नेभिगेशन
समाज

प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा भरिभराउ पर्यटक (तस्बिरहरु)

काठमाडौँ । मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर धार्मिक पर्यटकले भरिभराउ भएको छ । मुक्तिनाथमा यतिखेर स्वदेशी तथा विदेशी पर्यटकहरु भरिएका छन् । मौसम सफा भएकाले यसपालि मुक्तिनाथ मन्दिर दर्शन गर्ने तीर्थालु भक्तजनको सङ्ख्या दैनिक रुपमा बढिरहेका छन्। देशका प्रयाजसो जिल्लाबाट भक्तजनहरु मुक्तिनाथमा पूजाआराधना र दर्शन गर्न आएका छन् । बुधबार बिहानैदेखि मुक्तिनाथ मन्दिर परिसरमा तीर्थालु भक्तजनहरुको निकै भीड लागेको छ । बिहान ७ बजेदेखि बेलुकासम्म नै भक्तजनको भीड लाग्ने गरेको मुक्तिनाथ क्षेत्र विकास समितिले बताएको छ । मुक्तिनाथ हिन्दू र बौद्ध धर्मावलम्बीको प्रसिद्ध तीर्थस्थल हो । मुक्तिनाथ मन्दिर ३७ सय दश मिटर उचाइमा छ । मुक्तिनाथ विश्वकै प्रसिद्ध पदमार्ग ‘अन्नपूर्ण सर्किट’मा पर्छ । त्यसैले ट्रेकिङका लागि मुक्तिनाथ उत्तम मानिन्छ । प्रकृतिमा रमाउने पर्यटकहरु ट्रेकिङ गर्दै मुक्तिनाथ पुग्ने गर्छन् । शरदयामको यो सिजनमा आन्तरिकका साथै विदेशी पर्यटकहरु उल्लेख्य मात्रामा मुक्तिनाथको दर्शन गर्न आएका छन् । मुस्ताङको जोमसोम, ठिनी, कागबेनी र माथिल्लो मुस्ताङको ऐतिहासिक बस्ती लोमान्थाङमा पनि पर्यटकको सङ्ख्या वृद्धि भएको छ ।

Muktinathtemple_sidhakura2-1779257045.jpeg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Muktinathtemple_sidhakura-1779257044.jpeg

Ncell
Extreme Energy

Muktinathhorserideghodasayar_sidhakura-1779257044.jpeg

MuktinathDarshanarth_sidhakura-1779257042.jpeg

MuktinathDarsham-1779257039.jpeg

MuktinathDarshan_sidhakura2-(1)-1779257040.jpeg

MuktinathDarshan_sidhakura-1779257040.jpeg

MuktinathDarshan_NPL4-1779257039.jpeg

Muktinathhorseride_sidhakura-1779257042.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरु)

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरु)

नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
भक्तपुर दरबार स्क्वायरमा तस्बिर खिच्दै चिनियाँ पर्यटक (तस्बिरहरु)

भक्तपुर दरबार स्क्वायरमा तस्बिर खिच्दै चिनियाँ पर्यटक (तस्बिरहरु)

सार्क क्षेत्रबाट मात्रै ३०,०८५ पर्यटक नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २३.९ प्रतिशतको वृद्धि हो । यस क्षेत्रबाट सधैँझैँ भारतले सबैभन्दा ठुलो योगदान दिएको छ । सेप्टेम्बरमा...
पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा भ्याटसहित १ अर्ब ७ करोड रुपैयाँ  लागतमा बन्दै गरेको यो पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ ।
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...