नेभिगेशन
सबै कुरा

तीन महिनादेखि बन्द कोठा खोल्दा आधा कुहिएको शव फेला, यस्तो छ हत्याको कारण

काठमाडाैँ  । माघ ३ गते काठमाडौँ शोभा भगवतीकी सरिता गिरी प्रहरीको उजुरी एउटा उजुरी लिएर पुगिन् । ‘आफ्नो घरमा डेरा बस्दै आएका व्यक्तिहरू लामो समयदेखि सम्पर्कविहीन छन् ।’ काठमाडौँमा भाडा तिर्न नसकेपछि सामान भित्रै छोडेर कोठामा नफर्कने गरेको उजुरी प्रहरीका लागि नौलो थिएन । यो उजुरी पनि त्यस्तै मध्येको एक थियो । 

नियमित प्रक्रिया जस्तै स्थानीयलाई साथ लिएर प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त स्वयम्भुको टोली सरिता गिरीको घर पुग्यो । प्रहरीले कोठामा लगाएको ताला फुटायो । भित्र हेर्दा त्यो कोठाको नियमित आउने उजुरीको भन्दा फरक र भयानक थियो । कोठा बाहिरबाट ताल्चा मारिएको थियो । प्लास्टर नगरिएको भित्तासँगै जोडेर गलैँचा ओछ्याइएको थियो, सिरक डसना सहितको एउटा खुट्टे खाट थियो र त्यही खाटको मुनी आधा कुहिएको अवस्थामा एक अधबैँसे महिलाको शव थियो । 

CG


कोठाभित्र महिलाको कुहिएको शव देखेपछि प्रहरीले त्यहाँ बस्ने गरेको व्यक्तिहरूको विवरण खोजी गर्यो । प्रहरीले घरबेटीसँग उनीहरूको विवरण मागे तर उनीहरूलाई बहालमा बस्नेहरू को हुन, कहाँका हुन् र के गर्छन केही थाहा थिएन । काठमाडौँ प्रहरी परिसरका प्रमुख भुपेन्द्र बहादुर खत्रीका अनुसार कोठा बहालमा दिने घरबेटीलाई नै बहालमा बस्नेबारे जानकारी नभएपछि प्रहरीलाई मृत भेटिएकी महिला को हुन् भन्ने पत्ता लगाउनै मुस्किल पर्याे । 

त्यसपछि प्रहरी शव सनाखत गराउनतर्फ लाग्यो । सम्भावित व्यक्तिहरूलाई बोलाएर सनाखत गराउँदा ति महिला तनहुँको भिमाद नगरपालिका साविकको किहुँ गा.वि.स. स्थायी घर भएकी ५१ वर्षकी सफिना मियाँ भएको खुल्न आयो । सोही क्रममा उनी विगत १ वर्षदेखि एक पुरुषसँग उक्त कोठामा बस्दै आएको पनि खुल्यो । 

कोठामा बाहिरबाट ताल्चा लगाइएको हुनु, भित्रको कोठामा आग्लो लगाएर कोठा थुनेको हुनुले घटना शंकास्पद त थियो नै, फरेन्सिक टिमले पनि महिलाको हत्या भएको हुनसक्नेतर्फ इंगित गरे । भाडामा बस्ने भागेपछि कोठा खोल्न पुगेको प्रहरीले अब हत्याको अनुसन्धान गर्नुपर्ने भयो । 

प्रहरीले कोठा खानतलासीको क्रममा इकरामउल हक अन्सारी नाम गरेका व्यक्तिको केही कागजात भेटेको थियो । गार्मेन्ट उद्योगमा काम गरेको खुल्ने उक्त कागजले प्रहरीलाई केही सहज बनायो । उक्त कागजमा इकरामको परिचय समेत थियो । उनको ठेगाना भारतको बिहार उल्लेख थियो । इकराम सफिनाको हत्या गरी भारततर्फ फरार भएको हुनसक्ने अनुमानमा प्रहरीले भारतर्फ उनको खोजी गर्यो । तर इकराम २ महिना भारत बसेर नेपालतर्फ नै फर्केको सूचना आयो । प्रहरीले काठमाडौँ, ललितपुर, भक्तपुर र सीमावर्ती जिल्लाहरूका गार्मेन्ट उद्योग, कवाडी पसलहरूमा निगरानी बढायो । 



उनी नेपाल आएर बि।एन। फेसन गार्मेन्टमा काम गर्न थालेको प्रहरीले पत्ता लगायो । आफूलाई प्रहरीले खोजिरहेको सूचना पाएपछि भारततर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले इकरामलााई कालिमाटीबाट पक्राउ गर्न सफल भयो । इकराम पक्राउ परेपछि सफिनाको मृत्युको राज खुल्यो ।

