नेभिगेशन
समाज

रसुवा बाढीमा मृतकको सङ्ख्या १६२ पुग्यो

२८ जना प्रहरी कर्मचारी अझै वेपत्ता, उद्धारमा ३ हजार ३१८ प्रहरी परिचालन

काठमाडौँ । रसुवा जिल्लामा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १६२ पुगेको छ । प्रहरी प्रधान कार्यालयकाअनुसार बिहीबार विहान ५ बजेसम्मको तथ्यांकअनुसार बाढी र पहिरोमा परी विभिन्न जिल्लामा हालसम्म १६२ वटा शव फेला परेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सबैभन्दा धेरै चितवनमा मात्रै ६४ जनाको शव फेला परेको छ भने धादिङमा २७, नवलपरासी पूर्वमा २६, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९ र रसुवामा २ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

Ncell
Extreme Energy

प्रहरी प्रधान कार्यालयका अनुसार उद्धार र खोज कार्यका लागि ३ हजार ३१८ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ । यद्यपि, बाढीका कारण हालसम्म २८ जना प्रहरी कर्मचारीहरू अझै सम्पर्कविहीन रहेका छन् । 

प्रहरी प्रधान कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत २३ जनामध्ये १३ जना, सीमा प्रहरी चौकी रसुवागढीका ९ जनामध्ये १ जना र प्रहरी चौकी स्याफ्रुबेँसीका ८ जनामध्ये ५ जना मात्र हालसम्म सम्पर्कमा आएका छन् । त्यसैगरी अस्थायी प्रहरी पोस्ट मैलुङका ८ जनामध्ये ३ जना, प्रहरी चौकी बेत्रावतीका १० जनामध्ये ९ जना र प्रहरी चौकी हाकुका ६ जनामध्ये ५ जना कर्मचारी मात्र सम्पर्कमा आएका छन् भने बाँकी २८ जनाको खोजी जारी छ ।

बाढी र पहिरोमा परी घाइते भएका ४१ जनाको हाल विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।

घाइतेहरूमध्ये त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २० जना, ट्रमा सेन्टरमा ४ जना, वीर अस्पतालमा ३ जना र त्रिशूली अस्पतालमा ९ जनाको उपचार भइरहेको छ । यस्तै, नर्भिक अस्पतालमा ३ जना, वीरेन्द्र सैनिक अस्पतालमा १ जना र ग्रीन सिटी अस्पतालमा १ जना घाइते उपचाररत रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...