नेभिगेशन
समाज

हिमपहिरोले थुनिएको खोला पुरै खोलिएको छैन, फेरि आउनसक्छ बाढी

काठमाडौँ । नेपाल–चीन सीमाभन्दा करिव ५–७ किलोमिटर पर चीनतर्फ हिमपहिरोले थुनिएको चिनियाँ खोला अझै पुरै नखोलिएकाले फेरि पनि बाढी आउनसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पिपुल्स डेली चाइनाका अनुसार, बुधबार बिहान दक्षिण पश्चिम चीनको ग्याइरोङ बन्दरगाह नजिक पहिरोले ल्हेन्दे खोला थुनिएको थियो । बाढीले चीनतर्फ पनि जनधनको क्षति भएको छ ।

Ncell
Extreme Energy

हिमपहिरोले थुनिएको ल्हेन्दे खोला आंशिक मात्रै खुलेको हुनसक्ने बाढी पूर्वानुमान महाशाखाका वरिष्ठ जलविद् विनोद पराजुलीले बताए । चिनियाँ पक्षले हिमपहिरो झरेर थुनिएको खोला एक्कासी खोलिँदा बाढी आएको जानकारी नेपाललाई दिएको छ । 

पराजुलीले अघिल्लो वर्ष सुप्राग्यासियर लेक विस्फोट भएको क्षेत्र आसपास नै हिमपहिरो खसेको बताए । ‘जहाँ हिमपहिरो झरेको हो, त्यहाँ केही परिमाण (ताल) अझै रहेको भन्ने सूचना छ,’ उनले भने, ‘हामीले फेरि सूचना जारी गर्दैछौं ।’

‘सुरुमा आएको बाढी माथिल्लो क्षेत्रमा कम भए पनि खोला थुनिएको क्षेत्रमा बाँकी रहेको पहिरो बग्यो भने फेरि बाढी आउन सक्छ’ पराजुलीले भने ‘तटीय क्षेत्र बाढीको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन आवश्यक छ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...