पहिले लिभिङ टुगेदर, झगडापछि हत्या गरी भारत फरार

इकराम करिब ८/९ वर्षदेखि भारतबाट नेपाल आई गार्मेन्टमा काम गर्दै आएका थिए । उनको श्रीमती र २ सन्तान छन् । यता सफिनाको पनि घरपरिवारसँग खासै राम्रो सम्बन्ध थिएन । सफिना र इकरामको भेट भयो । उनीहरु शोभाभगवतीमा कोठा लिएर सँगै बस्न थाले । उनीहरु सो घरमा १ वर्षअघिदेखि बस्न थालेका थिए । सफिना इकरामकै कमाईमा आश्रित थिइन् । विस्तारै उनीहरुबिच विवाद बढ्दै गयो । प्रहरीका अनुसार इकरामले मदिरा सेवन गरी सफिनाको मोबाइल समेत फुटाइदिएका थिए । 

सोही क्रममा कात्तिकको पहिलो साता सफिनाको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । यद्यपी फरेन्सिक रिपोर्ट भने आउनै बाँकी छ । इकरामको बयान अनुसार ‘कात्तिक पहिलो साता अन्दाजी करिब ९ बजेको समयमा इकराम मदिरा सेवन गरी कोठामा पुगेका थिए । सो दिन उनीहरुबिच झगडा परेको थियो । विवाद चर्कँदै गएपछि इकरामले ढोकाको आग्लोले शरीरको विभिन्न ठाउँमा प्रहार गरी घाइते बनाए । त्यसपछि इकरामले सफिनाकै सलले घाँटीमा बेरेर सफिनाको हत्या गरे । सफिनाको मुख छोपी शवलाई खाटमुनि धकेलिदिए र इकराम त्यहाँबाट निस्किए । उनले ढोकामा बाहिरबाट ताल्चा लगाइदिए र चाबी बाहिरको झ्याङमा फालिदिए ।’


त्यहाँबाट उनी बिहान ६÷७ बजेतिर वीरगन्ज जाने सुमो चढे र रक्सौल, गुजरात, लखनउ लगायत भारतको विभिन्न ठाउँ पुगे । २ महिना भारतमा लुकिछिपी बसेपछि उनी पुन नेपाल आए । यो बिचमा उनले आफ्ना साथीहरुसँग प्रहरीले आफ्नो खोजी गरे नगरेकोबारे बुझिरहेका हुन्थे । तर करिब ३ महिनासम्म पनि आफ्नाबारे खोजी नभएको जानकारी उनी नेपाल आएको अनुसन्धानमा देखिएको छ । अहिले प्रहरीले सफिना मियाँको हत्यामा अदालतबाट म्याद थप गरेर थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सनासो प्रहार गरी श्रीमतीको हत्या

सनासो प्रहार गरी श्रीमतीको हत्या

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनका अनुसार अभियुक्त गणेशबहादुरलाई हिरासतमा लिएर कारबाही थालिएको छ ।
एसबिआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ

एसबिआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ

पुस २९ गते सँझ उनीहरुले बैकको गार्ड रुद्रबहादुर कार्की तथा उक्त बैंकमा रहेका कर्मचारीसमेतलाई नियन्त्रणमा लिएर लुटपाट गरेका थिए । बैंकका सुरक्षा गार्डलाई खुकुरीसमेत प्रहार गरी सामान्य घाइते...
उडान भर्नै लाग्दा यात्रुले विमानको आपतकालिन ढोका खोलिदिएपछि....

उडान भर्नै लाग्दा यात्रुले विमानको आपतकालिन ढोका खोलिदिएपछि....

घटनापछि चेकजाँच पश्चात्मात्र सो उडान भर्ने भन्दै ढिलो हुन गएको प्रति यात्रुवर्गसंग बुघ एयरले असुविधाप्रति क्षमा समेत मागेको छ । त्यस्तै उक्त कार्यमा संलग्न यात्रुलाई आवश्यक कारबाहीका लागि...
स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ

स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ

खुर्कोटस्थित इलाका प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट इलामतर्फ गइरहेको बा१६च ८०४८ नम्बरको टाटा सुमोलाई चेकजाँच गर्ने क्रममा झापाको मेचीनगर नगरपालिका–३ का ३४ वर्षीय युवराज नेवारबाट ५७ हजार अमेरिकी डलर...