नेभिगेशन
समाज

चितवन अस्पतालको कारुणिक दृष्यः फोटो बोकेर आफन्तको पर्खाइ (फोटोकथा)

चितवन । भरतपुरका ठाकुरप्रसाद कँडेल र लीलावती सापकोटा बिहीबार बिहानैदेखि भरतपुर अस्पतालको पोष्टमार्टम घर बाहिर छन् । उनीहरुले हातमा दुई युवकको फोटो बोकेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ती दुई युवक हुन् – माधव न्यौपाने र सबिन न्यौपाने । यी दुई जना नातामा लीलावतीका भाइ पर्छन् । भोटेकोशीमा बुधबार बिहान आएको बाढीमा परेर उनीहरु बेपत्ता छन् ।

Ncell
Extreme Energy

Bharatpur-Afanta-Parkhai_NPL-(01)-1787819043.JPG

ठाकुरकाअनुसार माधव चीन र नेपालतर्फ सामान आयात–निर्यातमा संलग्न छन् । सबिन बैंकका कर्मचारी हुन् ।  उनीहरु रसुवाबाट बगेर आएको शव चितवनमा भेटिने आशमा अस्पतालको पोष्टमार्टम घर आइपुगेका हुन् ।

Bharatpur-Afanta-Parkhai_NPL-(2)-1787819078.JPG

संकलन गरेर ल्याइएका शव पनि उनीहरुले हेरे । त्यहाँ दुवै भेटिएनन् । उनीहरुले संकलित शवको विक्षिप्त अवस्था पनि सुनाए । ‘केही शवको टाउको नै छैन । केही शव चिनियाँ नागरिकजस्तो देखियो’ कहालीलाग्दो अवस्था सुनाउँदै ठाकुरले थपे, ‘हामीले खोजिरहेकाहरु यहाँ भेटिएनन्।’

Bharatpur-Afanta-Parkhai_NPL-(9)-1787819106.JPG

अस्पतालको शव गृहबाहिर अन्य बेपत्ताका परिवार र आफन्त पनि जम्मा भएका छन् । उनीहरुले फोटो प्रिन्ट गरेर र मोबाइलमा आफूले खोजी गरिरहेकाहरुको तस्बिर लिएर आएका छन् ।
अहिलेसम्म चितवनमा ६९ वटा शव फेला परेको छ । अवस्था त यस्तो छ कि, चितवनमा अब शव राख्ने ठाउँको समेत अभाव छ । त्रिशूली र नारायणी नदी किनारमा शवहरुको खोजी कार्य जारी छ ।

तस्बिरः निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी 

Bharatpur-Afanta-Parkhai_NPL-(12)-1787819152.JPG

Bharatpur-Afanta-Parkhai_NPL-(8)-1787819151.JPG

Bharatpur-Afanta-Parkhai_NPL-(10)-1787819151.JPG

Bharatpur-Afanta-Parkhai_NPL-(6)-1787819149.JPG

Bharatpur-Afanta-Parkhai_NPL-(7)-1787819149.JPG

Bharatpur-Afanta-Parkhai_NPL-(3)-1787819148.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...
रसुवाका बाढी प्रभावित चार हजार १०८ परिवारलाई नगद सहायता

रसुवाका बाढी प्रभावित चार हजार १०८ परिवारलाई नगद सहायता

विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले उपलब्ध गराएको रकम दोहोरोपना हुन नदिने गरी एकद्वार प्रणालीमार्फत वितरण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
बूढीगण्डकी बाढीः उत्तरी गोरखाको पाँचहजार घर विद्युत् विहीन

बूढीगण्डकी बाढीः उत्तरी गोरखाको पाँचहजार घर विद्युत् विहीन

विद्युत् नहुँदा उत्तरी गोरखाको गाउँबस्ती समस्यामा परेको चुमनुब्रीको प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटा बताउँछन् । उनका अनुसार विद्युत् र इन्टरनेट नहुँदा हाल पालिकाको प्रशासनिक काम ठप्प बनेको छ...
चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चाडपर्वको समयमा बजार, सार्वजनिकस्थल, यातायात तथा नागरिकको बढी आवतजावत हुने क्षेत्रमा हुनसक्ने चोरी, लुटपाट, ठगीलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न  विशेष योजनाकासाथ प्रहरी परिचालन...