिरामीले स्वास्थ्य सेवा लिएका थिए । शिविरमा विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण तथा चिकित्सकीय...
भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्वतयारी अवस्थामा रहन...
बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

स्क्रब टाइफस ओरिएन्टिया सुत्सुगामुशी नामक ब्याक्टेरियाबाट हुने सङ्क्रमण हो । डेङ्गु बागलुङ बजार केन्द्रित छ भने स्क्रब टाइफस गाउँ केन्द्रित रहेको तथ्याङले देखाउछ । जम्मा संक्रमित स्क्रब टाइफसको...
अब आमालाई कम्तीमा ६ महिना प्रसूति बिदा, बुबालाई ४२ दिनसम्म प्रसूति स्याहार बिदा

अब आमालाई कम्तीमा ६ महिना प्रसूति बिदा, बुबालाई ४२ दिनसम्म प्रसूति स्याहार बिदा

सरकारले सुरक्षित मातृत्व र अभिभावकत्वका लागि प्रसूति बिदा अवधि बढाएको छ ।