नेभिगेशन
समाज
रसुवा बाढी

चार जिल्लामा १७ जनाको शव फेला, ७ जिल्ला प्रभावित

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । प्रहरीले चार जिल्लामा १७ जनाको शव फेला परेको जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तीमध्ये ६ महिला, ८ पुरुष र ३ जनाको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

Ncell
Extreme Energy

प्रहरीका अनुसार हालसम्म रसुवामा १, नुवाकोटमा ७, धादिङमा ६ र गोरखामा ३ जनाको शव फेला परेको हो ।

रसुवाको भोटेकोशी नदीबाट सुरु भएको बाढी त्रिशूली हुँदै नारायणीमा मिसिँदा ७ जिल्ला प्रभावित भएका छन् । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ र नवलपरासी पूर्वसम्म बाढीको असर पुगेको छ ।

बाढीमा परी २८ प्रहरी सम्पर्कविहीन छन्।

यसअघि प्रतिनिधिसभा बैठकलाई जानकारी गराउँदै परराष्ट्रमन्त्री शिशिर खनालले ९ जनाको शव फेला परेको बताएका थिए ।

बाढीमा परी अहिलेसम्म कति मानिस सम्पर्कविहीन छन् भन्ने अझै खुलेको छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...