नेभिगेशन
मुख्य समाचार

गरिमाका आमाबुबाको गृह मन्त्रालयमै  भिडियो खिचिएको भन्दै रास्वपा महामन्त्री आचार्यको प्रश्न


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले तीन वर्षीया गरिमा चौधरीका आमाबुबाको भिडियो गृह मन्त्रालयमै खिचिएको भन्दै आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै आचार्यले पीडित परिवार सरकारसँग न्यायका लागि छलफल गर्न पुगेका बेला उनीहरूको भिडियो खिच्ने र सार्वजनिक गर्ने कार्य उचित नभएको बताए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले यस्तो कार्य तत्काल बन्द गर्नुपर्ने माग गरे।

Ncell
Extreme Energy

बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा उनका आमाबुबा सरकारसँग छलफलका लागि काठमाडौं आएका थिए। उनीहरू भदौ ६ गते गृह मन्त्रालय पुगेका थिए, जहाँ गृहमन्त्री सुधन गुरुङसहित सरकारका प्रतिनिधिसँग छलफल भएको थियो।

आचार्यले पीडित परिवार न्यायको अपेक्षासहित राज्यको जिम्मेवार निकायमा पुगेका बेला उनीहरूको संवेदनशील अवस्थालाई थप प्रचारको विषय बनाउन नहुने बताएका हुन्।

गरिमा प्रकरणमा सरकार र पीडित परिवारबीच यसअघि तीनबुँदे सहमति भइसकेको छ। सरकारले जघन्य अपराधमा विद्यमान कसुर तथा सजायसम्बन्धी व्यवस्था पुनरावलोकन गरी सुझावसहितको प्रतिवेदन तयार गर्ने र पीडित परिवारको मागअनुसार गरिमाको सालिक निर्माणका लागि पहल गर्ने सहमति जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
कांग्रेस महाधिवेशनः  मतगणना सकियो, दसैंपछि प्रमाणपत्र

कांग्रेस महाधिवेशनः मतगणना सकियो, दसैंपछि प्रमाणपत्र

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनको लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ ।
यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरु)

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरु)

नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
राज्यका संवेदनशील सूचना चुहाउनेले उन्मुक्ति पाउँदैनः गृहमन्त्री सुधन गुरुङ

राज्यका संवेदनशील सूचना चुहाउनेले उन्मुक्ति पाउँदैनः गृहमन्त्री सुधन गुरुङ

मन्त्री गुरुङले भने, “प्रहरीलाई उत्प्रेरित गर्ने गरी कानुनमार्फत सेवासुविधा थप गर्न वर्तमान सरकारले पहल गरिरहेको छ । आवास, स्वास्थ्यलगायतका सेवा सुविधा तथा सरुवा–बढुवालाई व्यवस्थित गरिनेछ ।” प्रहरीको उनले...