नेभिगेशन
जनप्रतिनिधिका कुरा

रसुवा बाढीबाट प्रभावितका लागि रास्वपाले सरकारसँग राख्यो ४ वटा माग

जनधन र पूर्वाधार क्षतिको मूल्यांकन गर्न उच्चस्तरीय टोली गठनको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र  पार्टीकी सहकोषाध्यक्ष एवं सांसद बसुमाया तामाङले सरकारलाई एक्सनमा उतारेर जनताको जिउधनको रक्षा गर्नुपर्ने बताएकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद तामाङले सरकारले तत्काल चाल्नुपर्ने कदमहरु पढेर सुनाइन् ।

Ncell
Extreme Energy

हेलिकप्टरसहितका टोली पूर्ण क्षमतामा परिचालन गरि सम्पर्कविहीन नागरिक तथा सुरक्षाकर्मीको उद्धार र खोजी कार्य गर्न माग गरिन् । 

यसैगरी घरबार विहीन भएका हजारौ पीडितलाई नि:शुल्क खानपिन, अस्थायी बासस्थान र घाइतेहरुको नि:शुल्क उपचारको व्यवस्था गर्न माग गरिन् । 

यसैगरी बगेका पुलहरु र क्षतविक्षत सडकहरुमा बेलिब्रिज र वैकल्पिक मार्ग खोलेर रसुवा, धादिङ र नुवाकोटको सडक सम्पर्क तुरुन्त जोडिनुपर्ने माग गरिन् । 

जनधन र पूर्वाधार क्षतिको मूल्यांकन गर्न उच्चस्तरीय टोली गठन गरी पीडितलाई पुनर्स्थापना र उचित क्षतिपूर्तिको प्याकेज तत्काल घोषणा गर्नुपर्ने माग गरिन् । 

जनता र स्थानीय तहका लागि उच्च सतर्कता, त्रिशुली र भोटेकोशी किनारका रसुवा, धादिङ, नुवाकोट र चितवनसम्मका नदीको बहाव नघटुन्जेलसम्म सुरक्षित र अग्लो स्थानमा रहन अपिल समेत गरिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...